कुराकानी: उर्लाबारीबासीहरुको माझमा चिरपरिचित युवा व्यवसायी विनोद न्यौपाने

हाम्रो दमक

व्यवसायसँगै सामाजिक कार्यमा पनि क्रियाशिल न्यौपाने आगामी भदौ ९ गते हुन गईरहेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । उर्लाबारी नगरीमा २०५९ जेठ ६ गतेदेखि महालक्ष्मी मेसिनरी कन्र्सन सञ्चालन गरी ब्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभएका न्यौपानेले २०६० सालमा तत्कालिन उर्लाबारी ब्यापार प्रवन्ध समितिको सदस्यता लिनुभएको हो । संघको संस्थागत विकास ,पूर्वाधार निर्माण र सामाजिक गतिविधिमा उहाँले आफ्नो क्षमता र दक्षताले भ्याए सम्म सहयोग र सहभागिता जनाइरहनुभएको छ ।

संस्थाको २०६६–२०६८ मा कार्य समिति सदस्य र २०६८–०७० मा महासचिव पदमा निर्वाचित भएर संघको प्रगति र ब्यापारी,उद्योगी साथीहरूको सुख दुखको यात्रामा साथ दिदैं निरन्तर अगाडी बढिरहनुभएका उहाँ व्यापारीहरुको हकअधिकार संरक्षण गर्दै ऐतिहासिक काम गर्न यो पटक वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप ।

चुनाव आउनु भन्दा १ महिना अघि देखि नै ब्यस्त हुनुहुन्छ नि ?

हो ,यो पटक अलि ब्यस्त नै भएको छु । अब उर्लाबारी उद्योग वाणिज्य संघ विगतको जस्तो मात्र छैन । एफएनसीसीआईको सम्बन्धन लिएपछि संघको जिम्मेवारी गहन रुपले बढेको छ । संघले अब उर्लाबारीमा औद्योगिक निर्माण,जग्गा व्यवस्थापानको वातावरण वनाई उद्योगीहरुको समुहलाई आवह्वान गर्दै उर्लाबारीलाई ब्यापारिक क्षेत्रका रुपमा विकसित गराउनु पर्छ । साथैं स्थानीय, प्रदेश र संघीय सरकारसँग समझदारी काम गरी रोजगारको सिर्जना गरिनुपर्छ ।

रोजगार सिर्जना गर्ने कार्यक्रम चाँहि के हुन नि ?

कार्यक्रम के के हुन् भन्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारसँग छलफलका आधारमा तयार गर्ने हो । उर्लाबारीमा रामो प्रपोजल ल्याई काम गर्ने टिमलाई सहयोग गर्नुपर्छ । अहिले केहि साथीहरुले उद्योग चलाई रहनुभएको छ । तर, त्यसको प्रवद्र्धन हुन सकेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा औद्योगिक र ब्यावसायिक सुरक्षाको प्रत्याभूति गर्दै लगानीमैत्रि वातावरण तयार गर्नुपर्छ । अनि मात्र रोजगारी आफै सिर्जना हुनेछ

लगानी भित्रिनेमा कतिको आशावादी हुनुहुन्छ ?

हेर्नुस, उर्लाबारीका ब्यवसायीसाथीहरुसँग लगानी नभएर उद्योग नखुलेका होइनन् । लगानी गर्न सक्षम हुनुहुन्छ, तर वातावरण छैन । तीन वर्षको अवधिमा ६÷७ वटा वाणिज्य बैंक थपिएका छन् । उनीहरू पनि लगानी गर्ने उपयुक्त ठाउँ हेरिरहेका छन् । उर्लाबारीका साथीहरू उद्योग स्थापना गर्न बाहिर जानु नपरोस भनेर यो सोच ल्याएका हौ कि खोला किनारको तटबन्धनलाई व्यवस्थापन गर्दै उद्योग सन्चालन गर्ने जग्गाको खोज गर्न सकिने हुँदा नगरपालिकासँग सहयोग लिदैं यो कार्यक्रम अगाडी बढाउन सकिनेछ ।

तपाईहरूका एजेण्डा चाँहि के के छन् ?

एजेण्डा पुरानै हुन सक्छन तर, तिनलाई व्यवस्थित रुपमा परिणाममुखी बनाउनु पर्छ । उद्योगी, ब्यापारीको ब्यावसायिक हित, प्रवद्र्धन , समय समयमा तालिम, उद्योगी ब्यापारीको स्तरीकरण, बस्तुगत समिति निर्माण गर्ने हाम्रो मुख्य एजेण्डा हो । त्यति मात्र नभई अबको ३ वर्ष भित्र एउटा वीमा कोष तयार गर्ने । ताकि आगलागी हुँदा, मृत्यु हुँदा,अपांगता हुँदा, ब्यापारीले क्षतिपूर्ति पाउन सकुन । हामीले सडक पेटीका व्यापारीहरुलाई पनि सङ्गठित गर्ने कार्यक्रम बनाउनेछौ । सबै ब्यापारीको व्यवसायिक हितको कार्यक्रम सञ्चालन गर्नेछौ ।

कार्यक्रम त राम्रा छन् , कार्यान्वयन होला त ?

हुन्छ, ढुक्क हुनुहोस । नगरपालिका र उद्योवाणिज्य संघको सहकार्यमा हामीले घोषणा गरेका धेरै महत्वपूर्ण काम समिति मार्फत हुनेछन् । नगरका मुख्य चौकमा नगरपालिकाको ७५ प्रतिशत सहयोगमा सीसी टिभी जडान भएको छ । थप ठाउँ बरगाछी,दुर्गापुरी,आईतवारे र मंगलवारेमा विस्तार गरिनेछ । उर्लाबारीलाई उज्यालो शहर बनाउन नगरका मुख्य –मुख्य चौकमा सौर्य बत्ती जडानको कार्यक्रमलाई अझ बिस्तार गर्न पहल गर्नेछौ ।

ब्यापारीका समस्यामा नेतृत्व पङ्क्तिले खासै चासो देखाएनन भन्ने आरोप लाग्ने गरेको छ नि ?

त्यही भएर हामी सधैं ब्यापारी उद्योगीको दुख सुखमा रहेकोले हाम्रो टिमलाई मत दिनुहोस भनेका हौं । ब्यापारीका मुख्य समस्या फर्म नबीकरण,पान र भ्याट नवीकरण,भाडामा दोहोरो मापदण्ड , बन्द हड्ताल, चन्दा आतङ्क र बेला बेलामा हुने अनुगमन हुन । अनुगमन गर्दा मापदण्ड विपरित ब्यापार भएको रहेछ भने हामीले सहानुभुति मात्र प्रकट गर्न सक्छौं । अरु समस्या समाधानका लागि हामी सधैं ब्यापारी साथीहरूको साथ मै हुनेछौं । फर्म नबीकरण अब अनलाइनबाटै हुन थालेको छ । घरभाडा,बन्द हड्ताल र चन्दा आतङ्क न्यूनीकरण गर्न हामी हाम्रो क्षमता र हैषियतले भ्याए सम्म पहल गर्छाैं ।

तपाईहरूको समूहले चुनाव जित्ने आधार के के हुन ?

मैले माथि उल्लेख गरेका एजेण्डा नै चुनाव जित्ने आधार हुन् । यसका अतिरिक्त हामी अब हरेक वर्ष उत्कृष्ठ ब्यापारीलाई सम्मान र पुरस्कार प्रदान गर्नेछौ । सडक किनारमा ब्यापार गर्ने व्यापारीहरूलाई पनि वाणिज्य संघको अपनत्व दिलाउँछौं । हामी उर्लावाशीको मन जित्ने कामहरु गरेर देखाउने छौ ।

अन्त्यमा केही ?

हामीले उर्लाबारी उद्योग वाणिज्य संघको तीन दशक लामो इतिहास पार गरेका छौं । यहाँ सम्म आइपुग्दा संस्थाको प्रगती र उन्नतीमा सहयोग पुर्याउनुहुने सबै पूर्व अध्यक्ष ज्यूहरु,व्यापारीसाथीभाई र कार्यसमितिका व्यक्तित्वहरुमा नमन गर्दछु । ब्यापारमा राजनीति हुँनु हुँदैन । तर ब्यापारीको पनि निजी बिचारमा हुने हुनाले आस्थालाई स्भाविक रुपमा लिन सकिन्छ । आस्थाका आधारमा प्रतिस्पर्धा भएपनि विचार सफा,गहन सोच,धैर्यता र इमान्दारिता भएका हाम्रा टिमका व्यक्तित्वहरुलाई विजय गराउन हुन अनुरोध गर्दछु ।

शनि, साउन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कुराकानी बाट अन्य

‘कमलकै नमुना वडा बनाउने अभियानमा छौं ’

डम्बर बहादुर निरौला झापा, कमल गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रसंगै सहकारीमा नेतृत्यदायी भूमिकामा सक्रिय निरौला वडाध्यक्षमा निर्वाचित भएपछि हिजोआज वडाका विकास निर्माण तथा जनताका सुखदुखमा केन्द्रीत रहिआएका आउनुभएको छ...

गौरादहको खानेपानीलाई नमुना खानेपानी बनाउन सकिन्छ – देबेन्द्र खड्का (सचिव पदका उम्मेद्धार गौरादह खानेपानी)

झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागी यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समुह र प्रगतिशिल समूह वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा लोकतान्त्रिक समूहको तर्पmबाट...

केही सपना अधुरै छन्, म पुनः उम्मेदवार भएको छुः बाबुराम भण्डारी

  झापाको गौरादह खानेपानीमा नयाँ कार्यकालको लागि यही चैत्र १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतात्रिक समूह र प्रगतिशिल समूह बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रगतिशील समूहले प्यानल घोषणा गरेर अगाडि...

‘पर्यटन प्रर्वद्नन गर्न महोत्सवलाई निन्तरता दिएका हौं’

सुधिर प्रधान दमकको होटल व्यवसायी भित्र चिनिएको नाम हो । संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रधान होटल व्यवसायी संघ दमकले चार दिन पछि गर्न लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ का...

मलाई गरिबीले होइन, गलाले आइडल बनायो जुनमा प्रमाणित गर्नेछु: रवि

सुदूरपश्चिम, धनगढीका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत...

‘पुस्तक प्रकाशन गरेर आश्रित छु’

झापा, मेचीनगर– ६ बर्मेली टोल निवासी नन्दकुमार लिम्बु (नेम्बाङ्ग )धार्मिकसंगै कृति लेखकका रुपमा चिनिन्छन् । ‘साधु कुमार’ उपनामले पनि चिनिने लेखकले हालसम्म आधा दर्जन पुस्तकहरु वजारमा ल्याएका छन् । २०६० सालदेखि कृति लेखन कार्य शुरु...

कुराकानी: हाम्रो असन्तुष्टि सरकार संग हैन उसको ब्यवहारसंग हो: बहुल राष्ट्रिय मोर्चा लिम्बुवान अध्यक्ष

पूर्वी जिल्ला ताप्लेजुङको श्री जङ्गा गाउँपालिका खेबाङमा बुवा स्व. तिल विक्रम साम्यो र स्व बिमला खेबाङ (साम्यो) को कोखबाट कान्छो सन्तानका रुपमा जन्मिएका लाजेहाङ साम्यो विगत १२ वर्ष देखि राष्टी«य मुक्ती आन्दोलनमा आवद्ध छन...

कुराकानी: साना साना कामहरुबाट दमक नगरका हरेक क्षेत्रको सुधार थालेका छौं: नगर उप्रमुख अधिकारी

२०७३ चैत अघिसम्म पनि एक प्रध्यापक रुपमा चिनिने गीता अधिकारी २०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन् । शिक्षण पेशा संगसंगै राजनीतिलाई समेत निरन्तरता दिँदै आए पनि स्थानीय...

‘लागूऔषध तपाई हाम्रै समस्या भनेर बुझनुपर्छ’

  कुमार गुरुङ लागूऔषध विरुद्धको सामाजिक अभियानकर्मी हुन् । झापाको दमकलाई कार्यथलो वनाएर विगत दुई दशक बढी समयदेखि यस क्षेत्रमा काम गरिआएका गुरुङ दमकको हेप्पी नेपाल विसडम फाउण्डेशनका अध्यक्ष हुन् । लागूऔषधका पूर्व प्रयोगकर्ता र स्थानीय...

‘मदिरा व्यवसायलाई मर्यादित बनाउन खाँचो छ ’

–प्रेमकुमार पाण्डे दमकका व्यवसायी माझ परिचित नाम हो । सानै उमेरदेखि व्यवसायमा संलग्न उहाँ झापा , माइपश्चिम क्षेत्रका मदिरा व्यवसायीहरुको व्यवसायीक संगठनको नेतृत्व गरिआउनुभएको छ । मेची मदिरा व्यसायी संघ माइपश्चिम झापाका अध्यक्ष पाण्डे...