मोरङको पथरीमा कालोपत्रेका नाममा चरम भ्रष्टचार, ४ दिनमै उप्कियो सडक

हाम्रो दमक

पथरी । मोरङको पथरीशनिश्चरे १ शिखरचौक देखि हनुमान चौक सम्म २ सय ४० मिटरको कालोपत्रे सडक बनेको ३ दिनमै उप्किएको छ । नगरको ४८ घनमिटर काम ठेक्का मार्फत हिवा निर्माण सेवाक प्रोपाईटर खुम बहादुर थापालाई जिम्मा दिएको थियो । असार मसान्तमा हतारहतार नगरले पथरशनिश्चरे नगरको पथरीबजार बाट बहुमुखी र शिखर चौकबाट हनुमान चौकमा बिग्रिएको बाटो बनाउन भनेर ९ लाख २४ हजार ३ सय २० खर्च बिनियोजन गरेको थियो । शिखर चौकमा मात्र १ सय ४० मिटर मर्मत गर्ने स्टमेटमा नगरले केही पैसा थपिदिने भने पछि २ सय ४० मिटर काम गरेको थियो ।

स्थानियलाई थाहै नदिई हतार हतार कालोपत्रे गरेको २ दिन बित्न नपाउदै सडकमा गिटटी उप्किएको हो । पुरानो कालोपत्रे बाटोको केही ठाउँमा भत्किएकोले निर्माणको लागि नगरले ठेक्का लगाएको थियो । तर काम जिम्मा पाएको हिवा निर्माण सेवाले जनताको आँखामा छारो हाल्ने काम गरेको छ । कालोपत्रे गरेर ढाट लागाएको निर्माण सेवाको कालोपत्रे ३ दिन सम्म पनि नबसेपछि स्थानीय आक्रोशित भएर ढाट हटाएका थिए ।

साउन १० गते बिहिबार गरेको कालोपत्रे अहिले हेर्दा हात र खुट्टाले सजिलै कोट्याउदा आउने गरेको छ भने सो गिटटीमा चिप्लिएर सवारी साधन दुर्घटना हुने जोखिम बढेको छ । नयाँ पिच र पुरानो पिचको बिचमा हिलो लेदो देखिन्छ भने नयाँ पिचमा अलकत्राको मात्र नपुगेको प्रस्ट देखिन्छ । नगरले बजेट पचाउन ठेक्केदार संग सेटिङमा मिली जनताको आँखामा छारो हाल्ने काम भएको स्थानियको आरोप छ ।

हाम्रो अगाडि बाटो बन्दा पनि हामीलाई थाहा दिँदैन नगरले अनि हामीले अब यो नगरलाई के भनेर बुझने जनप्रतिनीधी आएपछी काम राम्रो हुन्छ भनेको झन भष्टचार हुने रहेछ स्थानिय रमेश भण्डारीले भने । अघिल्लो दिन सम्म पनि थाहा थिएन कालोपत्रे हुन्छ भनेर झरि परेको बेला एक्कासी कालोपत्रे गर्न आएर ढाट लगाएर छदाछदैको बाटो बिगारेर दुर्घटना निम्त्याएको स्थानियको गुनासो छ । पूर्वेली न्युजबाट

बिहि, साउन १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

वाणी माविको ५३ औ बार्षिकोत्सव

 कमल  ,३ पुस । कमल गाँउपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । तीन दिनसम्म विद्यालयले खेलकुदसहित अभिभावकहरुवीच मनोरञ्जनात्मक कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक लक्ष्मी प्रसाद डाँगीले...

नर्सहरुको माग सम्बोधन, आन्दोलन स्थगित

दमक,३ पुस । आन्दोलनरत नर्सहरुको मागलाई सम्बोधन गर्ने लिखीत सहमति भएपछि दमकको लाइफलाइन अस्पतालमा आन्दोलित नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलन पक्ष र अस्पताल प्रशासन पक्षवीच मंगलवार भएको सहमति पछि नर्सहरुले जारी राखेको आन्दोलन...

इस्टर्नस्टार बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न

दमक,२ पुस । दमक ७ स्थित इस्टर्नस्टार बोर्डिङ्ग स्कुलले सोमबार विभिन्न कार्यक्रमहरु गरि २४ औं बार्षिकोत्सव मनाएको छ । स्कुलको प्राङ्गगणमा भएको बार्षिकोत्सव कार्यक्रममा चार वटा हाउसको प्राइमेरी ,लोवर सेकेन्डरी र सेकेण्डरी स्तरिय विद्यार्थीहरुवीच नृत्य,गायन...

इलाममा पुस ५ देखि मेची पर्यटन महोत्सव

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त...

केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक अवरुद्ध

 केर्खा , २ पुस । कमल गाउँपालिको केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक एक वर्ष बढी समयदेखि मर्मतका लागी भत्काएर नबनाएको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । सडकबाट निस्किएको धुलोले आफुहरुको स्वास्थ्यमा समस्या...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

साहित्यकार तथा शिक्षासेवी श्रेष्ठको निधन

दमक,२ पुस ।   दमक– ९ स्थित चियादोकान चौक निवासी साहित्यकार तथा शिक्षासेवी कर्णकुमार श्रेष्ठको निधन भएको छ । झापाको गौरादहस्थित जनता माध्यमिक बिद्यालयमा शिक्षण पेशा गरी अवकास पछि दमकको चियादोकान चौकमा बस्दै आएका साहित्यकार श्रेष्ठको...

शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टर

दुधे,२ पुस । झापाको शिवसताक्षीस्थित दूधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याईएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताका लागि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दुधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याँएको हो । आज...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

झापामा धान उत्पादनमा वृद्धि

दमक,१ पुस । झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि...