मृगौला तस्करीको आरोपमा पाँचजना गिरफ्तार

हाम्रो दमक

चितवन – मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले पाँचजनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षीय विक्रम पहरी, मकवानपुर बकैया गाउँपालिका ५ का २८ बर्षीय प्रकास तमाङ, मोरङ बयरबन गाउँपालिका ६ का ३४ वर्षीय दिपक लिम्बु र रसुवा उत्तरगया गाउपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले/उनीहरुले गाउँ– गाउँमा गएर मान्छे खोज्ने र दिल्ली पुर्‍याएर मिर्गौला झिकेर बेच्ने गरेको सूचनाका आधारमा गिरफ्तार गरेको बताउनुभयो । उनीहरुको पछि लागेर दिल्ली पुगेका र मृगौला बेच्ने कुरा सुनेपछि भागेर आएका चितवनका एकजना पीीडतको उजुरीको आधारमा अनुसन्धान सुरु भएको उहाँको भनाई छ ।

मृगौला दिने व्यक्ति खोजेर सम्पर्क गराए बापत ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन पाउने लोभमा उनीहरु यस्तो काममा लागेको पाइएको प्रहरीले जनाएको छ । डिएसपी ढकालले पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मङ्ल, साउन १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...