‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

हाम्रो दमक

जनकराज सापकोटा

काठमाडौँ — सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको पाइएको छ । धानमन्त्री ओलीले आर्थिक मितव्ययिता र सुशासनको नारा अगाडि सारिरहेका बेला निजी कम्पनीले निर्माण गर्ने कार्यक्रमको स्टुडियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त रकम दिएको हो ।

अर्थ मन्त्रालयको वेबसाइटमा विविध शीर्षकअन्तर्गत असार महिनामा भएको निकासा तथा रकमान्तरण विवरणमा नागरिक सरोकार विषयमा नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष संवाद कार्यक्रमका लागि सेट निर्माणबापत २० लाख रकमान्तर गरिएको उल्लेख छ । सरकारी कार्यालयमा विभिन्न शीर्षकमा छुट्याइएको बजेटभन्दा बाहिर खर्च गर्नुपर्ने भएमा रकमान्तर गर्ने गरिन्छ ।
मन्त्रिपरिषद् कार्यलयले भने भौतिक सुविधा शीर्षकमा कार्यक्रमको सेट निर्माणका लागि रकम दिएको हो । नेपाल टेलिभिजन स्रोतका अनुसार टेलिभिजनभित्रै बनाइएको यस्तो स्टुडियोको स्वामित्व निजी कम्पनीमै रहन्छ र त्यतिका धेरै खर्च गरिए पनि उक्त स्टुडियो अन्य प्रयोजनमा उपयोग गर्न मिल्दैन ।
प्रधानमन्त्री प्रत्यक्ष उपस्थित हुने कार्यक्रम सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनले उत्पादन र प्रसारण गर्ने यसअघिको परम्परा टुटाउँदै मन्त्रिपरिषद् कार्यालयले कथा नेपाल नामक निजी कम्पनीलाई निर्माण जिम्मा दिएको छ । कार्यक्रम उत्पादक संस्था कथा नेपालका प्रबन्ध निर्देशक एवं कार्यक्रम सञ्चालक मनोज पाण्डेले कार्यक्रम निर्माणमा सरकारी रकम प्रयोग नभएको जिकिर गर्दै स्टुडियो बनाउने खर्च पनि आफैं बेहोरेको दाबी गरे ।
उनले स्टुडियो निर्माणका लागि सरकारले रकम उपलब्ध गराएकोबारे आफूलाई थाहा नभएकाले मन्त्रिपरिषद्मै सोध्न आग्रह गरे । ‘मैले कुनै रकम लिएको छैन,’ उनले भने । कथा नेपालले लोगो सार्वजनिक गर्न सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको महान् उद्देश्य पूरा गरिने बताएका थिए ।
प्रधानमन्त्रीले सुशासनलाई समृद्धिको मूलमन्त्र बनाइरहँदा उनी स्वयं उपस्थित हुने कार्यक्रम निर्माणका लागि भने निजी कम्पनीलाई प्रतिस्पर्धाबिनै कार्यक्रम उत्पादनको जिम्मा दिइएको हो । प्रधानमन्त्रीको प्रसारण तथा उत्पादन विज्ञसमेत रहेका पाण्डेले कार्यक्रम उत्पादनको खर्च आफैंले गर्ने तर टेलिभिजनको प्रसारण तथा स्टुडियो उपयोग शुल्क मन्त्रिपरिषद् कार्यालयले बेहोर्ने गरी कार्यक्रम उत्पादन सुरु गरेका हुन् ।
नेपाल टेलिभिजन व्यापार महाशाखाका अनुसार उक्त कार्यक्रम एक अंक प्रसारणबापत एक लाख चालीस हजार रुपैयाँ र स्टुडियो प्रयोगबापत ७५ हजार रुपैयाँ मन्त्रिपरिषद् कार्यालयले बेहोर्ने गरी पत्राचार भएको छ ।
कान्तिपुर दैनिकबाट

मङ्ल, साउन १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...