युएईबाट २ झापालीलाई बिदाइ

एकराज बस्नेत

दुबई । वैदेशिक रोजगारीको क्रममा युएईमा करिब १५ वरिपरिको बसेका सामाजिक, साहित्यिक व्यक्तित्व मित्रलाल पोखरेललाई झापाली समाज युएईले भव्यताका साथमा बिदाई गरेको छ । गत २७ जुलाई शुक्रबार वर दुबई स्थित सुभयात्रा ट्राभल्सको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै झापाली समाज युएईले आफना केन्द्रीय सदस्य तथा अनुसासन/अनुगमन बिभाग प्रमुख पोखरेललाई बिदाइ गरेको हो ।

लामो समय करिब डेढ दसक समय युएइमा बिताएका पोखरेल एकदम मिलनसार, कर्तव्यनिष्ठ, परिपक्व तथा सदा श्रद्देय व्यक्तीका रूपमा परिचित छन् । झापाली समाज युएईका हरेक ब्यक्तित्वले पोखरेललाई अबिभाबकको रुपमा स्वीकार्छन् । विशेष गरेर कुनै समय दुई खेमामा रहेका झापाली समाज लाई एकीकरण गर्नको लागि पोखरेलले खेलेको भुमिका सराहनिय छ ।

सामाजिक, साहित्यिक व्यक्तित्व मित्रलाल पोखरेललाई बिदाई गरिदै

बिदाई कार्यक्रममा पोखरेलको योगदानको उच्च मुल्यांकन गर्दै दोसल्ला ओडाएर र अबिर लगाएर बिदाइ गरिएको थियो । सोही कार्यक्रममा बोल्दै पोखरेलले समाजबाट आफुले धेरै कुरा सिकेको बताए । आफ्नै नयाँ सिर्जना कविताबाट मन्तव्य राखदै पोखरेलले झापाली समाज युएईले एकता, सहयोग र सहकार्यको मुलमन्त्रमा आवद्ध हुन पाउनु जिवनकै अभुतपुर्व मौका भएको जानकारी दिए । आफू झापाली समाजबाट बाहिर नभएको र नेपाल सम्पर्क समितिमा रहेर अझ काम गर्ने इच्छा रहेको समेत उनले प्रष्ट पारे ।

कार्यक्रमको अन्त्यमा बोल्दै समाजका अध्यक्ष अशोक चापागाईंले पोखरेलको उज्ज्वल भबिस्यको कामना गर्दै निरन्तर सहयोग तथा सहकार्यको खाचो रहेको र जसरी युएईमा रहेर काम गर्नु भएको थियो त्यसरी नै नेपाल सम्पर्क समिती मा रहेर काम गर्नको लागि आग्रह गर्दै बिदाई गरेका थिए । कार्यक्रममा एनआरएनए युएईका केन्द्रीय सदस्य लछुमन काफ्ले, ब्यावसायी मोति राई, समाजका पुर्व अध्यक्ष रोहितकुमार भण्डारी लगायत समाजका केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधिहरुले पोखरेलको सरलता, महानता र ब्याक्तित्वबारे बोल्दै बिदाई मन्तव्य प्रकट गरेका थिए ।

दुर्गा घिमिरेलाई सम्मानको साथ बिदाई गरिदै

यस्तै सारजहाबाट झापाली समाज युएईकी आजिवन सदस्य एवम पूर्व सारजाह क्षेत्रिय कार्यसमिति सदस्य दुर्गा घिमिरेलाई सम्मानको साथ बिदाई गरीएको छ । २७ जुलाई सारजामा आयोजित बिदाई कार्यक्रममा झापाली समाज सारजाह क्षेत्रिय अध्यक्ष राम कुमार राउत लगायत शारजाह छेत्रीय समितिका अन्य सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्ष्यता शारजाह छेत्रीय समिति अध्यक्ष् राम कुमार राउतले गरेका थिए भने कार्यक्रमको संचालन सचिब बुद्द लिंग्देनले गरेका थिए ।

उक्त अवसरमा अध्यक्ष् राउतले समाजमा रहदा घिमिरेले समाजले चालेका अभियानमा सधैं सकारात्मक तरिकाले योगदान गरेको बताए । राउतले घिमिरेको प्रशंसा गरेका थिए साथै समाज प्रतिको यात्रा नटुंगिएको स्मरण गराउदै नेपाल मा रहेको संम्पर्क समति मा आबद्ध रहेर अझ समाज सेवा प्रति लगाब लाई बडाउन सक्ने जानकारी गराएका थिए । अन्य उपस्थित सदस्यहरूले घिमिरेको उज्ज्वल भबिस्यको शुभकामनाका साथमा सारजाहाबाट बिदाई गरेका थिए ।

सोम, साउन १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...

इजरायलमा पहिलो पल्ट बिलिंक मोवाइल एप्स मार्फत नेपालको कुनैपनि बैंक वा स्थानमा सजिलै पैसा ट्रान्सफर गर्न सकिने

इजरायल | इजरायलमा रहेका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै पैसा पठाउन सजिलोका लागी बिलिंक नामक मोवाइल एप्सको लन्च गरिएको छ । कम्पनिका अनुशार यो यो एप्सले इजरायलमा रहेको कुनैपनि आफ्नो बैंकमा रहेको खाताबाट सजिलै त्यो पनि १% कमिशन...