जेसीज सप्ताह समापन, फुटसलमा युनाइटेड र राप्रपा महिला विजयी

हाम्रो दमक

बिर्तामोड, साउन १३। वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ आइतवार बिर्तामोडमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
सप्ताह अन्तर्गत आइतवार महिला तथा पुरुषको खुल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले गरेका थिए । कार्यक्रम संयोजक टहलदास ओलीले स्वागत गरेको कार्यक्रममा आस्थावाचन संयोजक संगीता गिरीले गरेकी थिइन् ।


आइतवार नै पुरस्कार वितरणसहित सप्ताहको समापन गरिएको छ । समापन समारोहका प्रमुख अतिथि जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष बिनोद बस्नेतले जेसीज सप्ताह भव्य र उत्कृष्ट भएको भन्दै आयोजकको प्रशंसा गरेका थिए ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा भएको समारोहमा स्वागत कार्यक्रम संयोजक दमयन्ता दाहाल र आस्था वाचन अर्का संयोजक मिक्की कार्कीले गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, मिस टिन प्रदेश नं। १की विजेता रुक्सुम गुरागाँईले शुभकामना मन्तव्य राखेका थिए । जेसीजले विभिन्न सात वटा कार्यक्रमसहित सप्ताह सम्पन्न गरेको हो ।

        फुटसलमा युनाइटेड ब्रदर्श र राप्रपा महिला बिजयी

एब्सुलेट फुटसल बिर्तामोडमा भएको प्रतियोगितामा महिला ४ र पुरुष १६ टिमको सहभागिता थियो । पुरुषतर्फ युनाइटेड ब्रदर्श बिर्तामोड विजयी बनेको छ । पूर्वेली युवा क्लब प्रतियोगिताको उपविजेता बनेको छ । ५का विरुद्ध ९ गोल गरी युनाइटेड विजयी भएको प्रतियोगिताका मुख्य रेफ्री कुशल खतिवडाले जानकारी दिए ।
त्यस्तै महिलातर्फ पत्रकार महिला समूहलाई २का विरुद्ध ४गोलले पराजित गर्दै राप्रपा महिला संगठन विजयी बनेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा पेनाल्टी सुटका आधारमा खेलको निर्णय गरिएको थियो । फुटसलमा महिलातर्फ वीरता लेडी जेसीज र नेप्लिज टिन्सले समेत भाग लिएको फुटसल प्रतियोगिताको संयोजक टहलदास ओलीले जानकारी दिए ।
त्यस्तै पुरुषतर्फ फुटसलमा वीरता जेसीज, श्रीकृष्ण प्रणामी युवा परिषद्, आमसञ्चार डटकम, बिर्तामोड उद्योग वाणिज्य संघ, हष मर्निङ टिम, मारवाडी युवा मञ्च, रेड स्टार, नेप्लिज टिन्स, धुलावारी फुटबल क्लब, डायमण्ड क्लब, रोट्रयाक क्लब अफ बिर्तामोड, भेट्रान क्लब बिर्तामोड, गोल्डस्टार र गोरखा स्पोर्टस् क्लबले भाग लिएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि, दुबै संस्थाका संस्थापक अध्यक्ष तथा अतिथिहरु जेसीज पूर्वअध्यक्ष समाज झापाका उपाध्यक्ष रमेश पोखरेल, वीरता जेसीजका पूर्वअध्यक्ष राजेन्द्र चम्लागाँई, वीरता लेडी जेसीजकी पूर्वअध्यक्षहरु राधा सुब्बा, पार्वता विमली, मिस टिन तथा कार्यक्रम संयोजकहरुले नगद प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।
सप्ताह अन्तर्गत पौडी प्रतियोगितामा प्रथम सन्दीप कटुवाल, दोस्रो राजीव धिमाल र तेस्रो प्रकाश भुजेललाई सोही समारोहमा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै महिला दौडमा प्रथम दीपा अधिकारी, दोस्रो सञ्जु राई र तेस्रो सुरक्षा खनाललाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

स्लो स्कुटी रेसमा महिलातर्फ प्रथम जुनु उप्रेती, दोस्रो रुपा श्रेष्ठ र तेस्रो संगीता गिरी तथा पुरुषतर्फ उमङ्ग राजवंशी, दोस्रो सरोज बस्नेत र तेस्रो खेमराज बराललाई नगद प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको वीरता लेडी जेसीजकी महासचिव सरु खनालले जानकारी दिइन् ।
फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, बिर्तामोड वाणिज्य संघका उपाध्यक्ष नारायण चिमरिया, मारवाडी युवा मञ्चका अध्यक्ष दीपक मित्तल, कृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष खगेन्द्र कुँवर लगायतको आतिथ्य थियो ।

प्रमुख अतिथि निर्मल भट्टराईले मुख्य रेफ्री खतिवडालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । समापन समारोहको सञ्चालन वीरता जेसीजका महासचिव बिनोद पाण्डेले गरेका थिए भने जेसीआई मिसन र भिजन वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेका थिए । सप्ताह अन्तर्गत प्रथम दिन भएको खुल्ला वेन्च प्रेस र स्क्वाट प्रतियोगिताका विजेताहरुलाई सोही दिनमा बडी ग्यारेजमै पुरस्कार वितरण गरिएको थियो ।

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...