सडक दुर्घटनामा महिलाको भन्दा पुरुषको बढि मृत्यु भयो

चार पांङग्रे भन्दा २ पाङग्रे सवारी बढि दुर्घटना

हाम्रो दमक

दमक | ट्राफिक प्रहरी कार्यालय दमकको वितेका तिन वर्षको तथ्याकलाई हेर्दा यस्तो अवस्था पाइएको हो । वितेका तिन वर्षका अवधिमा ५२ जना पूरुष, १३ जना महिला र २ जना बालबालिकाको मृत्यु भएको थियो । तथ्याकं अनुसार आर्थिक वर्ष ०७२/०७३ मा १६ जना पुरुषको सवारी दुर्घटनामा परि ज्यान गएको थियो । सो अवधिमा ३ जना महिला र १ जना बालबालिकाको समेत मृत्युभएको थियो ।

यसरी नै आर्थिक वर्ष ०७३/०७४ मा १८ जना पुरुष ६ जना महिला र १ बालबालिकाको मृत्यु भएको थियो भने बितेको आर्थिक वर्ष ०७४/७५ मा १८ जना परुष र ४ जना महिलाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकको तथ्याकंमा उल्लेख गरिएको छ । यसैगरि वितेका तिन वर्षमा भएका सवारी दुर्घटना परि १४२ जना पुरुष २५ महिला र ८ जना बालबालिक गम्भिर घाईते भएको तथ्याकंमा उल्लेख गरिएको छ । सो अवधिमा ४ सय १७ वटा सवारी दुर्घटना भएका छन भने ६ वटा चौपायको समेत मृत्यु भएको पाईएको छ ।

चार पांङग्रे भन्दा २ पाङग्रे सवारी बढि दुर्घटना

दमक ट्राफिक प्रहरीले झापाको दमक नगरपालिका, गौरादह नगरपालिका, गौरिगंज गाउ पालिका र कमल गाउ पालिका को कमल खोला पुल पश्चि देखि झापाको पश्चिमी सिमाना मावा खोला पुल पूर्वका मुख्य राजमार्ग तथा क्षेत्रिय तथा शाखा सडकहरुमा गुडने सवारीहरुको अनुगमन तथा नियमन गर्दै आएको छ । यो क्षेत्रमा वितेका तिन वर्षमा २३२ वटा मोटर साईकल दुर्घटना परेका छन । यस्तै ६९ वटा कार जिप, ५५ वटा वस, ४६ वटा ट्रक र ३९ वटा ट्रयाक्टर दुर्घटनामा परेका छन ।

सवारी नियम उलंघनमा पनि दुई पांङग्रे सवारी नै अगाढी

यसरि नै वितेका तिन वर्षका अवधिमा आब ०७२/७३ मा ९ हजार ३ सय ५० आव ७३/७४ मा १२ हजार ५० र आव ७४/७५ मा १० हजार ६ सय ३६ वटा सवारी सधानहरु ट्राफिक नियमको उलंग्न गरेको तथ्याकंमा छ । जस मध्ये १३ हजार ६ सय ७६ वटा मोटर साईकलले सवारी नियमको उलंघन गरेको पाईएको छ । यसरी सवारी नियम उलंग्न गरेका सवारी साधनहरुबाट ट्राफिक प्रहरी दमकले आव ७२/७३ मा ४० लाख ४२ हजार ८ सय । आब ७३/७४ मा ७४ लाख ९८ हजार र आब ७४/७५ मा ६६ लाख ५१ ह्जार ५ सय रुपैया राजश्व संकलन गरेको पाइएको छ ।

सवारीको थपिदो क्रम, सडक सुधार तथा विस्तार नहुन दुर्घटनाको मुख्य कारण

दिन प्रतिदिन सवारी साधनहरु थपिदै जानु र सडक संरचनामा विस्तार तथा सुधार नहुनु दुर्घटनाको मुख्य कारण भएको प्रहरीको भनाई रहेको छ । थोरै जनशक्ति र प्रयाप्त साधन स्रोतको अभाबमा सवारी साधनहरु माथि नियमन गर्न समस्या हुने गरेको ट्राफिक प्रहरी कार्यालय दमककमा प्रमुख प्रहरी नायब निरीक्षक विनोद कुमार खतिवडाले बताउनु भयो । सिमित जनशक्तिका उपकरणका अभाबमा पनि झापाको माईपश्चिमका दूई वटा नगर पालिका र २ गाउ पालिकमा रहेको मुख्य क्षेत्रिय तथा शाखा र भित्रि सडकहरु समेत हेर्दै आएको खतिवडाले बताउनु भयो ।

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

चैतको खडेरीमा पनि नसुक्ने साउनेपानी कुवा मध्य साउनमा सुक्छ

नबिना कुइकेल शान्तिनगर । वर्षै भरी पानी भरीभराउ हुन्छ तर साउन महिना शुरु भएपछी पानी अली कम हुदै जाने र मध्य साउनमा दुइ,तिन दिन पानी सुक्ने पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार...

वर्तमान सरकारका ५ महिने मुख्य ३५ उपलब्धी [विस्तृत विवरणसहित]

काठमाडौं । वर्तमान सरकारले पाँच महिने उपलब्धी सार्वजनिक गरेको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृतवको वर्तमान सरकारले पाँच महिनाको अवधिमा गरेको उपलब्धीहरु सार्वजनिक गरेको हो । सरकारले सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक...

धनसिं बाँध निर्माण भए पछि विर्तामोड बसपार्क क्षेत्र सुरक्षित

झापा | झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरवन्दि स्थित अदुवा खोलामा बाँध निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको २५ लाख अनुदान सहयोग, १ नम्बर प्रदेश सरकार संसद विकास कोष अन्तर्गतको रु ३...

जेसीज सामुदायिक भवनका लागि २२ लाखको सहयोग घोषणा

बिर्तामोड,साउन २७ । वीरता जेसीजले निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आइतवार एकैदिन विभिन्न दाताहरुले २२ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी वीरता जेसीजका अध्यक्ष एकराज...

विराटनगर महानगरपालिकाभित्र बिस्फोट

विराटनगर । विराटनगर महानगरपालिकाभित्र बिस्फोट भएको छ । बम वा अरु कुनै उपकरण के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् । मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित...

दमकमा एक वर्षमा ७ सय व्यवसाय थपिए

दमक,२५ साउन / झापाको दमकमा व्यवसायीक आर्कषण बन्दै गएको छ । पूर्वी पहाडदेखि ग्रामीण भेगका मानिसहरु रोजगारी र दमकमा बसाईसरेसंगै व्यापार ,व्यवसायमा दिनानुदिन आर्कषण बन्दै गएको हो । दमक उद्योग वाणिज्य संघका अनुसार दमकमा बर्सेनी...

मन्दिरका सचिव विष्ट र सदस्य भण्डारी कारवाहीमा

दमक,२४ साउन/ मन्दिर निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा दमकको एक मन्दिरका सचिव र सदस्य कारवाहीमा परेका छन् । दमक–१० स्थित शिव मन्दिर निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाईएपछि मन्दिरका सचिव चन्द्रवहादुर विष्ट र सदस्य...

दमकमा आर्कषक ‘फनपार्क’ बन्दै

दमक,२३ साउन / झापाको दमकमा सुविधासम्पन्नसहित आर्कषक फनपार्क वन्ने भएको छ । दमकमा मनोरञ्जनस्थलको अभाव भईरहेको वेला दमक–२ स्थित भाङवारीमा स्थानीय युवा व्यवसायीहरुले करोडौको लागतमा फन पार्क वनाउन लागेका हुन् । फन पार्कको नाम ‘हाम्रो...

हो, म वेश्या हो !

खै कहाँबाट सुरु गरौ मेरो मन–मष्तिस्कभित्र आँटी–नआँटी उकुसमुकुस भएर बसेका अनि निसास्सिएर रोएका आँशु र भक्कानीएका मेरा मनका कुराहरु, कहाँबाट बाहिर निकाल्न सुरु गरौँ म आफै अन्यौलमा छु । आफैसँग वाचा गरेकै हो मैले आफ्ना...