शैक्षिक अगुवा राई ससफोमा प्रवेश

हाम्रो दमक

दमक,१३ साउन /  झापा, दमकका शैक्षिक अगुवा सुजन राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको भातृ संगठन युवा संघका सल्लाहकार रहेका राईसहित ४ जना सो पार्टी परित्याग गरि फोरममा प्रवेश गरेका हुन् । उनी सिदिङवा बोर्डिङ स्कुलका सञ्चालक समेत हुन् ।


फोरमले आइतबार दमकमा पत्रकार सम्मेलन गरि नवप्रवेशीहरुलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् । नवप्रवेशीहरुलाई पार्टीका पोलिटव्यूरो सदस्य प्रविण चाम्लिङ,पार्टीका केन्द्रीय सदस्य हरिदेवी लावती,जिल्ला अध्यक्ष धिरेन लावती,संघीय प्रेस फोरमका केन्द्रीय उपमहासचिव कमन देवानलगायतले अविर लगाएर पार्टीमा प्रवेश गराए ।
सो अवसरमा फोरमका नेताहरुले सरकारमा संविधान संशोधनका लागि प्रवेश गरेकाले संविधान संशोधन नभए सरकारबाट बाहिरिने उल्लेख गरेका थिए ।
उनीहरुले सरकारमा प्रवेश गर्दाको समयमा नै पहिलो सहमति आवश्यकता अनुसार संविधान संशोधन र दोस्रो पार्टी सरकारमा प्रवेश गर्ने भन्ने भएकोले पहिलो बँुदा अर्थात संविधान संशोधनमा वेवास्ता भए तत्काल पार्टी सरकारबाट बाहिरिनु पर्ने नेतृत्वलाई सुझाए । त्यस्तै, नवप्रवेशी राईले पछाडि पारिएका लिङ्ग, बर्ग, जातजाति, समूदायको उन्मुक्ती र पहिचानका लागि संघीय समाजबादी पार्टी अपरिहार्य भएको समेत दावी गरेका थिए ।

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...