पन्त नेजाको अध्यक्षमा निर्विरोध चयन

हाम्रो दमक

झापा,९ साउन/ नेपाल–अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा दमकका सञ्चारकर्मी सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । पन्त हिमालीपोस्ट डटकमका संस्थापक एवं प्रधान सम्पादक हुन् ।

नेजा, अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो । निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुमा विकासराज न्यौपाने, किरण मरहट्ठा, सुरज भण्डारी र मच्छेदेवी गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा रहेका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्य क्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट
गोकुलप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल रहेका छन् । कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्य पदमा नेजाका पूर्ब सचिव अग्नीप्रसाद चौलागाईलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
साधारण सभाको उदघाटन शनिबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा आचार्यले नेजानै अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था रहेकोले नेपाल पत्रकार महासंघसँग आवद्धता रहेको उल्लेख गरे ।
आचार्यले आगामी दिनमा पत्रकार महासंघको साधारण सभामा नेजालाई प्रतिनिधिको हैसियतमा सहभागी हुन समेत आव्हान गरे । नेजा र महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    अध्यक्ष पन्त

सो पत्र अनुसार नेजा र महासंघबीच समन्वयमा बिभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।
सोही समझदारीपत्र अनुसार नेजाले स्थापना गरेको दुई लाख २२ हजार २ सय २२ रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कार यस वर्ष ओखलढुंगास्थित कान्तिपुर दैनिकका संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय भएको छ ।

बुध, साउन ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

वासुआविमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

दुहागढी । भुकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको...

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

झापाको काँकरभिट्टामा सवारी दुर्घटना हुँदा एकको मृत्यू ।

बिर्तामोड । झापाको काँकरभिट्टामा आज साझँ सवारी दुर्घटना हुँदा एकको मृत्यू भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...