झापाका नागरिक भन्छन्– प्रदेश १ को राजधानी गोठगाउँ, नाम विराट वा सगरमाथा

हाम्रो दमक

बिर्तामोड। प्रदेश नंम्बर १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह सरकारी जमिनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने उनीहरुको ठहर छ । प्रदेश १ को नामकरण भने विराट वा सगरमाथा राख्दा सबैको भावना समेटिने सुझाव पनि दिइएको छ ।

विहीबार बिर्तामोड १ मा भएको छलफलमा सहभागी ज्येष्ठ नागरिक,विभिन्न स।घसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले त्यस्तो निष्कर्ष तथा सुझाव दिएका हुन् । ४० बढी सहभागी छलफलमा सबैको एउटै मत थियो– ‘प्रदेश १ को राजधानी गोठगाउँमै हुनुपर्छ ।’ ‘१४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ’ – ज्येष्ठ नागरिक तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भने– ‘दीगो रुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।’

प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताए । राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले भने– ‘हामीले राजधानी झापा हुनुपर्छ भनेको छैन, बिर्तामोड र दमकमा पनि मागेका छैनौं– सबैलाई पायक पर्ने राजधानी गोठगाउँ नै हो ।’ मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भने– ‘व्यक्तिगतरुपमा भन्ने हो भने बिर्तामोडलाई राजधानी बनाउनुपर्छ, सबैलाई उपयुक्त ठाउँ तोक्ने हो भने गोठगाउँमै राजधानी बन्नुपर्छ ।’


भौगोलिक र प्राकृतिक दृष्टि, खुल्ला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रविन्दु, पूर्वाञ्चल विश्वविद्यालय समेत रहेको आठ सय विगााह जमिन भएको गोठगाउँलाई दीगो सोचका साथ राजधानी बनाउनुपर्नेमा उनीहरुको जोड थियो । विराटनगर अस्तव्यस्त, प्रदुषित, साँघुरो, भीडभाड, डुबाऊ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकोले त्यहाँ राजधानी उपयुक्त नहुने उनीहरुको धारणा थियो ।

प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । सहभागीले कोशी, सप्तकोशी, मेची–कोशी, कञ्चनजंघा, विराट–सप्तकोशी, माउण्ट एभरेष्ट, विराट–हिमालय जस्ता नाम पनि विकल्पका रुपमा प्रस्तुत गरे ।

त्यस्तै विश्वको अग्लो हिमाल सगरमाथा र देशकै होचो भू–भाग कचनकबल यही प्रदेशमा पर्ने भएकाले ‘स्वर्ग प्रदेश’ राख्दा पनि हुने कतिपयको सुझाव थियो । राजधानी सबैलाई पायक पर्ने फराकिलो ठाउँ हुनुपर्ने र नामाकरण गर्दा सबैले आत्मसम्मानबोध गर्ने गरी राख्नुपर्नेमा सहभागीको जोड थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक कुलप्रसाद ओडारी तथा जानुका रेग्मी, मेदनी प्रसाईं, जगन्नाथ खनाल, शम्भु घिमिरे, राम बाराकोटी, टीका खरेल, कमल मिश्र, सुरेश वंशल, श्याम पोखरेल, टंक कटुवाल, मणिचन्द्र सापकोटा, विष्णुबहादुर श्रेष्ठ, डिल्लीराम थपलिया, गुञ्जन थापा, प्रकाश कोइराला, पदम आचार्य, तेजप्रसाद सिटौला, कृष्णप्रसाद प्रसाईं, डम्बरबहादुर बस्नेत, शेखर ढकाल, केशव उप्रेती, रुपक थापा, पदम प्रसाईं, डिल्ली उप्रेती, गोपाल खतिवडा, धर्मप्रसाद शिवाकोटी, दुर्गाप्रसाद थपलिया लगायतले धारणा र सुझाव राखेका थिए ।

क्षेत्रीय संवाद समूह झापा र देवी पञ्चकन्या मर्निङवाक ग्रुपको संयोजनमा भएको छलफलको सहजीकरण संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेल र संवाद समूहका सदस्य मदनगोपाल सुब्बाले गरेका थिए ।

शुक्र, साउन ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...

पिकअप दुर्घटना हुदाँ १ को मृत्यु, ३ घाइते

उदयपुर, ९ वैशाख । पिकअप दुर्घटना हुदाँ हिजो आइतबार उदयपुरको वेलका नगरपालिका ७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । अपरान्ह साढे ५ बजेको...