झापाका ९ वटा खोललाई तटबन्धन गर्ने तयारी, चिन र नेपालका प्राबिधिकद्वारा सर्वेक्षण

हाम्रो दमक

झापाका बिभिन्न ९ वटा नदिको स्थाई तटबन्धन निर्माणका लागि चिनिया टोलीले प्रारम्भिक कार्य सुरु गरेको छ । चिन र नेपालका बिभिन्न प्राबिधिकको समुहले झापाका मुख्य नदिहरुको प्रारम्भिक सर्वेक्षण सुरु गरेका हुन ।

झापा र मोरङको सिमाना पर्ने मावा खोलाबाट चिनिया टोलीले स्थाई तटबन्धन निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सुरु गरेको छ । गत एक महिना अघि प्रधानमन्त्रीको टोली चिन भ्रमणमा गएका समयमा नेपालका नदिमा स्थाई तटबन्धन निर्माण गर्ने सम्झौता भए अनुरुप टोलीले आफ्नो कामको प्रारम्भ मावा नदिबाट गरेको जल उत्पन्न प्रकोप ब्यवस्थापन बिभागका सिनियर डिभिजन इन्जिनियर अर्विन्द्र कुमार गुप्ताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालका बिभिन्न नदिको स्थाई तटबन्ध निर्माण गर्ने योजना अन्तर्गत झापाका बिभिन्न नदिबाट स्थाई तटबन्धन निर्माणको प्रारम्भिक सर्वेको काम सुरु गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य होम बहादुर थापाले बताए ।

हरेक वर्षको बर्खा याममा दमकमा मावा र रतुवा खोलाले दुःख दिने गरेको र अव यो टोलीले स्थाई तटबन्धन निर्माण गरेपछि यो समस्याको दिगो समाधान हुने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अपेक्षा गरेका छन् ।

टोलीले झापाका मावा, रतुवा, कमल, कन्काई, बिरिङ किस्नी , सताक्षी लगायत बिभिन्न ९ वटा नदिको प्रारम्भिक सवेक्षण गर्ने छ । टोली आगामी साउन १४ गते सम्म झापा रहने जनाइएको छ ।

शुक्र, साउन ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...

पिकअप दुर्घटना हुदाँ १ को मृत्यु, ३ घाइते

उदयपुर, ९ वैशाख । पिकअप दुर्घटना हुदाँ हिजो आइतबार उदयपुरको वेलका नगरपालिका ७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । अपरान्ह साढे ५ बजेको...