स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

हाम्रो दमक

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ ।

विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी एवम् दाताहरुबाट प्राप्त सहयोग बापत १० लाख ५९ हजार १ सय ९८ रुपैयाँ आम्दानी भएकोमा ५ लाख १७ हजार खर्च भई ५ लाख ४२ हजार १ सय ९८ रुपैयाँ बचत भएको जानकारी गराएका थिए ।

कार्यक्रममा बचत रकम विद्यालयको शैक्षिक विकासमा खर्च गर्ने र उठ्न बाँकी रहेको ८१ हजार रुपैयाँ १ महिना भित्र उठाई सार्वजानिक गर्ने निर्णय गरिएको पूर्व विद्यार्थी समाजका अध्यक्ष बद्री महतले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आर्थिक समितिका संयोजक अभिनाराण मैनाली, व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुलाल सुब्बा, सल्लाहकार एवम् रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल लगायतले मन्तव्य राख्दै स्वर्ण महोत्सवमा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

मङ्ल, साउन १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

वासुआविमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

दुहागढी । भुकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको...

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

झापाको काँकरभिट्टामा सवारी दुर्घटना हुँदा एकको मृत्यू ।

बिर्तामोड । झापाको काँकरभिट्टामा आज साझँ सवारी दुर्घटना हुँदा एकको मृत्यू भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...