झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

हाम्रो दमक

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ नाफा गरेको जनाएको हो । गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले गोल्डकप सम्पन्न गर्न एक करोड चार लाख सात हजार ७७६ रुपैयाँ खर्च लागेको बताए ।

सवा करोडको कारोबार
उनका अनुसार आयोजकले गोल्डकपका क्रममा एक करोड २३ लाख पाँच हजार ८५० रुपैयाँ आर्थिक संकलन गरेको थियो । जसमा सबै खर्च कटाएर १८ लाख ९८ हजार ७४ रुपैयाँ बचत गरेको छ । ‘करिब १९ लाख रुपैयाँ खुद बचत हो’, अध्यक्ष गिरीले भने, ‘यसमा पाउनुपर्ने बाँकी जोडिएको छैन, सहयोगको बचन दिने तर रकम नदिनेलाई यसपल्ट छाडेका छौँ ।’ गोल्डकपका क्रममा बोलेको रकम अहिलेसम्म नदिएकाले पनि हिसाब सार्वजनिक गर्न ढिला भएको उनको भनाइ थियो । त्यस्तै, खेलाडीलाई क्लबले अनुबन्धन गर्ने क्रम अघि बढाइएकाले पनि बचत रकम उल्लेख्य नभएको उनले बताए । ‘अब अनुबन्धन खेलाडीलाई सोझै नगराई क्लबमार्फत गराइनेछ’, उनले भने ।

टिकटबाट साडे ४८ लाख
उक्त गोल्डकपमा टिकट बिक्रीबाट मात्र ४८ लाख ४८ हजार चार सय उठेको आयोजकले जनाएको छ । यो सर्वाधिक टिकट बिक्री हो । त्यस्तै, नयाँ सदस्य शुल्कबाट छ लाख, नविकरणबाट सात लाख ९५ हजार रुपैयाँ पनि संकलन भएको जानकारी दिइयो । सर्वाधिक रकम स्पोन्सरसिपबाट ५४ लाख ६२ हजार ४५० रुपैयाँ संकलन भएको अध्यक्ष गिरीले बताए । खर्चतर्फ सर्वाधिक पुरस्कारतर्फ २५ लाख ७२ हजार ३४० रुपैयाँ रहेको छ ।

अक्षयकोषमा ५० लाख
उनका अनुसार प्रथम संस्करणबाट १५ लाख र दोस्रो संस्करणबाट ३६ लाख बचत भएको छ । यसपटकको करिब १९ लाख भएपछि अक्षयकोष खडा गरिने भएको छ । ‘कम्तिमा ५० लाख रुपैयाँ अक्षयकोषमा राख्छौँ’, अध्यक्ष गिरीले भने, ‘बाँकी रकम कार्य सम्पादनमा खर्चिने भएका छौँ, फेरि पहिलो संस्करणको रकम के गर्ने भन्ने निचोडमा पुगिसकेका छैनौँ ।’

मेस्सी होइन एम्बाप्पे जन्माइने
उनले झापाली खेलकुदमा विकास भइरहेको दाबी गर्दै झापा ११ को जुनियर टिम पनि सशक्त भएर आएको बताए । केही सिनियर खेलाडी परिवर्तन गर्नेतर्फ इङ्गित गर्दै उनले भने, ‘झापाका केही मेस्सीहरुले काम काट्न छाडे, अब एम्बाप्पेजस्ता खेलाडी जन्माउनुछ ।’ उनले खेलाडीलाई भन्दा पनि उनीहरुको खेल कौशललाई हेरेर अनुबन्धन गरिने पनि बताए ।

गोल्डकप देशकै उत्कृष्ट
झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा गोल्डकपको निरन्तरताले खेलजगतमा देशमै उचाइ थपेको बताए । उनले भने, ‘झापा गोल्डकप भव्य, सभ्यमात्र नभएर देशकै उत्कृष्ट गोल्डकप हो ।’ उनले गोल्डकपको समयतालिकामा हेरफेर गरेर अर्कै विधिबाट सञ्चालन गर्न सकिने पनि जानकारी दिए ।

टाइटल स्पोन्सर फेरिने
गत वर्षसम्म टाइटल स्पोन्सर गरिरहेको एसियन थाइ फुड्सको रमपम यसवर्ष परिवर्तन हुनसक्ने आयोजकले संकेत गरेको छ । ‘अहिलेसम्मको गतिविधि र कार्यान्वयन पक्ष हेर्दा परिवर्तन गर्न सकिन्छ’, अध्यक्ष गुरुङले भने, ‘झापा ११ लाई प्रायोजन गर्न रुचाउने धेरै कर्पोरेट हाउस छन्, उनीहरुसँग सहकार्य हुनसक्छ ।’
गोल्डकपका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गर्दै सहयोगी दाताबाट रकम ढिलोगरी प्रदान भएकाले हिसाब सार्वजनिक गर्न चार महिना लागेको बताए । यसपटक आश्वासनका भरमा मात्र रहिरहन नसकिने निश्कर्ष निकालेर आयोजकले बचनमा गरिएको आर्थिक सहयोगलाई नसमेटिएको उनले बताए ।

मङ्ल, साउन १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...