‘आधा सत्य’ उपन्यासको बिक्रीको रकम सामाजिक कार्यमा ।

हाम्रो दमक

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’को सार्वजनिकीकरण गरिएको छ । उक्त उपन्यासको काठमाडौंको बागबजारमा गत असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले विमोचन गरेका थिए ।

सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत उक्त कृतिको सार्वजनिकीकरण गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा नेपाली लेखक संघका पूर्व सचिव तथा लेखक कुमार भट्टराईको आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए ।

कार्यक्रममा ‘आधा सत्य’ उपन्यासकी लेखक भगवती ढुंगेलले पुस्तकको बारेमा चर्चा गरेकी थिइन् । लेखक ढुंगेलले आफूले पहिलो कृतिको रुपमा उपन्यास ‘आधा सत्य’ प्रकाशनमा ल्याएको बताउँदै उक्त कृति वास्तविक प्रेमकथामा आधारित रहेको बताइन् । उनले भनिन्– ‘यो संसारिक रंगमञ्चमा कुनै पनि कुरा सबै सत्य छैनन् । सत्य त आत्मा हो, जो अमर छ । अरु सबै झुटा हुन् । सत्य मात्र एक आमा हुन् जसले हामीलाई जन्म दिन्छिन् । जन्मेपछि तेरो बाबु यो हो भनेर सन्तानलाई चिनाउँछिन् त्यो विशवास हो । अरु जिन्दगीको रंगमञ्चमा भेटिएका सबै पात्रहरु झुटा हुन् । बाँकी सारा भ्रम यानिकी झुटलाई सत्य मानेर रमाउने बहाना मात्र हुन् ।, यो सब नाटक हो, सञ्चालन परमात्माबाट भएको छ । यदिसम्म कि संसारिक रंगमञ्चका हामी कलाकार हौं । त्यसैले हामीले देखेको संसार आधा सत्य हो । भन्ने कुराको भाव प्रकट गरेर यो उपन्यासको रचना गरेको छु ।’

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी ढुंगेलले २०५९ सालदेखि लेखनमा सक्रिय रहेको बताइन् । उनले उपन्यास ‘आधा सत्य’ बाट संकलित रकम लेट्स रन नेपाल मार्फत् झापाका असहाय, अपाङ्ग बालबालिका र वृद्धवृद्धाहरुको सहयोगका लागि खर्च गरिने बताइन् ।

पुस्तकको बिक्रीबाट लेट्स रन नेपाल संस्थामार्फत गत असार १५ गते झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुका लागि अत्यावश्यक सामग्री प्रदान गरिएको उनले बताइन् । आफूले कुनै फाइदाका लागि पुस्तक लेखेको नभएर पुस्तकको बिक्रीबाट संकलित रकम लेट्स रन नेपाल मार्फत असहाय, अपाङ्गता भएका बालबालिका र बृद्धबृद्धाहरुको सहयोगमा खर्चिने उनले बताइन् ।
यसैबीच सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा आगामी साउन ५ गते बिर्तामोडस्थित रेडमग क्याफेमा उपन्यास ‘आधा सत्य’को चर्चा परिचर्चा र साहित्यिक कविगोष्ठी कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाली लेखक संघ झापाका पूर्व सचिव तथा लेखक कुमार भट्टराईले पुस्तक लेखेर साहित्यिक यात्रा शुरु गरेकोमा लेखक ढुंगेललाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख जनकराज खड्का, पत्रकार तथा लेखक दिपीन राई लेट्स रन नेपालका संस्थापक अध्यक्ष इमेश पाठक लगायतले शुभकामना दिएका थिए ।

मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

लगनशील कृषि सहकारीको भवन शिलान्यास

पाडाजुंगी ,३० पुस । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाको आज सोमबार भवन शिलान्यास गरिएको छ ।  १४ धुर १ पावा क्षेत्रफलमा निर्माण हुने भवनको वैद्धिक विधि अनुसार शिलान्यास गरिएको संस्थाका अध्यक्ष...

लायन्सका जन्मदाताको सम्झनामा विभिन्न कार्यक्रम

दमक,२९ पुस ।  लायन्सका जन्मदाता मेलविन जोन डेको १४१ औं जन्मजयन्ती आइतबार दमक र लखनपुरमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । लायन्स क्लब अफ लखनपुरले सो अवसरमा कमल ७ स्थित बाह्रघरेमा आयोजना गरेको निशुल्क...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य...

झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित

बिर्तामोड,२८ पुस ।  झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित भएका छन् । मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीहरु संगठित भएका हुन् । शनिबार भेलाको आयोजना गरी समिति समेत निर्माण गरेका छन् । भेलाले बद्री...