भजनमा प्यारोडी भाइरस

गङ्गाराम गड्तौला

गङ्गाराम गड्तौला  

बुद्धशान्ति । यतिखेर समाजमा धार्मिक प्रवृत्ति बढेको देखिन्छ । जताततै मन्दिर । जताततै पुराण । जताततै धार्मिक कार्यक्रम । जताततै भजन । सत्सङ्ग । पूजा । अनि स“गस“गै व्यक्तिवादी चिन्तन । हत्या, अपहरण, लुटपाट । द्वन्द्व । प्रवृत्ति सकारात्मक प्रभाव नकारात्मक ? सकारात्मक प्रवृत्तिले सकारात्मक प्रभाव पार्नुपर्ने होइन ? धान रोप्दा धानै फल्छ । प्रकृतिको नियम । तर धार्मिक प्रवृत्ति रोप्दा किन साहचर्य फलेन ? कुरा धेरै छन् । यस लेखमा भजन पक्षको मात्रै चर्चा गरिने छ ।

भजन तत्सम शब्द हो । ‘भज्’ धातुमा ‘अन’ प्रत्यय जोडिएर बनेको यस शब्दको अर्थ हुन्छ भज्नु । ईश्वरको उपासना गर्नु । स्तुति गर्नु । सामान्य अर्थ । भगवानको नामको कीर्तन । सङ्कीर्तन । व्यापक अर्थमा ईश्वरप्रति समर्पित भई उसैमा लीन हुनु । मीरा जस्तै । सूरदास जस्तै । त्यहा“ शब्द होइन, भाव प्रधान हुन्छ । शब्द केवल ‘ईश्वर’ हुन्छ । वाल्मीकिले ‘राम’ शब्दलाई उल्टोबाट जपे ‘मरा’ । उल्टिएर ‘राम’ भयो । मीरा, सूरदास र वाल्मीकिलाई ऊर्जा प्राप्त भयो । तिनले सफलता हासिल गरे । उनीहरू श्रद्धा बने । उदाहरण बने । प्रेरणा बने ।

भजनले नाम सङ्कीर्तनको परिधि नाघेर सङ्गीतमा उक्लियो । ठिकै छ । व्यावसायिक बन्यो । विधागत पहिचान । तर भाव चुहिएन । अनुप जलोटा, भक्तराज आचार्य आदिले भजनको सङ्गीत पक्षलाई आधुनिकीकरण गरे । युगसापेक्ष । नाम कीर्तनमा मात्रै रोकिएन समाज । भाव प्रधानै रह्यो । भजनले मानिसलाई भक्तिभाव प्रदान गरि नै रह्यो ।

तर यति बेला नारायण गोपालका गीतहरू भजन बनेका छन् । चलचित्रका गीत र झ्याउरे गीतहरू भजन बने । हु“दा हु“दा ‘झल्झली आ“खैमा’, ‘माथि माथि सैलुङ्गेमा’, ‘कुटुमा कुटु’ पनि भजन बने । भजन मनोरञ्जनमा खुम्चियो । आस्था चाहिएन । श्रद्धा चाहिएन । अनि ऊर्जा कसरी प्राप्त हुन्छ ? धार्मिक क्रियाकलापले व्यक्तिको आचरण सुधार गर्नुपर्छ । भजनले व्यक्तिमा मोक्षातीत भाव उत्पन्न गर्नुपर्छ । कसरत हुनुपर्छ भजन । कसरत भएन । शारीरिक व्यायाम गरेपछि व्यक्तिमा शारीरिक स्वस्थता देखिन्छ । मानसिक व्यायाम गरेपछि मानसिक स्वस्थता देखिनुपर्छ । भेला हुने, मनोरञ्जन गर्ने । अझ भजनमा उपस्थित भएर विकृति सिकेर जाने परिस्थिति उत्पन्न भयो । भजन प्यारोडी बन्यो ।

भारतको हिन्दु बाहुल्य राज्य उत्तर प्रदेशमा पनि अहिले नेपालमा जस्तो प्यारोडी प्रयास भएको थियो । ‘दिदी तेरा देवर दिवाना’ हरू भजन बनेर निस्किए । तर धार्मिक प्रवृत्ति खस्किन पाएन । जतिसुकै राम्रो गीत सङ्गीत भए पनि त्यहा“ प्यारोडीलाई स्विकारिएन । बिस्तारै सेलाएर गयो प्यारोडी प्रवृत्ति । अहिले शून्यप्रायः छ । तर नेपालमा ? बढ्दो छ । धार्मिक अगुवाले आ“खा चिम्लिएका छन् । आयोजकहरू आफै“ प्यारोडीमा रमाएका छन् । नियमन निकाय छैन । ‘जसले जे गरे पनि हुने’ अवस्था छ । संस्थागत पहल छैन ।

म भन्छु — राम जानकी मन्दिरमा कृपया प्यारोडी नगाउनुहोला । समितिले भनोस् । लक्ष्मी नारायण मन्दिरमा प्यारोडी निषेध । समिति बोलोस् । पुराणका आयोजकले भनून् — प्यारोडी चाहि“ पाइ“दैन है । त्यसपछि साप्ताहिक कीर्तन मण्डलीले आफै“ प्यारोडी ‘डिलिट’ गर्ने छन् । नत्र प्यारोडी भजनमा भाइरस बनेको छ । यसले समाजमा विकृति मात्रै निम्त्याउ“छ ।

(प्राचार्य, कर्णाली एजुकेसन फाउन्डेसन, बुद्धशान्ति)

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...