नगरपालिकाको एक वर्से कार्यकालको समीक्षा

हाम्रो दमक

दमक,२९ असार/ दमक नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको एक बर्षको आफ्नो कार्यकालको समीक्षा गरिएको छ ।
शुक्रवार नगरपालिकाले पत्रकार सम्मेलन गरि आफनो एक बर्षे कार्यकालको औपचारिक रुपमा समीक्षा गरेका हुन् ।

सो अवसरमा नगरपालिकाले वर्षदिनको अवधिमा गरिएका कार्य विवरण प्रस्तुत गरिएको थियो । कार्य विवरण प्रस्तुत गर्दे नगर उपप्रमुख गीता अधिकारीले न्याय सम्पादन देखि विभिन्न विकास निर्माणका योजनाहरु राखिन् ।
गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुले असार २७ गते सपथसहित पदभार ग्रहण गरेका थिए ।
नगरपालिकाकी प्रवक्ता समेत रहेकी अधिकारीले नगरपालिकामा जनप्रतिधिहरु आएपछिका एक बर्षे कार्यकाल लक्ष्य अनुसार सफल भएको बताईन् । उनले भनिन्,–‘ हामी नगरपालिकामा आएपछि नगरपालिकाको उपलव्ध गराउने कार्यसम्पादनमा सफल भएका छौ ।’

उनले सार्वजनिक गरेको प्रतिवेदनमा एक बर्षे कार्यकालमा हालसम्म दमकका १० मध्ये ७ वटा कार्यालयहरु वडा कार्यालयबाटै सञ्चालन सुरु गरिएको, पहिलो दमक गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गरेको, नगर उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरेर न्याय सम्पादन गरेको, कृषिको बिकासको लागी बिभिन्न कृषि सामाग्री बितरण गरेको, भुमि आयोग गठन, दमकका १० वटै वडालाई बिभिन्न बिषेश क्षेत्र घोषणा गरेको लगायतका कामहरुलाई उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

त्यस्तै,नगरपालिकाले आव २०७५÷०७६ का लागि रु १ अर्ब २२ करोड ९६ लाख ८९ हजार ११५ रुपैयाको स्वीकृत वजेट मस्यौदाको संक्षिप्त विवरण समेत प्रस्तुत गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सीनाले बताए । गत वर्ष नगरपालिकाले १ अर्ब २९ करोड ४३ लाख २ हजार ४८७ रुपैयाको वजेट सार्वजनिक गरेको थियो ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

भौगोलीक सुचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । भौगोलीक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ  । वातावरण संरक्षण मच नेपालले आयोजना गरिएको तालिममा झापाका  विभिन्न क्षेत्रबाट आएका बिद्याथीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी भौगोलीक...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...