प्रेस स्वतन्त्र रहे मात्रै लोकतन्त्र रहने : कांग्रेस नेता सिटौला

हाम्रो दमक

विर्तामोड ,२९ असार / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रेस स्वतन्त्र रहे मात्रै लोकतन्त्र रहने बताएका छन् ।


नेपाल प्रेस युनियन झापाका पदाधिकारी तथा सदस्यहरुसंग शुक्रवार बिर्तामोडमा भएको छलफल कार्यक्रममा बोल्दै नेता सिटौलाले लोकतन्त्र संस्थागत गर्नको लागी सञ्चार क्षेत्र कसैको नियन्त्रण बिना स्वतन्त्र रुपमा रहनु आवश्यक रहेको बताए । अहिलेको सरकार एकोहोरो जस्तो भएको भन्दै उनले सरकारकारले आफुलाई लागेको मात्रै ठिक भन्ने हठ त्याग्नु पर्ने बताए ।

नागरिकको कुरा सुन्ने सरकार मात्रै नागरिक मैत्री सरकार हुने भन्दै पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले भने,–‘अहिलेको सरकारले राज्यका सबै सम्यन्त्र आफ्नो कब्जामा लिन लागेको अभाष भएको छ,यसले लोकतन्त्र बलियो हुदैन् ।’
सरकारसंग स्पष्ट बहुमत हुँदाहुँदै दुई तिहाईको आवश्यकता देख्नु र अहिले दुई तिहाई हुँदा पनि अरु दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास गर्नुले सरकारले आफुले भनेका कुराहरु मात्रै ठिक हो भन्ने मान्यता स्थापित गर्न खोजेको आशंका देखिएको उनको आरोप थियो । मुलुकको बिकास गर्न अहिलेको सरकारलाई कसैले नरोकेको भन्दै उनले नागरिकहरुलाई बन्धक बनाएर आएको समृद्धिको कुनै अर्थ नहुने पनि स्पष्ट पारे ।

नागरिकका लोकतान्त्रीक अधिकारहरुलाई खोसेर राज्यले समृद्धिको नारा लाउनु भनेको दिवा सपना मात्रै भएको बताउँदै नेता सिटौलाले भने,–‘नागरिकहरुले लोकतन्त्रका सबै अधिकार प्रयोग गर्न नपाएसम्म मुलुकमा समृद्धि हुन सक्दैन् । ’
युनियनका जिल्ला सभापति कृष्ण हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका जिल्ला उपाध्यक्ष एकराज गिरी, कांग्रेस जिल्ला नेता देउमान थेवे लगायतले बोलेका थिए ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...