सरकारद्धारा डा. राईलाई साढे १२ लाख सहयोग

हाम्रो दमक

दमक, २९ असार /भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनका धर्मपत्नी उर्मिलाको उपचारका लागि नेपाल सरकारले रु १२ लाख ५० हजार सहयोग दिएको छ ।


शुक्रवार दमक नगरपालिकामा एक कार्यक्रमका बीच डा. राईसहित उनकी धर्मपत्नी उर्मिलाको स्वास्थ्य उपचारका लागि रु १२ लाख ५० हजार रुपैया प्रदान गरिएको हो ।
सो सहयोग प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । नेपाल सरकारको तर्फबाट रु १० लाख र प्रधानमन्त्री केपी शर्मा ओलीबाट रु १ लाख , जिल्ला समन्वय समितिको तर्फबाट रु १ लाख र नगरपालिकाका तर्फबाट रु ५० हजार रुपैया हस्तान्तरण गरिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सीनाले बताए ।
डा. राईले दमकमा लामो सयमदेखि स्थानीय बासिन्दाहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउँदै आएको तथा उनी स्वम विरामी भएपछि सरकारले उनको थप उपचारमा सो सहयोग उपलव्ध गराएको प्रशासकीय अधिकृत तिम्सीनाले बताए । डा. राई एक महिना अघि आन्द्राको शल्यक्रिया गरि उपचारत छन् भने उनका धर्मपत्नी उर्मिला दुवै मृगौला फेल भएपछि साताको दुई दिन डाइलोसिस गरिआएकी छन् । डा. राईको उपचारमा सघाउन भुटानी तथा स्थानीयहरुले हालसम्म रु ५ लाख बढी सहयोग उपलब्ध गराएका छन् ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दुर्घटनामा दुई जना विद्यार्थी घाईते

दमक,२६ मंसिर । पूूर्व पश्चिम मुुख्य राजमार्ग अन्र्तगत झापाको दमक– ४ कृष्णमन्दिरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुई जना विद्यार्थी घाईते भएका छन् । तिर्थालु बोकेर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख २९९७...

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

भोजराज चापागाईको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

बिर्तामोड । रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईले नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । जेसीज अभियानमा सफल र कुशल नेतृत्वकर्ताका रुपमा पहिचान बनाउनु भएका चापागाई नवलपरासी...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

धुलावारी जेसीजमा केशव, मेचीनगर लेडीमा मञ्जु निर्वाचित

मेचीनगर। मेचीनगर लेडी जेसीजका अध्यक्षमा मञ्जु खनाल चयन भएकी छिन् । शाखाको सम्पन्न ५ औँ अधिवेशनलाई पोखरेललाई अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सिता गिरी पुरी र सविता पोखरेल चयन भएका छन्...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...