सहकारीद्धारा ट्राफिक व्यवस्थापन सामाग्रीहरु हस्तान्तरण

हाम्रो दमक

दमक,२९ असार / ट्राफिक व्यवस्थापनमा सघाँउ पुर्याँउन यहाँस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले विभिन्न सामाग्रीहरु दिएको छ । शुक्रवार संस्थामै एक कार्यक्रम गरि संस्थाले स्थानीय इलाका टा«फिक प्रहरी कार्यालयलाई मास्क,चश्मासहित स्टेण्ड फेन दिएको हो ।

सो सामाग्रीहरु संस्थाका अध्यक्ष जीतमान राईले ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक विनोदकुमार खतिवडालाई हस्तान्तरण

गरिएको थियो ।

त्यस अवसरमा बोल्दै अध्यक्ष राईले दमकको ट्राफिक व्यवस्थापनमा यी सामाग्रीहरुले थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत दमकको ट्राफिक व्यवस्थापन गर्न थप सहयोग पुर्याँउने प्रतिवद्धता जनाएका थिए ।
सडकमा सधै खटिरहने ट्राफिक प्रहरीको धुवाधुलोबाट हुन सक्ने स्वास्थ्य समस्या हटाउन संस्थाले त्यस्तो सहयोग दिएको सो कार्यक्रमका संयोजक पारसमणि राईले जानकारी दिए ।
कार्यक्रम संस्थाको सामाजिक कार्यक्रम व्यवस्थापन उपसमितिको व्यवस्थापनमा सम्पन्न भएको संस्थाका व्यवस्थापक कृष्ण गोलेले बताए ।
सो सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष लोकप्रसाद कन्दङवा, ,सचिव धनराज राई, सञ्चालक सदस्यहरु बासुदेव राई , टंक दुलाल, दिपेनवाला राई,कर्मचारी,शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

योग साधना कार्यक्रमको प्रथम बार्षिक उत्सव सम्पन्न

दमक | पशुपति अध्यात्मिक महिला समुह दमकले एक वर्ष अघिबाट शुरु गरेको योग साधना कार्यक्रमको प्रथम बार्षिक उत्सव आज सम्पन्न गरिएको छ । दमक ६ स्थित पशुपति मन्दिरको पशुपति सभाहलमा एकवर्ष सम्म निरन्तर संचालन गरिएको...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...