आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती मनाइँदै

हाम्रो दमक

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज मनाइँदै छ । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।

भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरिन्छ ।

मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।

पिता धनञ्जय र माता धर्मावती देवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनुका साथै घाँस घाटेर पाटी पौवा बनाउने घाँसीको इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...

चलचित्र “कुलत” को छायाङ्कन हुँदै

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...