दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर स्थापना

हाम्रो दमक

दमक,२७ असार/ झापाको दमकमा छिट्टै गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । गोर्खा आर्मी भर्ना हुने चाहने युवाहरुलाई लक्षित गरेर सुविधासम्पन्न फिटनेश टे«निङ सेन्टर सञ्चालनमा आउन लागेको हो ।
बुधबार दमक–९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघले पत्रकार सम्मेलन गरि ट्रेनिङ सेन्टरको तयारी हुन लागेको जनाएको हो । सगरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष दिपक धिमालले गोर्खा आर्मीसहित विभिन्न आर्मीमा भर्ना हुन चाहने युवाहरुलाई लक्षित गरेर मार्शल आर्टमा नंै त्यसप्रकारको थप तालिम सञ्चालन गर्न लागिएको बताएका छन् । उनले भने,–‘ मार्शल आर्टबाहेक यहाँ फिटनेशसहितको टे«निङका व्यवस्था शुरु गर्ने लागेका छौं ।’


मार्शल आर्टका प्रशिक्षक समेत रहेका अध्यक्ष धिमालका अनुसार टे«निङ सेन्टरमा सिंगापुर पुलिसका भर्खरै मेजरबाट रिटायर्ड भएका दमककै रविन राई (विकास ) मुख्य प्रशिक्षक रहने छन् । दमक–९ घर भएका प्रशिक्षक राई मार्शल आर्ट संघका संस्थापक निर्देशक समेत हुन् । उनले १५ वर्ष बढी सिंगापुर पुलिसमा सेवा गर्दा त्यहाँको राष्ट्रिय स्तरकै मार्शल आर्ट,एथलेटिक्सका प्रशिक्षक थिए । त्यस्तै,उनले अमेरिकाबाट आधुनिक शारीरिक अभ्यास सम्बन्धी एडभान्स तालिम समेत लिएका थिए ।
कार्यक्रममा सहभागि प्रशिक्षक तथा संस्थापक निर्देशक रविनले आफूले विदेश त्यागेर आफनै ठाँउमा सुविधासम्पन्न फिटनेश सेन्टर सञ्चालन गर्न तयारी गरेको बताएका थिए । उनले भने,–‘ अव विदेशमा सिकेका अनुभवलाई आफनै ठाँउमा लगानी गर्ने छु ।’ पल्टने जीवनमा सरदर मासिक ३ लाख बढी रुपैया आर्जन गरिआएपनि आफूले त्यो पैसा त्यागेर आफनै ठाँउको विकासका लागि क्रियाशील रहने प्रतिवद्धता गरे । भन्छन्,–‘ दमकलाई शारीरिक सुगठनसंगै समग्र खेलमा अगाडी बढाउन मेरो भूमिका हुने छ ।’ उनका अनुसार सरगरमाथा मल्टिमार्शल संघलाई थप सुविधासम्पन्न बनाउन हरेक खेल विद्याको शिक्षालय बनाउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा सगरमाथा मल्टिमार्शल आर्टका सल्लाहकार तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले स्वस्थ्य शरीरका लागि खेलकुद अभिन्न अंग भएको चर्चा गर्दे नवस्थापित फिटनेश सेन्टरबाट यस क्षेत्रका बासिन्दाहरुले फाउदा लिने विश्वास राखिन् । दमकमा स्थापित सगरमाथा मल्टिमार्शल आर्ट संघ दमकको नै गहना भएको बताउदैं उनले भनिन्–‘ यसको बृद्धिविकासमा सवैको सहयोग आवश्यक छ । ’

दुई वर्ष अघि दमक–९ मा उक्त मार्शल आर्टको सुविधासम्पन्न भवनको काम अन्तिम चरणमा पुगेको छ । त्यस मार्शल आर्ट यूकेमा अवस्थित सगरमाथा डोजाङको शाखाका रुपमा स्थापना गरिएको जनाईएको छ । संघ देशभरिका ३३ वटा जिल्ला शाखामा आफनो संञ्जाल विस्तार गरिएको अध्यक्ष धिमालले जनाए ।

सोहि अवसरमा सो संस्थाका संस्थापक गुरु राष्ट्र राईले आफनै संस्थामा अव अन्तराष्ट्रिय स्तरकै फिटनेश सम्बन्धी शारीरिक अभ्यास तालिम केन्द्र सञ्चालन हुने क्रममा रहेको जनाए । सामाजिक सञ्जालमार्फत यूकेबाट गुरु राईले थपिएको ट्रेनिङ सेन्टरको सफल्ताको शुभकामना राख्दै यसले दिगोपन पाउने विश्वास व्यक्त गरेका थिए । उनले भने,–‘ यहाँका युवायुवती मात्र होइन् ,स्वस्थ्य शरीर बनाउन चाहनेका लागि यस मार्शल आर्टको ट्रेनिङ सेन्टर साझा सम्पति बन्ने छ ।’
यसअघि मार्सल आर्टका संघका संस्थापक निर्देशक रविन ( विकास )को सम्मानमा संघमा आवद्ध खेलाडीहरुले बुधबार दिउँसो विराटनगरस्थित विमानस्थलमा पुगेर स्वागत गरेका थिए । उनलाई खेलाडीहरुले फूलमाला,खादा ओढाएर स्वागत गरेका थिए ।

बुध, असार २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...