दमकमा ‘म डन हु पैसा निकाल कति छ’ भन्दै १५ बर्षीया बालिका कुट्ने एक युवा पक्राउ

हाम्रो दमक

दमक | झापाको दमक १० स्थित १५ बर्षीया एक बालिकालाई लछार पछार गर्दै कुटपिट गरेपछि स्थानीयले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन ।

मोरङ उर्लावारी ९ का २० बर्षिय समिर राईले आज विहान करिब ७ बजे ति बालिकाको घरमा नै आएर लछार पछार गर्दै कुटपिट गर्न थालेपछि स्थानीयले सो घटनामा संलग्न राईलाई प्रहरीको जिम्मा लगाएका हुन ।

युवक विहान ति बालिकाको घरमा नै आएर अश्लिन शब्दहरु बोल्दै बालिकालाई आफ्नो साथमा जान जवरजस्ति गर्दै लछारपछार गरेको र कुटपिट गर्दा बालिकाको दाहिने काममा चोट समेत लागेको छ । आफ्ना अभिभावकहरु कै अगाडी म डन हु पैसा कतिछन् निकाल भन्दै ति बालिकालाई जवरजस्ति लुगा खोल नत्र ज्यान मार्ने सम्मको धम्किदिएको पीडित पक्षले गुनासो गरेका छन ।

राईले ति बालिकाको घरमा नै आएर कुटपिट गर्दै अभद्र व्यवहार गरेको खबर आएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटि गएको प्रहरीको टोलीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

सो घटनाको आसय के हो भन्ने विषयमा संलग्न राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

बुध, असार २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दुर्घटनामा दुई जना विद्यार्थी घाईते

दमक,२६ मंसिर । पूूर्व पश्चिम मुुख्य राजमार्ग अन्र्तगत झापाको दमक– ४ कृष्णमन्दिरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुई जना विद्यार्थी घाईते भएका छन् । तिर्थालु बोकेर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख २९९७...

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

भोजराज चापागाईको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

बिर्तामोड । रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईले नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । जेसीज अभियानमा सफल र कुशल नेतृत्वकर्ताका रुपमा पहिचान बनाउनु भएका चापागाई नवलपरासी...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

धुलावारी जेसीजमा केशव, मेचीनगर लेडीमा मञ्जु निर्वाचित

मेचीनगर। मेचीनगर लेडी जेसीजका अध्यक्षमा मञ्जु खनाल चयन भएकी छिन् । शाखाको सम्पन्न ५ औँ अधिवेशनलाई पोखरेललाई अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सिता गिरी पुरी र सविता पोखरेल चयन भएका छन्...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...