दमकमा आजदेखि दुई दिने ‘दमक साहित्य कला महोत्सव’

हाम्रो दमक

दमक | झापाको दमकमा आजदेखि दुई दिने ‘दमक साहित्य कला महोत्सव’ भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी शुरु भएको छ ।

दमक नगरपालीकाको सहयोग तथा साहित्य कला संगम दमकको आयोजनामा सो कार्यक्रम भएको हो । महोत्सवको आज एक कार्यक्रमकाबीच प्राज्ञ उपेन्द्र पागलले उद्घाटन गरेका हुन् ।

महोत्सवको पहिलो दिन आज भाषिक कार्यशाला गोष्ठी चलिरहेको छ । गोष्ठीमा राजवंशी, धिमाल, लिम्ब“ र राई भाषाको विषयमा भाषिक कठिनाई, विकास र आगामी दिनमा स्थानीय तहले अपनाउनु पर्ने भाषिक नीतिका विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ ।

छलफलमा राजवंशी भाषाको तर्फबाट पानीलाल राजवंशी, धिमाल भाषाको तर्फबाट दयाराम धिमाल, लिम्ब“ भाषाको तर्फबाट सेसेरेङ नाल्बो र राई भाषाको तर्फबाट गिरिभक्त राई सहभागी छन् । कार्यक्रममा भाषा विद प्रा.डा. टंकप्रसाद न्यौपानले भाषिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पानीलाल राजवंशी, दयाराम धिमाल र सेसेरेङ नाल्बोलाई आआफ्नो जातीय भाषाको विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । भाषा, साहित्य र कलाको उत्थान एवं समृद्धिका लागि भाषिक कार्यशाला तथा साहित्य गोष्ठीको आयोजनार्थ महोत्सव आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष नरपति पाण्डेले बताए ।

महोत्सवमा भाषा, साहित्य र कला क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका दुई सय बढी श्र्रष्टाहरुको सहभागीता रहेको छ । महोत्सवमा भाग लिन नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि दर्जनौं श्र्रष्टाहरुको सहभागिता रहेको साहित्य कला महोत्सव भोलिसम्म चल्ने छ ।

मङ्ल, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

नेपाल जेसीजको सल्लाहकारमा खत्री

दमक, २६ फागुन । दमक जेसीजका निवर्तमान अध्यक्ष युवा व्यक्तित्व चन्द्र खत्री दाहाल नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् । जेसीज अभियानमा पुरयाँएको योगदानलाई कदर गर्दे नेपाल जेसीजले दाहाललाई विधान बमोजिम सल्लाहकारमा मनोनित गरेको...

सम्झनामा विकासप्रेमी र समन्वयकारी प्रशासक दाहाल

दमक,१६ फागुन। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहालको निधनले दमक स्तव्ध भएको छ। यो नगरपालिकासँग दाहालको नाता र यहाँ उनले गरेका कामले नगरवासीले उनलाई सम्झिरहेका छन्। नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई...

फलामे गेटले किचेर विद्यार्थीको मृत्यु

दमक ,१५ फागुन । विद्यालयको फलामे गेटले किचेर झापाको दमकमा आज दिउँँसो एक जना बालकको ज्यान गएको छ भने दुई जना बालक घाईते भएका छन् । भत्किएको फलामे गेट दमक ८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्धारको...

स्वर्णलक्ष्मी शाकोसको भवन शिलान्यास

दमक ,६ फागुन । झापाको दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सुविधासम्पन्न भवन वनिने भएको छ । दमक ६ स्थित वेलडाँगी रोडमा रहेको संस्थाको आफनै १८ धुर जमीन चार तले भवन...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

दमकको खानेपानी देशकै उत्कृष्ठ

दमक, २९ माघ ।यहाँस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा छनौट भएको छ । आयोजनाको उद्घाटन गर्दे प्रम केपी ओली ( फोटो फायल ) नगर विकास कोषले ऋण लगानी गरेका देशभरिका...