बाह्रदशीका २५ विद्यार्थीलाई हलेसी ट्रेड लिंकको सहयोग

हाम्रो दमक

बिर्तामोड । हलेसी ट्रेड लिंक बिर्तामोडले बाह्रदशी गाउँपालिका-७ मा रहेको पशुपति आधारभूत विद्यालयका २५ विद्यार्थीलाई सोमबार स्कूल ब्यागसहित पाठ्य सामग्री प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच हलेसी ट्रेड लिंकका सञ्चालक चुडामणि पौडेल र उनकी श्रीमती रचना पौडेलले त्यहाँ अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् । गरीब तथा पिछडिएको समुदायका बालबालिका सो विद्यालयमा अध्ययन गर्ने गरेको र उनीहरुलाई अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यसाथ शैक्षिक सामग्री प्रदान गरिएको सञ्चालक पौडेलले बताए । गोल्छा अर्गनाइजेसनले नेपाल भितर््याएको बजाज टेम्पोको आधिकारिक बिक्रेता रहेको हलेसी ट्रेड लिंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । बढ्दो सवारी दुर्घटनाका विषयमा समेत अभिभावक र विद्यार्थीलाई ट्राफिक सचेतना प्रशिक्षण गरिएको थियो । सवारी दुर्घटनाका विषयमा प्रहरी नायव उपरीक्षक कोइराला र ट्राफिक प्रहरी प्रमुख राईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयको अवस्थाको विषयमा प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीले विपन्न सामुदायका बालबालिका अध्ययनरत् रहेको र दाताकै भरमा विद्यालय सञ्चालनमा रहेको बताएका थिए । बढ्दो अंग्रेजी मोहका कारण विद्यार्थीलाई अंग्रेजी शिक्षक आवश्यक भएकाले कक्षा नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण रुपमा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको उनले बताए ।

कार्यक्रममा गोल्छा अर्गनाइजेशनका प्रतिनिधि जोशन विष्ट, वीरेन्द्र चौधरी, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी नायव निरीक्षक देवराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विवेचना

मङ्ल, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...