Face of The Week [सुर्य नेम्बाङ] नेपाल प्रहरी देखी गोर्खाभर्ती सम्म !

सुजाता निङलेकु

८० किलोको भारी बोकेर तीन दिनको बाटो खाली खुट्टा हिडेको त्यो नरमाईलो क्षण आहिले आएर आफ्नै कारमा ३ घण्टामा गन्तव्य पुग्न सकिने बर्तमान यथार्थ सम्झदै भावुक बन्छन सुर्य नेम्बाङ । पाँचथर जिल्लाको पवित्र स्थल सिलौटिको उत्तर पुर्वी काखमा अवस्थित लुङगरुपामा २०२६ सालमा बुबा बिजुली बिक्रम नेम्बाङ र आमा चन्द्र कुमारी जबेगु (नेम्बाङ)को कोखबाट जन्मिएका सुर्य नेम्बाङ एक सफल समाजसेबी पनि । गोर्खा ब्रीटिस आर्मीको जागिरे जिवन पनि व्यतित गरिसकेका छन नेम्वाङले ।

आफ्नो प्रारम्भिक शिक्षा याङनाम मावि बाट शुरु गरेका नेम्बाङले कक्षा १० सम्मको अध्यन सोहि विद्यालयबाट हासिल गरेका थिए । हाल बेलायतमा कानुन विषय अध्यनरत छन । नेम्बाङको बाल्यकाल किसानको दैनिकीबाट अघि बढ्दै आएको थियो । भिर पाखा पखेरो उकाली ओराली गाँउले जीवन त्यति सहज थिएन उन्नति प्रगतिका लागि । सुर्यको पारिवारीक पृष्ठभुमि पुर्ण किसान भएकोले पनि बाल्यकाल कुटो कोदालो, डोको, नाम्लो र ढाकर तोक्मा सङ्ग संगै बिते । तीन दाजुभाइ मध्येका माइला सन्तानको रुपमा जन्म लिएका सुर्य सानै उमेरबाट प्रत्यक्ष अप्रत्यक्ष राजनीतिक संतसंगतमा हुर्केका थिए । अध्यायन कै क्रममा दस कक्षा पढ्दापढ्दै २०४६ सालमा नेपाल प्रहरीमा सुर्य भर्ती भएका थिए ।

सुर्य नेम्बाङको नेपाल प्रहरी देखि गोर्खा ब्रिटीस आर्मी सम्मको यात्रा

जिवनका आरोह अनि अवरोहहरुलाई थिचोक्दै आफ्नो कर्तव्य प्रतिको दृढ संकल्पले आफ्नो परीवारको जिम्मेवारी लाई सम्हाल्ने क्रममा धेरै उत्तर चढावहरुको सामना गर्नु परेको धेरै अनुभवहरु छन सुर्य संग । नेपाली माटोको रक्षा गर्दागर्दै सन १९९१ मा सुर्य गोर्खा ब्रिटीस आर्मिमा भर्ती भए । स्वदेशको माटोमा आफ्नो पसिना बगाए र फेरि विदेशी भुमिको पीडा नेम्वाङले आफ्नो जिवनको इतिहासमा लेखेर राखेको बताउछन् । कहिले आफ्नाले धोका दिए त कहिले पराइले समेत गरेका प्रहारबाट कति पनि विचलित नभइ आफुलाइ कहिल्यै पनि कम्जोर नबनाइ जीवन यात्रामा अघि बढिरहेका छन सुर्यले । खुल्ला अनि हसिलो स्वभावका सुर्यले १५ वर्ष लामो गोर्खा ब्रिटस आर्मीको कर्तव्य निर्वाहका क्रममा पनि धेरै समस्याहरुको सामना गर्दै फेरि पनि आफ्नो जन्मथलो तथा समाज प्रतिको दायित्वलाई आफनो कर्तव्य ठान्दै हाल यु के मा सपरिवार बस्दै आइरहेका छन ।

नेम्वाङका जेठा दाइ पनि गोर्खा ब्रीटिस आर्मीमा नै कार्यरत अवस्था मै सन २०११ सालको मे महिनामा मृत्यु भएको थियो । त्यही क्रममा नेम्वाङ इमान्दार, लगनशील र स्पष्ट वक्ता साथै कर्तव्यनिष्ठ भएकै कारण हाल सम्म गोर्खा ब्रिटीस आर्मी युनिटले विस्वास र आस्थाका केन्द्रको रुपमा उनलाई सम्मान गरि रहेको छ । १५ वर्ष पछि सेनाबाट कार्यकाल पुरा गरि सन २००६ सालमा अवकाश भएका थिए ।

अवकास पछिको सुर्य नेम्बाङको जीवन यात्रा ।

एक कर्तव्यनिष्ठ, इमानदार र स्पष्ट वक्ता भएकै कारण नेम्बाङले दोस्रो विश्व युद्ध देखि अहिले सम्म कै सम्पुर्ण ब्रीटिस सगं सम्बन्धि आर्मी जीवन बारे पुर्ण अध्यन गरि सकेका उनी अवकास लगत्तै ब्रीटिस आर्मी एम पि जि एस मा कार्यरत छन । अहिले नेम्वाङको सम्पुर्ण समय ती उत्तर खण्डमा दोस्रो विश्व युद्ध ताका गोर्खा ब्रीटिस आर्मीमा लाहुर लगेका नेपालीहरुको अधिकार सम्बन्धि जिम्मेवारीका साथ संघर्ष रत छन । नेम्वाङ हाल ब्रीटिस गोर्खा सत्याग्रहको संयोजक छन । यस संस्था मार्फत दोस्रो विश्व युद्व देखि अहिले सम्मका सम्पुर्ण ब्रीटिस गोर्खा आर्मीहरुको ब्रिटेन सरकारलाइ गरेको योगदानको कदर सहित पुर्ण जिवनकालको योगदानलाई आवश्यक क्ष्यतिपुर्तीको रुपमा विभिन्न सेवा सुविधा सहितको अधिकार उपलब्ध गराउनका लागि पहल कदमी गरीरहेका छन ।

यस्का अतिरिक्त यु के बाटै आफ्नो जन्मभुमि पाँचथर जिल्लामा पनि आवश्यक समाजसेवामा समर्पित नेम्वाङ नेपाली काँग्रेस अन्तर्गत भु पु सैनिक संघ नेपालको केन्द्रिय सदस्य बेलायतको जिम्मेवारी पार्टीले दिएको छ । यसै गरि सन २००७ साल देखि गैर आवसिय नेपाली संघ बेलायतमा आबद्ध भएर बरीष्ठ उपाध्यक्षको रुपमा सन २०१३ देखि २०१६ सम्म कार्यभार सम्हालिसकेका थिए भने हालै सोही संगठनमा सल्लाहकार सदस्यको रुपमा कार्यभार सम्हाली रहेका छन । २००३ साल देखि बेलायतमा नै नेपाली काँग्रेस बेलायत उपसभापतिको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन ।

आफ्नो बुवाले पनि २०१७ सालमा प्रधान पन्चका कार्यभार समालेका थिए भने २०४८ सालमा गाबिस अध्यक्षको पनि कार्यभार सम्हालेका थिए । नेम्वाङका पिता नेपाली कांग्रेसका जिल्ला स्तरका सक्रिय नेता रहेको बताउछन । आफ्नो पिताको राजनीति आस्था र विस्वासलाइ नै प्रेरणाको प्रमुख स्रोत ठान्दछन सुर्य नेम्बाङ । जिवनमा भोगेका दुख नै उनका सफलताको एउटा पाटो ठान्दछन भने अहिले आफना सुख दुःख समाजमा बाढ्न पाउदाको क्षणलाई आफनो सफलता ठान्दछन सुर्य नेम्वाङ ।

हाम्रो दमक डटकमको Face of The Week का लागि सहकर्मी सुजाता निङलेकुले तयार गर्नुभएको प्रस्तुति

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...

लिम्बू मुन्धुमका सांगीतिक फुल फुलाउने सपनाहरू सजाउदै गितकार सुबर्ण नेम्वाङ

खुसी हुदा मादलको तालमा नाच्ने बिरहमा बासुरीको सुसाइमा पीडा पोख्ने र सारंगीको धुनमा रुने नेपाली सांगीतिक समाजमा आफ्नो छुट्टै मौलिक याक्थुङ मुन्धुमी संगीत क्षेत्रमा आफ्ना जिवनका तिता मिठा भोगाइहरुलाई सुर अनि ताल भर्दै पृथक...

Face of The Week: कराँते मेरो जीवन हो: पुष्प न्यौपाने, दमकेली युवा परदेशमा परिचय बनाउदै

“जीवन सधै कहाँ उसैतै हुदो रहेछ । उमेर सँगै समय बित्दै जाँदा कुनै कुनै पल खुशी मिल्दो रैछ । यसैले कराँते मेरो जीवन हो । हजुरहरू सँग सधै बिजयको आशिर्वाद माग्दछु । फेसबूकको वालमा यो...

Face of The Week: उद्योगी बन्न दुर्गालाई पढाइले छेकेन

इलामकी दुर्गा कुमारी राई पौरख गर्न सके पढाइले छेक्दैन् भन्ने उदहारण बनेकी छिन् । तत्कालिन इलामको उत्तरी गाविस माइपोखरीमा जन्मेकी दुर्गाले ग्रामिण विद्यालयबाट कक्षा आठ सम्म मात्र उत्तिर्ण गरेकी हुन । २०५७ सालमा देउमाई...

Face of The Week: सवैको सहयोग भए दमक जेसीजको अध्यक्ष बन्छु:चन्द्र खत्री ।

दमक । दमक क्षेत्रमा चिनिएको नाम हो । युवा व्यक्तित्वका धनी खत्री दमक जेसीजका बर्तमान महासचिव हुनुहुन्छ । जेसीजसहित निर्माण व्यवसायी संघ , धुव्रतारा स्पोर्टिङ क्लवमा समेत आवद्ध रहेर सामाजिक गतिविधिहरुमा समेत क्रियाशील हुनुहुन्छ...

Face of The Week दुर्घटना न्युनिकरणकालागि सडकमा मरेका पशु हटाउदै दमकका युवक |

करिब एक दशक भन्दा लामो समयदेखि यातायात व्यावसायीको रुपमा काम गर्दै आउनु भएका गणेश गौतमको जन्म २०४० साल साउन ११ गते मेचि अंचलको इलामा जिल्ला इलाम नगर पालिकामा बुबा हेमलाल गौतम र हुमा दाबी...

Face of The Week [हेमन्ती ठाकुर] दाह्री र कपाल काट्ने महिला उद्यमी ।

दाह्री कपाल काट्ने काम धेरै जसो त पुरुषले मात्रै गरिरहेको देखिन्छ । तर घामपानीमा नपरी कोठाभित्र गर्न सकिने यो काम पुर्वी मोरङको उर्लाबारीमा भने एकजना महिला हेमन्ती ठाकुरले दारी कपाल काट्ने काम मज्जासँग गरिरहनु...