पाथीभरा बहुउद्देश्यीय कवर्ड हलको नयाँ नेतृत्व

हाम्रो दमक

कमल,२५ असार / कमल गाउँपालिका–५ स्थित पाथीभरा बहुउद्देश्यीय कवर्ड हल व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । दुई दिन अघि कवर्ड हल समितिको सम्पन्न साधारणसभाले शिव अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।


एघार सदस्यीय निर्वाचित समितिको प्रथम उपाध्यक्षमा घनश्याम खनाल,द्धितीय उपाध्यक्षमा ज्ञानु खरेल,सचिवमा प्रमोदकुमार दाहाल,सहसचिवमा सुदिप थुलुङ ( किरण ) र कोषाध्यक्षमा बिसन राई रहेका छन् । यस्तै सदस्यहरुमा अनुप अधिकारी,मिन शिवाकोटी ,विश्वराज अधिकारीलगायत रहेका छन् । पाथीभरा शसस्त्र प्रहरी वलको गण परिसरमा स्थापित सो सामुदायिक कवर्ड हलमा दैनिक व्याडमिन्टन अभ्यास खेल सञ्चालन हुदै आएका छन् ।
साधारणसभा कवर्ड हल समितिका अध्यक्ष कृष्णबहादुर भण्डारीको अध्यक्षतामा र पाथीभरा गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक बिदुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
सोहि अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा सुदेन राई र ंप्रकाश प्रसाईको जोडी समूह प्रथम र पूर्णध्वज आङदेम्बे र ंदोर्ज बहादुर तामाङको समूह द्धितीय भएको थियो ।
दुई वर्ष अघि पक्की कवर्ड हल शसस्त्र प्रहरी, खेलप्रेमी, समितिकै सक्रियतामा निर्माण गरिएको थियो भने महिना दिन अघि मात्र समितिकै अगुवाईमा त्यहाँ चमेना गृहसहित संरचना समेत निर्माण गरिएको व्याडमिन्टन खेलाडी समेत रहेका सामाजिक अगुवा प्रकाश प्रसाईले बताएका छन् ।

सोम, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

इण्डियाबिरुद्धको वान डे सिरिज ईङ्ल्याण्डलाई

एजेन्सी । इण्डियाबिरुद्धको वान डे सिरिज घरेलु टोली ईङल्याण्डले जितेको छ । तेस्रो तथा निर्णायक वान डेमा गएराती ८ विकेटको प्रभवशाली जित निकाल्दै ईङल्याण्डले तीन म्याचको सिरिज २–१ ले जितेको हो । २ सय ५७ रनको...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

दमक गोल्डकपबाट ३४ लाख बचत

दमक,३२ असार / चार महिना अघि झापाको दमकमा सम्पन्न गोल्डकप फूटबल प्रतियोगिताबाट रु ३४ लाख बढी रुपैया बचत गर्न सफल भएको छ । गत चैत १९ गतेदेखि शुरु भई २८ गते सम्पन्न दमक गोल्डकप–२०७५...