‘आगामी साउन भित्रमा प्रदेशको टुङ्गो लाग्छ ’

हाम्रो दमक

गौरादह ,२४ असार / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश नम्बर १ को नाम र राजधानी आगामी साउन भित्रमानै टुङ्गो लाग्ने बताएकाछन् । अन्य प्रदेशको नाम र राजधानी टुङ्गो लाग्दै आइरहेको चर्चा गदंै उनले सवैको मान्य र सहज हुने गरि नै यस प्रदेशको नाम र राजधानीको टुङो लाग्ने दावी गरे ।


झापाको गौरादह नगरपालिकाको दोस्रो नगरसभालाई आइतबार सम्बोधन गर्दें उनले धेरैवटा नाम र राजधानीको प्रस्ताव आईरहेको भए पनि सवैलाई मान्य र सहज हुने तवरले आगामी साउन भित्रमा प्रदेशको नाम र राजधानी टुङगो लाग्ने स्पष्ट पारे । मन्त्री कार्कीले भने ,–‘ अव प्रदेश सरकारले स्थायी आकार पाउने छ, त्यसमा दलीय सहकार्य,सहमति निर्माण गरेर सरकार अघि बढ्छ ।’
त्यस अवसरमा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि रु ७९ करोड ६० लाख ९० हजार रकमको सिलिङ्ग बजेट पेश गरेका छन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रमसहितको वजेट तर्फ भौतिक पूर्वाधार विकास तर्फ ३४, कृषि सहकारी तथा आर्थिक विकासका ३३, सामाजिक विकासमा ५८ वटा योजना पेश गरिएका छन् । नगरसभामा पेश गरिएका नीति तथा कार्यक्रमलाई भोलि अन्तिम रुप दिइने बताइएको छ ।
शाहले भने ,–‘ गौरादह नगरलाई योजनाबद्ध विकासको मार्गमा अगाडी बढाउन आर्थिक, सामाजिक विकास मार्फत रोजगारीको सिर्जना, सुशासनको माध्यमबाट नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको नीति तथा कार्यक्रम रहेको छ ।’ सार्वजनिक नीति तथा कार्यक्रममा गत वर्षको बजेटको समिक्षा गर्दै गौरादह नगरलाई सन्तुलित ढंगले पूर्वाधार विकासलाई अगाडि बढाउँदै व्यवस्थित शहरीकरण, नागरिकलाई सार्वजनिक सेवामा पहुँचको विकास, विस्तार र सिंहदरबार गाउँमा आएको जनतालाई प्रत्यक्ष अनुभुति गराउने कार्यक्रमहरु समावेश गरिएको उल्लेखछ ।
नगरमा रिङ रोड निर्माण कार्य शुरु गर्ने, बसपार्कको लागी जग्गा व्यवस्थापन, सडक सञ्जाल विस्तार गरी पर्यटन प्रर्वद्धन, नगर भित्रका कार्यलयहरुमा इ–गर्भरनेन्स सेवा पुर्याउने, ३ वर्ष भित्र साक्षर नगर बनाउने, आधुनिक रंगशाला निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कार्यक्रममा उपप्रमुख गीता भेटवालले निर्वाचनमा जाँदा गरे भनेका जस्तो कार्यक्रमहरु जनतामाझ ल्याउन असहज भएकोले आगामी दिनमा सिंह दरबारको अधिकार गाऊँ घरमा भन्ने नारा तर्फ उन्मुख भएर काम गर्ने बताइन् ।

आइत, असार २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

तराईमा गर्मी बढेसंगै सर्पको त्रास पनि बढ्दै

दमक । तराईमा गर्मी बढेसंगै सर्प दंसको त्रास पनि बढ्दै गएको छ । बर्षादका समयमा सर्पका बासस्थान पानीले भरिने र बढि तातो हुन थाले पछि यो समयमा सर्प जमिन बाहिर निश्कने गर्दछन । तराईका...

दमक गोल्डकपबाट ३४ लाख बचत

दमक,३२ असार / चार महिना अघि झापाको दमकमा सम्पन्न गोल्डकप फूटबल प्रतियोगिताबाट रु ३४ लाख बढी रुपैया बचत गर्न सफल भएको छ । गत चैत १९ गतेदेखि शुरु भई २८ गते सम्पन्न दमक गोल्डकप–२०७५...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...

‘आधा सत्य’ उपन्यासको बिक्रीको रकम सामाजिक कार्यमा ।

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’को सार्वजनिकीकरण गरिएको छ । उक्त उपन्यासको काठमाडौंको बागबजारमा गत असार ९ गते सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले विमोचन गरेका थिए...

सर्पको डसाइबाट मृत्यु

बिर्तामोड,३२ असार /  विषालु सर्पको डसाइबाट आइतबार झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आइतबार बिहान गोठमा खोले पकाउने...

मालपोत दमकमा अनलाइन सेवा शुरु

दमक,३१ असार /  झापाको दमकमा रहेको मालपोत कार्यालयले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर अनलाईन सेवा विस्तार गरेको छ । आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो अनलाईन सेवाको शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । सो सेवाको...

विराटनगर महानगरपालिकाले बनायो २२ कानुन

विराटनगर,३१ असार । विराटनगर महानगरपालिकाले स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने २२ ऐन कानुन बनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षको अवधिमा स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने महत्वपूर्ण २२ वटा...

लागूऔषधसहित युवक पक्राउ

झापा, ३१ असार। झापाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट प्रहरीले शनिवार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका खोटाङ हलेसी गाउँपालिका...