स्ववियू सचिव भण्डारीको कारवाही फिर्ता लिन माग

हाम्रो दमक

दमक,२४ असार / दमक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आइतबार क्याम्पस प्रशासन, व्यवस्थापन र स्ववियूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।


बिगत केहिदिन देखि आम विद्यार्थीको चासोको बिषय बनेको स्ववियू सचिव रोशन भण्डारीलाई क्याम्पस प्रशासनले निष्काशन गरेको बिषयलाई लिएर स्वतन्त्र विद्यार्थीले क्याम्पस प्रसाशनलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी विन्दु मुकारुङले जानकारी दिए ।
करिव ४ सय विद्यार्थीको हस्ताक्षरसहित बुझाईएको ध्यानार्कषण पत्रमा विवादित बिषयमा क्याम्पसले गरेको एकलौटी निर्णय फिर्ता लिनुपर्ने माग गरिएको विद्यार्थी रोशन पौड्ेलले बताए । स्वतन्त्र विद्यार्थीहरुले स्ववियू सचिव भण्डारीलाई क्याम्पसमा प्रबेश समेत हुन नपाउने गरि गरिएको निष्कासनको कारबाही विद्यार्थीको हक हित विपरित भएको आरोप समेत लगाएका छन् । क्याम्पसले एकसाता अगाडी स्ववियू सचिव भण्डारीले क्याम्पस प्रमुख उत्तम भट्टराईलाई हातपातको आरोप लगाइएको थियो । तर स्ववियु सचिव भण्डारीले सो आरोप अस्वीकार गर्दै आएका छन् ।
यसैवीच क्याम्पस प्रमुख भट्टराईले स्ववियू सचिव भण्डारीले आफूमाथि निर्घात हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकमा गरेको उजुरी फिर्ता लिएका छन् । उनी विरुद्ध प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरेको थियो । तर विभिन्न क्षेत्रबाट चर्को दवाव आएपछि भण्डारीमाथि लगाएको मुद्धा फिर्ता लिएका हुन् । भट्टराईले मुद्धा फिर्ता लिएको समेत पुष्टि गरे । क्याम्पस प्रमुख भट्टराईले प्रहरीमा मुद्धा फिर्ता लिएपनि क्याम्पस प्रशासनले उनी विरुद्ध गरिएको कारवाही भने फिर्ता नभएको स्पष्ट पारे । उनले भने,–‘ प्रहरीमा मुद्धा फिर्ता भयो तर क्याम्पसले गरेको निष्कासनमाथि पुनरावलोकन हुदैन् ।’

आइत, असार २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...

दमकमा माघ दोश्रो सातादेखि बालमहोत्सव

दमक,२४ मंसिर । झापाको दमकमा यहि माघ दोश्रो सातादेखि ५ दिने बृहत बाल महोत्सव–२०७५ हुने भएको छ । बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम बृहत बाल महोत्सव हुने...

विपत जोखिम रोक्न सवैंको दायित्व : मन्त्री कार्की

दमक,२३ मंसिर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विपत जोखिम नियन्त्रण गर्न सवैको दायित्व भएको औंल्याएका छन् । तालिमको उद्घाटनमा मन्तव्य राख्दैमन्त्री कार्की झापाको दमकमा आइतबारदेखि शुरु भएको स्थानीय तहमा विपत सचेतना...

श्रष्टा दाहालको कृति विमोचन

दमक,२२ मंसिर । साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रहको शनिवार यहाँ विमोचन गरिएको छ । कविता संग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संगौला, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रबप्रसाद...

बृद्धभत्ता बढेन भनेर निराश नहुन अर्थमन्त्रीको आग्रह

दमक,२२ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक बृद्धभत्ता बढेन भनेर निराश नहुन आग्रह गरेकाछन् । आउदो आर्थिक बर्षमा बढ्ने संकेत गर्दै उनले यसपटक चाहेर पनि बढाउन नसकिएको बताए । अर्थमन्त्री डा. खतिवडालाई गौरादह नगरपालिकाको...

बहुमतको दम्भबाट गरिएको निर्णयप्रति कांग्रेसको आपत्ति

गौंरीगञ्ज,२१ मंसिर । झापाको गौरादह नगरपालिकामा त्तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगञ्ज गाउँपालिकाले आपत्ति जनाएको छ । कांग्रेस गौरीगञ्ज वार्ड नं १ का सभापति दिनेश्वर...