दमकमा भाषिक ,साहित्य कला महोत्सव हुने

हाम्रो दमक

दमक,२४ असार/ झापाको दमकमा दुई दिने भाषिक साहित्य कला महोत्सव–२०७५ हुने भएको छ । भाषा,साहित्य तथा कलामा टेवा पुर्याँउने उद्देश्यले यहि असार २६ र २७ गतेसम्म साहित्यीक महोत्सव गर्न लागेको हो ।
साहित्य कला संगमले महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ । गठित महोत्सव प्रचार समितिले आज दमकमा पत्रकार भेटघाट कार्यक्रम गरि अन्तराष्ट्रिय स्तरको सो साहित्यीक महोत्सवको तयारी तीव्र पारिएको संस्थाका अध्यक्ष नरपति पाण्डेले बताए ।

उनका अनुसार महोत्सवमा नेपालसहित छिमेकी भारतका दुई सय बढी अग्रज श्रष्टाहरुको सहभागिता रहने छ । उद्घाटन सत्रको पहिलो दिन धिमालबाट दयाराम धिमाल, लिम्बुबाट सेसेमी– से सेरेङ नाल्वो र राजवंशी भाषामा योगदान पुर्याँउने श्रष्टा पानीलाल राजवंशीलाई सम्मान गरिने छ । भाषिक साहित्यमा सृजना गर्ने तीन श्रष्टालाई ंसंस्थाले सम्मान गर्न लागेको हो ।
त्यस्तै, त्यही दिन भाषिक कला गोष्ठिसहित साँझमा गजल प्रस्तुत हुने छन् । सोहि दिन दमकको अपेक्षित भाषा नीतिका सन्दर्भमा भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपानेले कार्यपत्र प्रस्तुत गर्ने छन् ।   उद्घाटन सत्रको प्रमुख अतिथि साहित्यकार उपेन्द्र पागल रहने छन् ।
साहित्य कला संगमका महासचिव विन्दु दाहाल ‘ मुकदर्शक ’ अनुसार दोश्रो दिनको जारी साहित्यीक महोत्सवमा सहभागि दजशगजा जारिका श्रष्टाहरुले आफना रचना पाठसहित हाइकु,मुक्तक,छन्द, मुक्त कविता मन्त्रमुग्ध,रुवाई जस्ता साहित्यीक रचना पाठको आयोजना गरिने छन् । दोश्रो दिनको समापन कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली रहने छन् ।
त्यस पत्रकार भेटघाटमा विभागीय विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवका तयारीका बारेमा आफनो विभागीय जिम्मेवारीका बारेमा जानकारी दिए ।
दमक नगरपालिकाको सहयोगमा हुन लागेको दुई दिवसीय सो महोत्सव स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा हुने जनाईएको छ । २०५२ सालमा स्थापित सो साहित्यीक संस्थाले हालसम्म विभिन्न १० वटा कृति प्रकाशित गरिसकेको छ ।

  विभिन्न उपसमितिहरु गठन
दमकमा पहिलोपटक हुन लागेको अन्तराष्ट्रिय स्तरको त्यस साहित्यीक महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
महोत्सव सफल बनाउन आयोजक संस्थाले विभिन्न उपसमितिहरु गठन गरि काम थालेको जनाईएको छ । प्रचारप्रसार संयोजक ओमप्रकाश गौतमका अनुसार संस्थागत रुपमा मूल कार्यसमिति गठन गरिएको छ भने अन्य पाँच वटा विभागीय उपसमितिहरु गठन गरिएको छ ।
गठित बिभागीय उपसमितिहरु मध्ये विन्दु दाहालको संयोजकमा अतथि सत्कार तथा सम्मान ,खोमप्रसाद बगालेको संयोजकत्वमा खाना ,आवास तथा मञ्च व्यवस्थापन,घनश्याम पथिकको संयोजकमा स्वमसेवमक र वगालेकै संयोजकत्वमा आर्थिक परिचालन उपसमिति गठन गरिएको छ ।  गठित उपसमितिहरुले आफनो विभागीय जिम्मेवारी अनुसार काम गरिआएको संस्थाका अध्यक्ष पाण्डेले जनाएका छन् ।
यस्तै, महोत्सवमा प्रस्तुत गरिने विभिन्न साहित्यीक विद्याहरुलाई समेत व्यवस्थित गर्न विद्यागत जिम्मेवारी समेत दिईएको छ । जसअनुसार गजल साँझको संयोजकमा विवस वलिभद्र कोइराला छन् भने घनश्याम पथिक र लोकेन्द्र वञ्जारा सदस्य रहेका छन् ।

त्यस्तै, दशगजा पारिका रचनाहरु व्यवस्थापनको जिम्मेवारी दीपक सुवेदी,हाइकुमा विन्दु दाहाल, मुक्तकमा ओमप्रसाद खनाल,छन्दमा विष्णु न्यौपाने,मुक्त कविता मन्त्रमुग्धमा शिव प्रणत र रुवाईमा अशोक बस्नेतलाई संयोजकको जिम्मेवारी दिईएको छ ।

आइत, असार २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल ,...