एमनेष्टीका एकै साथ साधारणसभा ,नेतृत्व चयन

हाम्रो दमक

दमक,२३ असार/ दमकमा कार्यरत तिन वटा मानवअधिकारवादी संस्थाहरुले एकैसाथ आफनो बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।
समूह– ६०, समूह ७५ र समूह ८३ ले दमकमा एक कार्यक्रम गरि आ–आफना साधारणसभा एकैसाथ सम्पन्न गरेका हुन् ।

सोहि साधारणसभाले बार्षिक कार्ययोजना पारित गर्नुका साथै नयाँ कार्यसमिति समेत चयन गरेको छ ।


सोहि अनुसार समूह –६० को संयोजकमा भवानीप्रसाद काफ्ले,सहसंयोजकमा ओमप्रसाद खनाल,सचिवमा नम्रता बराल र कोषाध्यक्षमा रामकुमार गुरुङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा टिकामाया पाण्डे,अमृता विमली,शान्ता बस्नेत,मेनुका थापा र हरिवहादुर खत्री रहेका छन् ।
यस्तै, कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा समूह ७५ को नौ सदस्यीय कार्यसमिति र सविन रिमालको संयोजकत्वमा ९ सदस्यीय समूह ८३ समेत गठन गरिएको छ ।
दमक–५ स्थित दिपीनी आधारभूत विद्यालयमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि एम्नेष्टि इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य शेषकुमार निरौला रहेका थिए । साधाणसभाबाट निर्वाचित समितिलाई समूह ६० का संयोजक बव्रवान दाहाल,समूह ७५ का संयोजक हरिप्रसाद नेपाल ,समूह ७५ की संयोजक पूजा पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शनि, असार २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

तराईमा गर्मी बढेसंगै सर्पको त्रास पनि बढ्दै

दमक । तराईमा गर्मी बढेसंगै सर्प दंसको त्रास पनि बढ्दै गएको छ । बर्षादका समयमा सर्पका बासस्थान पानीले भरिने र बढि तातो हुन थाले पछि यो समयमा सर्प जमिन बाहिर निश्कने गर्दछन । तराईका...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...