रतुवा खोलाले दुई परिवार विस्थापित

हाम्रो दमक

दमक, २१ असार । रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् ।
बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ । श्रेष्ठ घरमै किराना पसल सञ्चालन गर्दै आएका थिए ।

विस्थापित  दमक–७ को दुई घर

उनले विसं २०४७ देखि बसोबास गरी आए पनि हालसम्म त्यस्तो जोखिम नआएको तर अहिले भने कटानले उठीबास गराएको दुखेसो पोखे । उनले भने, “दुई दिन भयो, बाढीले गर्दा रातभरि जाग्राम बस्नुपरेको छ ।” कटान झनै बढ्न थालेपछि विहिबारदेखि श्रेष्ठ परिवार विस्थापित भएका छन् ।”
केही दिनयता परेको अविरल वर्षाका कारण रतुवा खोलातर्फको बस्तीमा कटान तीव्र बनाएको छ । वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुबानमा परेको छ ।उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको उपशाखा सचिव रमेश गुरागाईंले बताए ।
वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले बस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस बस्तीका बसोबास गरी आएका दुई दर्जन बढी घर परिवार प्रभावित भएका छन् । बढी कटान क्षेत्रमा परेको सो बस्तीको विहिबारनै दमक नगरपालिकाले अवलोकनसमेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत थिए ।
त्यस्तै,दमक–१ मा पर्ने दमक सरकारी अस्पतालसहित त्यस क्षेत्रका कयौ घरपरिवार डुवानमा परेको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताएका छन् । विहिबार डुवान क्षेत्रबाट अनु्गमन गरि दिनभरि पानी कटाउने कार्य गरिएको वडाध्यक्ष अधिकारीले जनाए । त्यस्तै, दमक–१ को रतुवा खोला आसपासका बस्ती,दमक–३ का रतुवा,मावा खोला आसपासका दर्जनौ बस्ती डुवान,कटानमा परेका जनाईएको छ ।

बिहि, असार २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

जथाभावी शाखा सडकले दुर्घटनाको जोखिम

दमक,२७ फागुन। झापामा पूर्वपश्चिम लोकराजमार्गसंग जोड्ने शाखा सडकहरु खुल्ने क्रम बढेसंगै दुर्घटना समेत बढ्दै गएको छ । घडेरी व्यापारी र सर्वसाधारणले समेत आफ्नो घर जग्गासम्म पुग्न सहजताका लागि जथाभावी छोटो छोटो दुरीमै सडक खन्नाले...

नेपाल जेसीजको सल्लाहकारमा खत्री

दमक, २६ फागुन । दमक जेसीजका निवर्तमान अध्यक्ष युवा व्यक्तित्व चन्द्र खत्री दाहाल नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् । जेसीज अभियानमा पुरयाँएको योगदानलाई कदर गर्दे नेपाल जेसीजले दाहाललाई विधान बमोजिम सल्लाहकारमा मनोनित गरेको...

सुखानीमा ओली र प्रचण्डले सम्बोधन गर्ने

बिर्तामोड,१९ फागुन । पार्टी एकता पछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट यो पटक झापाको सुखानी शहिद स्मृती दिवसलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको...

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण...