बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार

हाम्रो दमक

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाको बजेट बुधबार प्रस्तुत भएको छ । तेस्रो गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले बजेट प्रस्तुत गरेकी हुन् । कृण्ष्ण प्रणामी मन्दिरको सभाहलमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत गरेकी छिन् । ससर्त अनुदान बाहेक कुल निशर्त विनियोजन २५ करोड ५५ लाख १५ हजार मध्ये चालुतर्फ ६ करोड १४ लाख २० हजार अर्थात २४.०३ प्रतिशत र पूजिँगततर्फ १९ करोड ४० लाख ९५ हजार अर्थात् ७५. ९७ प्रतिशत रहेको छ ।

सो अनुमान गरिएको बजेटको स्रोत राजस्वबाट ५ करोड १६ लाख ३९ हजार, वित्तिय समानिकरण तर्फ १२ करोड ६४ लाख, राजश्व बाँडफाँड तर्फ ७ करोड ३७ लाख, प्रदेश सरकारबाट प्राप्त निसर्त अनुदान ३७ लाख ७६ हजार, संघीय सरकारबाट प्राप्त हुने ११ करोड ५७ लाखबाट व्यहोरिने जनाइएको छ ।

पस्तुत बजेटमा कृषिमा भारी मात्रामा मल, विउ र कृषि औजारमा अनुदानको व्यवस्था गर्न ८० लाख विनियोजन गरिएको छ । साविकको शान्तिनगर हालको वडा नम्बर ५ मा पशु सेवा केन्द्र स्थापना गर्न पनि बजेट विनियोजन गरिएको छ । पर्यटकीय क्षेत्र धारागोला भ्यू टावरको निर्माण सम्पन्न गर्न १५ लाख विनियोजन गरिएको छ । बुद्धशान्तिको पहिचान झल्कने सुपारीको प्रतिमा निर्माणमा १५ लाख विनियोजन गरिएको छ ।

बुद्धशान्तिको शैक्षिक अवस्था र शैक्षिक संस्थाको स्तरउन्नतीका लागि विभिन्न शिर्षकमा १ करोड ६४ लाख ५० हजार विनियोजन गरिएको छ । २५ शैयाको अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापनका लागि ३० लाख, सामुदायिक स्वास्थ्य इकाइ नभएका वडामा इकाइ स्थापना गर्न १५ लाख, बुधबारे आयुर्वेद औषधालयको व्यवस्थापन तथा स्तरउन्नतीका लागि २७ लाख ३० हजार, रोजगारी प्रवद्र्धनका लागि लघु उद्यम कार्यक्रम सञ्चालन गर्न २० लाख, खेती योग्य जमिनमा सिँचाई र खानेपानीको आपुर्ति सहज बनाउन साना ठूला डिप बोरिङ सञ्चालन गर्न ८० लाख विनियोजन गरिएको छ ।

बुद्धशान्ति रिङरोड निर्माणमा ८० लाख, खलेकुदमा ५ लाख, विभिन्न ठाउँको कल्भट निर्माणका लागि ४० लाख, चिलिमगढी सिमसार क्षेत्रमा तटबन्धन निर्माण गर्न ५ लाख लगायतको बजेट विनियोजन गरिएको छ । आजको अधिवेशनले आर्थिक विधेयक २०७५ संशोधन सहित पास गरेको छ भने बजेट माथिको छलफल २४ गते हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज राउतले जनाएका छन् ।

बिहि, असार २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुर्घटनामा दुई जना विद्यार्थी घाईते

दमक,२६ मंसिर । पूूर्व पश्चिम मुुख्य राजमार्ग अन्र्तगत झापाको दमक– ४ कृष्णमन्दिरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुई जना विद्यार्थी घाईते भएका छन् । तिर्थालु बोकेर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख २९९७...

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...

मिष्टका विद्यार्थीहरुलाई जीवनपयोगी तालिम

दमक,२५ मंसिर । दमकस्थित मानसरोवर कलेज (मिस्ट)का विद्यार्थीहरुलाई सचेतनामूलक जीवनपयोगी तालिम प्रदान गरिएको छ  । मंगलवार कलेजमा एक कार्यक्रम गरि विद्यार्थीहरुलाई सडक दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन रोकथाम ,रक्तदान लगायतका जीवनपयोगी सचेतनामूलक अनुशिक्षण गरिएको आयोजक...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

दमकमा ट्रकको ठक्कर बाबु,छोराको मृत्यु

दमक,२५ मंसिर । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ झापाको दमकमा आज बाबु,छोराको मृत्यु भएको छ । ठक्करवाट मोटरसाईकलमा सवार दुवै जनाको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु...

पुष ११ मा नेविसंघ झापाको अधिवेशन

 बिर्तामोड ,२५ मंसिर । नेपाल बिद्यार्थी संघ झापाको १३ औं जिल्ला अधिवेशन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ झापाका सभापति रोशन विष्टको अध्यक्षतामा हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकले आगामी पुष ११...

मैले गल्ति गरेको भए बर्दि खोलेर लैजान सर्बेन्द्र खनालको सांसदलाई चुनौती, भिडियो

सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...

ठक्करबाट पैदलयात्री कार्कीको मृत्यु

दमक,२४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा सोमबार दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल...

कांग्रेस क्षेत्रीय कार्यालय आफनै भवनमा सरयो

दमक,२४ मंसिर । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आफनै नवनिर्मित भवनमा सरेको छ । पार्टीको क्षेत्रीय कार्यालय भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । दमक ५ स्थित कांग्रेस नगर...