झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा

हाम्रो दमक

झापा | झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ । “सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र जोखिममा रहेको छ”, कार्कीले भन्नुभयो । यता, तीन दिनदेखि भइरहेको वर्षाले झापाका खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

वर्षाका कारण यहाँको मेची, कनकाई, बिरिङ, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको हो । वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढे पनि पहाडमा वर्षा नभएकाले डराउनु पर्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

“यहाँको वर्षाले मात्र त्यति धेरै असर गर्दैन”, सभापति ढकालले भन्नुभयो, “पहाडमा पानी परेको छैन, अहिले नै डराइहाल्नु पर्ने अवस्था छैन ।” सम्भावित बाढीको जोखिमलाई मध्यनजर गरेर सम्पूर्ण तयारी गरिएको उहाँले बताउनुभयो ।

मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको पनि जनाइएको छ ।

मङ्ल, असार १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...