बिर्तामोड,१८ असार/ बिर्तामोडकी रुक्सुम गुरागाईले मिस टिन प्रदेश नं. १ को उपाधि जितेकी छन् । आइतवार राति विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १को ताज पहिरिएकी हुन् ।
उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् । त्यस्तै, गुरागाईले बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्तिलगायतको पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको फस्ट रनरअप युमिसा घिमिरे भइन् । उनले उपाधिसहित टावर टेम्पल मिस एक्टिभ, मनोज ट्रेडर्स मिस फ्रेन्डलीको उपाधि समेत हात पारिन् ।
घिमिरेले उपाधिसँगै ५० प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअप स्वस्तिका संग्रौला घोषित भइन् । उनले उपाधिसहित न्यू स्मार्ट टेलरिङ, मिस सोसियल एक्टिभ र वोस्टन मिस पब्लिक च्वाइसको अवार्ड हात पारिन् । उपाधिसहित उनले २५ प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् ।
सोही प्रतियोगितामा भेष्पा मिस ट्यालेन्ट ऋचा गड्तौला, कोपिला हाउजिङ मिस डिसिप्लेन उषा
बस्नेत, ओली एण्ड एशोसिएट्स वेस्ट वाक र क्रोमटम वेली डान्स दीपामा खुलाल बस्नेत, अलस्का अर्थ मुभर्स वेस्ट सिङ्गर संगीता विश्वकर्मा, महेन्द्र टु ह्वीलर्स मिस पंचुअल र होटल डाउनटाउन मिस पपुलर सुरक्षा महतारा, टीभीएस मिस व्यूटीफुल स्माइल र प्रधान डेन्टल मिस फोटोजनिक सुम्निमा तुम्वापो घोषित भइन् ।
त्यस्तै निशान मिस भिवर्स र एनजीओआईएमई मिस एथलेटिक्स भूमिका लिम्बू, प्रोभिडेन्स कलेज मिस व्यूटीफुल मेकओभर निशा राई, स्वस्तिक ओभरसिज मिस फेशन आइकन समीक्षा भण्डारी, न्यूटन्स् एभरेष्ट स्मार्ट स्कूल मिस बब्ली तुलसा राजवंशी, सीजी क्वीक्स मिस कन्फिडेन्स र मिस कस्टियुम विविसा केसी, पर्पल किचन मिस हेयर स्टाइल र मनषा कस्मेटिक मिस भिवर च्वाइज इक्सा लिम्बू, श्याम मिष्ठान्न भण्डार वेस्ट प्रफर्मर जोश्मी श्रेष्ठ, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधवारेकी मिस ग्लामरस लक्ष्मी चाम्लिङ राई घोषित भइन् ।
उनीहरुलाई उपाधिसहित अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा १५ प्रतिशत छात्रबृत्ति लगायतका पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको ग्राण्ड फिनालेको उद्घाटन प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल थिए ।
ई–बुलेटिनको विमोचन
मिस टिन प्रदेश नं. १–२०१८ ग्राण्ड फिनाले उद्घाटन समारोहमा वीरता जेसीजले प्रत्येक महिना प्रकाशन गर्दै आएको मासिक ई–बुलेटिनको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले विमोचन गरे । प्रमुख अतिथि बस्यालले कम्प्युटर क्लिक गरी एलइडी पर्दा मार्फत उक्त इ–बुलेटिनको विमोचन गरेका हुन् । वीरता जेसीजले आफ्ना गतिविधि समेटेर हरेक महिना इ–बुलेटिन प्रकाशन गर्नुका साथै त्यसलाई देशभरका जेसीज शाखाहरु समक्ष सम्प्रेषण गर्दै आएको छ ।
राष्ट्रिय अध्यक्षलाई सम्मान
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याललाई वीरता जेसीजले सम्मान प्रदान गरेको छ । भव्य समारोहकाबीच वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र वीरता जेसीजका अध्यक्ष एकराज गिरीले राष्ट्रिय अध्यक्ष बस्याललाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानको घोषणा र सम्मानपत्रको वाचन संस्थापक अध्यक्ष बस्नेतले गरेका थिए ।
देभरका एक सय ४२ जेसीज शाखा र त्यसमा आबद्ध १४ हजार बढी युवालाई तालिम तथा विभिन्न अभियान मार्फत राष्ट्रिय अधयक्ष बस्यालको सोच र योजना बमोजिम समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गरिएको कामको सबैतिरबाट प्रशंसा हुँदै आएको छ ।
सोम, असार १८, २०७५ मा प्रकाशित