बर्षा पछि दमकका अधिकांश भूभाग डुबानमा, जताततै पानी

यसैगरि वर्षाका कारण दमकको बसपार्क क्षेत्र पनि डुुबानमा परेको छ भने दमक पश्चि वस स्टेण्ड नजिकको मुख्य राजमार्गमा समेत २ फुट सम्म पानी जमेको छ ।

हाम्रो दमक

दमक | आज सवेरै देखि भएको अबिरल वर्षापछि झापाको दमक बजारका अधिकांश भूभाग डुवानमा परेका छन । बजार तथा व्यापारिक क्षेत्रमा पानीको उचित निकास हुननक्दा दमकका धेरै भूभाग डुबानमा परेका छन ।

बर्षाका कारण दमक ५ को अधिकांश आवाश क्षेत्र डुवानमा परेको छ । विहान सवेरैबाट भएको बर्षाका कारण दिपेनी खोलाको पानी बग्ने क्षेत्रमा ठाँउ ठाँउमा गरिएको मानविय अवरोधका कारण समस्या जटिल बन्दै गएको छ । बर्षाका कारण दमक ५ मा रहेको जेष्ठ नागरिक प्रतिष्ठान तथा यस आसपासका नीजिभवनहरु समेत डुवानमा परेका छन ।

वर्षाको पानी यस क्षेत्रका अधिकांश घरमा पसेको जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाले बताउनु भयो । यसैगरि वर्षाका कारण दमकको बसपार्क क्षेत्र पनि डुुबानमा परेको छ भने दमक पश्चि वस स्टेण्ड नजिकको मुख्य राजमार्गमा समेत २ फुट सम्म पानी जमेको छ । अधिक वर्षा पछि आएको भलले निकाश पाउन नसक्दा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालको आकस्मिक कक्षमा समेत पानी पसेपछि विरामी स्थान्तरण गर्नुपरेको अस्पतालका अध्यक्ष जिवन शिवाकोटीले जानकारी दिनुभयो ।

दिपेनी खोला अतिक्रमणमा परेसंगै बर्षाको समयमा हुने गरेको डुवानका समस्या झन बिकराल बन्दै गएको छ । दमक बजारको पानीको निकाशकालागि मुख्य मानिनेगरिएको दिपेनी खोलामा उथेष्ट पानी बग्ने संभावना कम हुदै गएपछि यसलाई व्यवस्थित गर्न अतिनै आवश्य देखिएको दमक वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र गुरुङले बताउनु भयो ।

नगरपालिकालले विगतमा गरेको अदुरदर्शिताका कारण अहिले यस्तो समस्या देखिएको नगरवासीहरुले आरोप लगाएका छन । अव्यवस्थित हिसाबले गरिउको प्लटिङ र नासिदै गएका खोला खोल्साहरुका कारण अहिले यो समस्या जटिल बन्दै गएको छ ।

फोटो: सामाजिक अभियन्ता सन्तोष दुलालको फेसबुकबाट 

शनि, असार ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...

दमकमा माघ दोश्रो सातादेखि बालमहोत्सव

दमक,२४ मंसिर । झापाको दमकमा यहि माघ दोश्रो सातादेखि ५ दिने बृहत बाल महोत्सव–२०७५ हुने भएको छ । बालबालिकाहरुको सर्वाङ्गगीण विकास गर्ने उद्देश्यले यहि माघ १४ गतेदेखि १८ गतेसम्म प्रथम बृहत बाल महोत्सव हुने...

विपत जोखिम रोक्न सवैंको दायित्व : मन्त्री कार्की

दमक,२३ मंसिर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विपत जोखिम नियन्त्रण गर्न सवैको दायित्व भएको औंल्याएका छन् । तालिमको उद्घाटनमा मन्तव्य राख्दैमन्त्री कार्की झापाको दमकमा आइतबारदेखि शुरु भएको स्थानीय तहमा विपत सचेतना...

श्रष्टा दाहालको कृति विमोचन

दमक,२२ मंसिर । साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रहको शनिवार यहाँ विमोचन गरिएको छ । कविता संग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संगौला, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रबप्रसाद...

बृद्धभत्ता बढेन भनेर निराश नहुन अर्थमन्त्रीको आग्रह

दमक,२२ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले यसपटक बृद्धभत्ता बढेन भनेर निराश नहुन आग्रह गरेकाछन् । आउदो आर्थिक बर्षमा बढ्ने संकेत गर्दै उनले यसपटक चाहेर पनि बढाउन नसकिएको बताए । अर्थमन्त्री डा. खतिवडालाई गौरादह नगरपालिकाको...

बहुमतको दम्भबाट गरिएको निर्णयप्रति कांग्रेसको आपत्ति

गौंरीगञ्ज,२१ मंसिर । झापाको गौरादह नगरपालिकामा त्तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगञ्ज गाउँपालिकाले आपत्ति जनाएको छ । कांग्रेस गौरीगञ्ज वार्ड नं १ का सभापति दिनेश्वर...