दमक नगरपालिकाको बजेट १ अरब २० करोड

दमक नगरपालिकाको असार ९ गते शनिवार तेस्रो नगरसभाबाट सो बरावरको बजेट सार्वजानिक गर्न लागिएको हो ।

नगेन्द्रमणी न्यौपाने

दमक, ८ असार | दमक नगरपालिकाले आर्थिक वर्ष ७५÷७६ कालागि करिब १ अरब २० करोड रुपैया बराबरको बजेट सार्वजानिक गर्ने भएको छ ।

दमक नगरपालिकाको असार ९ गते शनिवार तेस्रो नगरसभाबाट सो बरावरको बजेट सार्वजानिक गर्न लागिएको हो । यस आर्थिक वर्षकालागि दमक नगरपालिकाले आफना १० वटा वडाहरुमा १३ करोड बजेट विनियोजन गरेको छ । यस वर्षकालागि दमक नगरपालिकाले विभिन्न सुचकका आधारमा १० वटै वडाहरुमा १३ करोड बजेट विनियोज गरेको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।

जनसंख्या लाई मुख्य आधार मानेर ६५ प्रतिशत बजेट विनियोजन गरिएको छ भने भुगोलमा ३५ र गरिबीका आधार १५ प्रतिशत बजेट विनियोजन गरिएको छ । यसलाई आधार मान्दा दमक नगरका वडाहरुले घटिमा ८६ लाख देखी बढि १ करोड ९३ लाख रुपैया सम्म प्राप्त गर्ने भएका छन । सवै वडाहरुमा भएको छलफलबाट छनौट भएका योजनाहरुमा वढि जसो योजना विकाश निर्माण पूर्वाधारका रहेको प्रमुख ओलीले जानकारी दिनुभयो ।

यसवर्षको वडास्तरको बजेट बाट ६५ प्रतिशत विकाश निर्माणमा खर्च गरिने भएको छ । बाकी बजेट शिक्षा, स्वास्थ्य, बातावरण तथा आर्थिक उत्पादनमा खर्च गरिने प्रमुख ओलीले बताउनु भयो । दमक नगर पालिकाको १५ करोड आन्तरिक बजेट बाहेक अन्य बाँकी सवै बजेट केन्द्र, प्रदेशका साथै नगर विकासकोषबाट राजश्व बाँडफाड, ससर्थ, निसर्थ अनुदानका साथै ऋण सहयोगबाट प्राप्त हुने प्रमुख ओलीले बताउनु भयो ।

शुक्र, असार ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

तीन दिन देखि दमकको खानेपानीमा ‘लेदो’

दमक,८ असोज / झापाको दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...

सतासीधाममा विजुली पुग्यो

झिलझिले ,७ असोज / पूर्वको पर्यटकीयस्थलका रुपमा चिनिने झापाको सतासीधाम धार्मिक स्थलमा विजुली पुगेको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तगर्त ती क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो । उर्जा मन्त्रालयबाट प्राप्त रु २७ लाखको...

दमक नगर स्तरीय वक्तित्वकला कार्यक्रम सम्पन्न

दमक | विश्व सामाजिक सेवा दिवसको अवसरमा युथ फर ब्लड झापाले दमक नगर स्तरीय वक्तित्वकला कार्यक्रमको आयोजना गरेको छ। सस्थाका अध्यक्ष मिनेस सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा झापा क्षेत्र नम्बर ५...

बुद्धशान्ति सहकारीको शेयर पुँजी बढ्दै

बुधबारे । झापाको बुद्धशान्ति ३ मा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अघिल्लो आर्थीक बर्षको तुलनामा ७८ दशमलव १७ प्रतिशतले शेयर पुँजी बढेको छ । आर्थीक बर्ष ०७३/७४ मा ३३ लाख ७३...

सुनचाँदी व्यवसायी संघमा पुनःगजमेर

दमक,५ असोज । सुनचाँदी ब्याबसायी संघ दमकको अध्यक्षमा पुन : शेरवहादुर गजमेर चुनिएका छन् । संघको शुक्रवार सम्पन्न पाँचौं अधिबेशनले पुनः गजमेरको नेतृत्वमा कार्यसमिति चयन भएको हो । २०५६ सालमा दर्ता भई सञ्चालनमा आएको सो...

संरक्षण नहुदाँ गमला ‘लथालिङ’

– नगेन्द्रमणी न्यौपाने दमक,५ असोज/ झापाको दमक नगरपालिकामा गतवर्ष सम्पन्न चौथो दमक महोत्सवका लागि खरिद गरिएका गमलाको उचित संरक्षण हुन सकेको छैन् । संरक्षण नहुदाँ गमला लथालिङ बन्दैगएको छ । महोत्सव आयोजक दमक उद्योग बाणिज्य संघले...

देशकै उत्कृष्ट बन्यो नागबेली सुपारी सहकारी ।

शान्तिनगर । नेपाल सुपारी खेती विकास समितिका अध्यक्ष देबी प्रसाद खतिवडाले नागबेली सुपारी उत्पादन सहकारी संस्था नीति नियम र मान्यता अनुसार चलेको हुँदा बिषयगत सहकारीमा नेपालकै उत्कृष्ट बन्न सफल भएको बताउनु भएको छ । संस्थाको...