नेपाल र चीन बिच भए यस्ता १० बुँदे महत्वपूर्ण सम्झौता

हाम्रो दमक

बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खस्याङबीच आज १० बुँदे महत्वपूर्ण सम्झौता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीचको एक्लाएक्लै भेटवार्तापछि द्धिपक्षीय वार्ता सम्पन्न भएको थियो । प्रतिनिधिमण्डलको संयुक्त बैठकपछि दुई देशबीच महत्वपूर्ण सम्झौता भएको हो ।

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो । केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ।

ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ।

रघुविर महासेठ र चिनियाँ उप-विदेशमन्त्री कङ वान युले रेलवे र कार्गो ट्रान्सपोर्टमा हस्ताक्षर गरे । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माणसम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गरे ।

ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गरेका छन् । यस्तै, तिब्बतको राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामासमेत हस्ताक्षर भएको छ ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम बुझिएको छ ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा

झापा | झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल...

कोशीमा पानी उच्च, बज्यो खतराको साइरन

सुनसरी | पहाडी क्षेत्रमा भारि बर्षा भएसंगै सप्तकोशी नदिमा पानीको वहाव उच्च हुँदै गएपछि खतराको साइरन बजाइएको छ । कोशीमा पानीको सतह बढन थालेपछि संम्भावित जोखिमलाई मध्यनगर गर्दै उच्च सर्तकता अपनाईएको सुनसरीका प्रमुख जिल्ला अधिकारी...

झापामा १० बिगाहभन्दा बढी जमिन भारतीयको कब्जामा

झापा | झापाको कचनकवल गाउँपालिका–४ स्थित नेपाल पोक्लावाङको सिमाक्षेत्रमा पर्ने नेपाल तर्फको १० बिगाहभन्दा बढी जमिन भारतीयले कब्जा गरेका छन । नेपाल भारत समिना क्षेत्रमा रहेको स्थानीय रुपणी नदीले धार परिवर्तन गर्दै उत्तरतर्फ सरेपछि दक्षिणतर्फको...

झापामा सवारी चेकजाँच तिब्र

झापा | जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले राजमार्गमा सवारी चेकजाँच लाई तिव्रता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आज कमल गाउँपालिका ३ स्थित शहिद गेटमा र्याडर गन सहित सवारी चेक जाँच गरेको छ...

रवि लामिछानेविरुद्ध सरकार पछि हट्यो, आजबाट यो मुद्धा टु‌ंगिएको सरकारद्वारा स्पष्ट (जारि सुचनाहरुसहित )

काठमाडौँ । दुई दिन देखि हाम्रो समाजिक संजाल एउटा विषयले फेरी तातेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछानेका विषयमा अहिले निकै चर्चा चुलिएको छ । उनी अमेरिकी नागरिक भएको र वर्कपरमिट बिना नेपालमा...

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

खोटाङ, ७ असार | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने: प्रधानमन्त्री

बेइजिङ, ७ असार | प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

जलविद्युत् आयोजनामा कामदार पुरिएरको समाचारमा प्रशासनको आपत्ति, डिएसपी भन्छन मेरो नाम जोडियो

संखुवासभा | संखुवासभाको मकालु गाँउपालिका ५ मा निमाणकार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा शुक्रबार राती पहिरो खस्दा चार कामदार बेपत्ता भएका थिए । तर त्यसको भोलि पल्ट फ्याक्सिन्दा सुरुङमा परि...

वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने सरकारको निर्णय

काठमाडौं | सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले...

झापाका तिन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध

झापा, ४ असार |  वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण...