बालबालिकामा भाइरलको संक्रमण

हाम्रो दमक

दमक,७ असार /  गर्मी बढेसंगै जिल्लाका विभिन्न क्षेत्रमा भाइरल रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिक जसो उपचार गर्न आउने विरामीहरुको संख्या ह्वात्तै बढेको छ ।

पियूस उपचार केन्द्रका स्वास्थ्यकर्मी चन्द्र शाह विरामी जाच्दै

कमल गाउँपालिका–५ मंगलवारेस्थित पियूस उपचार केन्द्रका स्वास्थ्यकर्मी चन्द्र शाहका अनुसार गर्मी बढेसंगै भाइरल रोगको संक्रमण बढ्ेको छ । भाइरलका कारण स्वास्थ्य संस्थाहरुमा यस्ता विरामीहरु आउने क्रम बृद्धि भएको उनले जनाए ।
सिनियर स्वास्थ्य सहायक शाहले गर्मीका समयमा मानिसमा एक्कासी घाँटी दुख्ने ,रुघाँमार्घी लाग्ने, ज्वरो आउने,झाडापखला लाग्ने लगायतका लक्षणहरु देखिने एक प्रकारको भाइरल रोग देखिएको बताउँछन् ।
त्यस स्वास्थ्य संस्थामा मात्र पछिल्ला समय दैनिक तीन दर्जन यस्ता विरामीहरु उपचार गर्न आउने गरेका पाईएको स्वास्थ्यकर्मी शाहले जनाए । उपचार गर्न आउने विरामीहरु अधिकांश बालबालिकाहरु रहेका छन् । उनले यो भाइरलले बढी बालबालिकाहरुलाई सताउने गरेको पाईएकाले त्यसवाट बच्न हेरचाहमा सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन् । उनले भने ,–‘ आफना बालबच्चामा एक्कासी ज्वरो,घाटी दुख्ने समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न लैजानुपर्छ ।’
यस्तै दमकको लाइफलाइन अस्पताल, आम्दा अस्पताल, एडभान्स हस्पिटल,दमक अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा दैनिक जसो अधिक संख्यामा यस्ता विरामीहरु उपचार गर्न आउने गरेको सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन् । लाइफलाइन अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर अनिल थापाले गर्मीका समयमा बालबालिकाहरुमा भाइरल रोगको संक्रमण बढ्ने बताए । उनले भाइरलका कारण अत्याधिक ज्वरो आउने,घाँटी दुख्ने,रुघाँमार्घी लाग्ने जस्ता लक्षण देखिने गरेको हुदाँ समयमानै उपचार गर्नु पर्ने सल्लाह दिन्छन् ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...