पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५४१ घर अन्धकारमा

आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करीब एक महिना लाग्ने

हाम्रो दमक

खोटाङ, ७ असार | लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ ।

वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव शहरमान राईले बताउनुभयो ।

विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीयबासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् ।

आयोजनालाई पुनःमर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्निप्रसाद राईले बताउनुभयो । आर्थिक व्यवस्था भए पनि विद्युत् सञ्चालन हुन करीब एक महिना लाग्ने राईले सुनाउनुभयो ।

उक्त हाइड्रोपावरमा विसं २०७२ मा गएको भूकम्पले करीब रु २१ लाख बराबरको क्षति पु¥याएको थियो । जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाउँ तथा नगरपालिकामा आफ्नै लगानीमा हाइड्रोपावर सञ्चालन गरिएको छ ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...

जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

हल्दिबारी । जलबायु परीवर्तन सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापाको हल्दीबारीमा सम्पन्न भएको छ । बढ्दो मानवीय गतिबिधीका कारण बाताबरणमा देखा परेको असन्तुलनका बारेमा सचेतना जगाउने उद्धेश्यले आयोजीत कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधि , राजनीतिक दल ,...