हेटौंडा जर्नालिजम अवार्डको तयारी पूरा, कलाकार, पत्रकारहरु सहित ५६ जनालाई युएईमा स्वागत

हाम्रो दमक

२१ जून, युएई । हेटौंडा जर्नालिजम अवार्ड-२०१८ को सम्पुर्ण तयारी पूरा भएको आयोजकहरुले जानकारी दिएका छन् ।

अवार्डको सफलताको लागि गायक तथा संगितकार टंक बुढाथोकी, बालगायक अशोक दर्जीलगायायत, पत्रकारहरु सहित ५६ जना अतिथिहरुलाई युएई आइसकेको जानकारी कार्यक्रमका संयोजक समिम खानले दिएका छन् । पत्रकारहरुको सम्मान तथा पत्रकारिता क्षेत्रको प्रतिस्ठा अभिवृद्धिका लागि युएईमा आयोजना हुन लागेको हेटौंडा जर्नालिजम अवार्ड कार्यक्रमको तयारी पूरा भएको स्थानीय आयोजकहरुले बताएका छन् । मकवानपुरमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुको सम्मानमा न्यु मिडिया एकेडेमीद्वारा आगामी २२ जुन का दिन युएईमा हुन गैरहेको हेटौंडा जर्नालिजम अवार्ड तथा सम्मान कार्यक्रम समेत आयोजना हुदैछ ।

मकवानपुर जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता वर्ष अवार्ड, सञ्चार उधमी वर्ष अवार्ड र बजार ब्यबस्थापन वर्ष अवार्ड गरेर जम्मा नौ विधामा विभिन्न व्याक्तित्वलाई पुरस्कृत गरिने छ । यसै गरि कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखालाई संस्थागत सम्मान सम्मान गरिने र युएईमा श्रमरत केही कृयाशिल पत्रकारहरुलाई कदर पत्र प्रदान गरिने युएईका आयोजक मध्येका एनआरएन आइसिसी सदस्य मनोज गोर्खालीले जानकारी दिएका छन् ।

स्थानीय आयोजकको रुपमा समिम खान, मनोज गोर्खाली , भीम अधिकारी र मदन अधिकारी रहेका छन् । यी चारमध्ये समिम खान कार्यक्रम संयोजकका रूपमा जिम्मेवारी लिएर यो अवार्डलाई भव्य र सभ्य बनाउने दाबी गरिरहेका छन् । यसैगरी प्रदेश नम्बर तीन एकता समाज, एनआरएनए युएई, नेपाल पत्रकार महासंघ युएई, ईनास युएई तथा एभरेस्ट मार्शल आर्ट ट्रेनिङ्ग क्लव लगायतका संस्थाले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रमलाई रोचक बनाउन पत्रकारिता अवार्ड वितरणसंगै विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको आकर्षणका रुपमा गायक तथा संगितकार टंक बुढाथोकी र चर्चित बालगायक अशोक दर्जी पनि युएई आई सकेका छन् । कार्यक्रमबाट प्राप्त हुने सबै मुनाफा बालगायक दर्जीको घर निर्माणका लागि हस्तान्तरण गरिने आयोजकमध्ये प्रदेश-३ एकता समाज युएईका अध्यक्ष भिम अधिकारीले जानकारी दिएका छन् ।

कार्यक्रममा युएईमै कार्यरत नेपाली कलाकारहरु अन्जन ढकाल, पारश लामा, दिपक गुरुङ, रेविका थापा, ऋषिलाल श्रेष्ठ, सारिका सुनारका उत्कृष्ट प्रस्तुतिहरु रहनेछन । अवार्ड वितरण तथा सांगीतिक कार्यक्रम बरदुबईको याक एन्ड यति होटेलको एभरेस्ट क्लबमा हुनेछ । ३० दिराम प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रममा सहभागीलाई सोही शुल्कमा खानाको व्यवस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ३५ जना पत्रकार र कार्यक्रमसंग सम्बन्धित व्याक्तित्वहरु सहभागी हुने आयोजक समुहका मनोज गोर्खालीले जानकारी दिएका छन् । कार्यक्रमका लागि स्थानीय निकायसमक्ष अनुमती लिएको र हलको पनि व्यवस्थापन भइसकेको स्थानीय आयोजकमध्ये मदन अधिकारीले बताएका छन् । कार्यक्रमको लागि वितरण गरिएको टिकट सबै बिक्री भइसकेको कारण यो कार्यक्रम हाउसफुल हुने दाबी स्थानीय आयोजकहरुको छ ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

रुन्चे गायक पौडेलले लिएर आए भुड़े गीत, भिडियो

युएई । डायस्पोरामा रहेर पनि नेपाली गीतसंगितको गुणात्मक विकासका लागि सक्रिय साधकहरुको लहरमा प्रकाश पौडेलको नाम अग्रपंक्तिमा आउछ । देशबाहिर रहेर आफ्नो पेशा, जागिर, अर्थोपार्जन र पारिवारिक कर्तब्य अनि ब्यस्तता र विविध उल्झनबीच पनि...

एक्सचेञ्जबाट पैसा पठाउदा युएईमा एक नेपालीले पाए तीन लाख

युएई । गरिब परिवारमा जन्मिएका विराटनगर, प्रहरी तालिम केन्द रानी बस्ती, दरैयाका २५ बर्षका अनिलकुमार शर्मा आफ्नो आर्थिक अवस्था उकास्न नौ महिनाअघि युएई आएका थिए । मासिक हजार दिराम कमाइ गर्दा पनि युएई आएको साहुको...

इजरायल रिटर्न सुमन सहित दुईजनाको सवारी दुर्घटनामा मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । गत बिहिबार इलाम नगरपालिका–१, साँखेजुङस्थित कच्चीसडक खन्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ...

जनसम्पर्क समिति इजरायलले दोश्रो अधिवेशन गर्दै

इजरायल | नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन आगामी जनवरी १८ ,२०१९ मा तेल अभिबमा हुने भएको छ । समितिका महामन्त्री खगेश्वर अधिकारीद्वारा जारि प्रेस विज्ञप्तिका अनुसार अढाई बर्ष पहिले स्थापना...

इजरायलमा धुमधाम चासोक तङ्नाम २०७५ मनाइदै

इजरायल | याक्थुङ (लिम्बु) हरुको मौलिक राष्ट्रिय चाड चासोक तङ्नामको अवसरमा इजरायलमा चासोक तङ्नाम कार्यक्रम हुने भएको छ । परापुर्वकाल देखि नै लिम्बुहरुले यो चाड मनाउदै आएको इतिहासहरुमा पाइन्छ । ति मुन्धुम दर्शन, दार्शनिक याक्थुङहरुले मानव उत्पत्ति...

समाजसेवा र कलाकारितामा रम्दै युएईका एक नेपाली ब्यवसायी राम्रीमा भए मोडल, भिडियो सहित

युएई । युएईको नेपाली समुदायमा सफल ब्यावसायी र सामाजिक अभियन्ताको परिचय बनाएका ओम उप्रेती नेपाली कलाकारितामा पनि उत्तिकै क्रियाशिल रहेका छन् । युएईमा लामो समयको रोजगारी पछी लाइफ गार्डको तालिम र सप्लाईको ब्यवसाय संचालन...

प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ...

वलिहाङ कप-२०१८ को उपाधी तेश्रोपटक केवाईसी इजरायलको पोल्टामा

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु...

इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ फुटवलको अन्तिम तयारी पुरा, झन्डै दुई वर्षपछि कायापलटको इन्ट्री

इजरायल | “एकता र मित्रताको लागि फुटबल” भन्ने मूल नारालाई आत्मा साथ गर्दै इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । येले तङ्बे ५०७८ वलिहाङ तङ्नाम तथा शुभ-दिपावली २०७५...

इजरायलमा नेकपाको चियापान कार्यक्रम

इजरायल | नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। दिपावाली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल...