भुटानी शरणार्थी समस्या ९० प्रतिशत पूरा

हाम्रो दमक

दमक , ७ असार / अढाई दशकदेखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको औल्याईएको छ ।
विश्व शरणार्थी अवलोकन दिवश २०१८ को अवसर पारेर बुधबार दमकस्थित वेलडाँगी भुटानी शिविरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकार तथा दातृ संस्थाका अधिकारीहरुले भुटानी शरणार्थी समस्या समाधान अन्तिम चरणमा पुगेको औल्याएका हुन् ।


झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भुटानी शरणार्थीहरुको समस्या अन्तिम चरणमा पुगेको जानकारी दिदै तेस्रो मुलुक स्थानान्तरण भएर बाँकी रहेका शरणार्थीका समस्या अझै ठूलो र गम्भिर रहेको औल्याए । शिविरमा अहिले ७ हजार हाराहारीमा शरणार्थी रहेका छन् । अन्य सवै शरणार्थीहरु तेश्रो मुलुक पूर्नावास भईसकेका छन् ।
नेपाल सरकारको शरणार्थी समन्वय इकाइका संयोजक रहनुभएका प्रजिअ दाहालले भने ,–‘ हरेक शरणार्थीको स्वदेश फिर्ती नै दिर्घकालिन समस्याको समाधान भएकाले यसमा सवै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नु पर्छ । ’ दाहालले शरणार्थी रेखदेख निकायलाई शरणार्थीलाई दिँदै आएको राशन पानी निरन्तर प्रदान गर्न अनुरोध समेत गरे ।
शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्त दमक शाखाकी प्रमुख आन्ना पेलोसीले संसारमा हरेक २ सकेन्डमा १ जना शरणार्थी बनिरहेको अवस्थामा सवै मिलेर यो समस्या समाधानमा पहल गर्नु पर्ने बताउनुभयो । पेलोसीले भुटानी शरणार्थी समस्या समाधानमा नेपाल सरकार र शरणार्थीहरुले उच्च योगदान दिएको समेत स्मरण गदै धन्यवाद समेत दिए । ‘कसैलाई पनि पछाडि नछाडौं शरणार्थी सँगै उभियौं ’भन्ने लक्ष्यका साथ स्थानीय तथा शरणार्थीहरु कसैलाई पछाडि नपारी सँगै लिएर जाने वातावरण बनाउन उनले आग्रह समेत गरिन् ।
पथरी– शनिश्चरे शिविरका शिविर सचिव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा वेलडाँगीका शिविर सचिव टिकाराम रसाइलीले शरणार्थीहरुका लागि ५ बुँदे माग लामो समयदेखि नेपाल सरकारका जिम्मेवार निकाय र व्यक्तित्वलाई जानकारी गराएको भए पनि सुनवाई नभएको गुनासो राखेका थिए । रसाईलीले अगाडी भने ,–‘ स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्ता छुटेका शरणार्थीको समस्या जिम्मेवार निकायले सुनिदिन पर्छ ।’
कार्यक्रममा पछिल्लो समय शरणार्थी शिविरमा समस्यामा रहेकाहरुलाई तेस्रो मुलुकबाट सहयोग गर्ने न्यू क्रिएशन प्रोडक्शन र नाशिभिल नेपाली नाटक समूहलाई सम्मान पत्र , वेलडाँगी शिविरका पूर्व सचिव सञ्चहाङ्ग सुब्बालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा भुटानी गीत, नृत्य, कविता समेत प्रस्तुत गरिएको थियो ।

बिहि, असार ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...