चन्द्रदर्शन शाकोसको सातौ बार्षिकोत्सव सम्पन्न

हाम्रो दमक

कमल,७ असार / कमल गाउँँपालिका–५ पाडाजुंगीमा रहेको चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाको प्राङगणमा एक कार्यक्रम गरि संस्थाले खुल्ला रक्तदान, दन्त शिविर तथा महिलाका रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर समेतको आयोजना गरिएको थियो । त्यस्तै, संस्थाले दमकको रक्तसञ्चार सेवा केन्द्रलाई १० थान प्लाष्टिकको फोल्ङि कुर्सी समेत हस्तान्तरण गरेको छ ।


बार्षिकोत्सव कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुरका सभापति चन्द्र शाहले गरेका थिए । उनले केक काटेर बार्षिकोत्सवको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
व्यवस्थापक राजु थापाका अनुसार बार्षिकोत्सवमा आयोजना गरिएको रक्तदानमा ४२ जनाले रगतदान गरेका थिए । रगतदान प्रति सर्वसाधारणमा चेतना दिन तथा बर्षायाममा रगतको अभाव हुन नदिन त्यस्तो खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदानमा संस्थाका अध्यक्ष बालकृष्ण गौतम, व्यवस्थापक राजु थापा, लेखा संयोजक एकराज प्याकुरेल, सञ्चालकहरु, शेयर सदस्यहरु,कर्मचारीहरु लगायत सर्वसाधारणहरुले समेत रगतदान गरेको सचिव भोजकुमार राईले बताए । रक्तदाताहरुलाई प्रंशसा पत्र समेत वितरण गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै, दन्त शिविरमा ४ सय ५० जना सेवाग्राहीहरुले दन्त सम्बन्धी स्वास्थ्य उपचार पाएका थिए । दन्त शिविरमा कमल गाउँपालिका–५ का स्मारिका, न्यू लाइफ, स्टार, मुनसन र दमकको मदरल्याण्ड बोर्डिङका विद्यार्थीहरुसहित सर्वसाधारणहरुले सेवा पाएका थिए । दन्त शिविरमा दमकस्थित ओम शान्ति डेन्टलका डा. सिपी गैरेसहितका प्राविधिक टोलीले सहयोग पुर्याँएका थिए ।

त्यस्तै, बार्षिकोत्सवमा महिला सम्बन्धी सम्पन्न भएको निशुल्क स्वास्थ्य परिक्षणमा ९५ जनाले सेवा पाएका संस्थाले जनाएको छ । त्यस स्त्री रोग परिक्षणमा दमकको लाइफलाइन अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामेश्वरप्रसाद शाहले प्राविधिक सहयोग पुर्याँएका थिए ।
संस्थाले बर्षेनी बार्षिकोत्सवमा रक्तदानसहितका विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ । संस्थाले आफना शेयर सदस्यहरुलाई उपलब्ध गराउदै आएको सेवा प्रणालीलाई थप सहज बनाउन हालसम्म गौरादह र केर्खामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

बुध, असार ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...