वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने सरकारको निर्णय

नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।’

हाम्रो दमक

काठमाडौं | सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्रट्ठ शेरबहादुर तामाङले बताए।

‘उहाँलार्इ राजकिय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।’

डा उपेन्द्र देवकोटाको दाहसंस्कार अाज हुने भएको छ। न्युरो अस्पताल बाँसबारीका अनुसार विद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुनेछ।

श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्युरो अस्पतालको प्रांगणमा राखिएको छ।

अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राती नै बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरे।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे।

डा देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया ७ दिनमा सकिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो।

वि.सं २०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग पराजित भएका हुन्।

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो।

उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो।

वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो। उनको अवस्था थप जटिल बन्दै गएपछि आयुर्वेदिक उपचार पनि गराइएको थियो।

मङ्ल, असार ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

जथाभावी शाखा सडकले दुर्घटनाको जोखिम

दमक,२७ फागुन। झापामा पूर्वपश्चिम लोकराजमार्गसंग जोड्ने शाखा सडकहरु खुल्ने क्रम बढेसंगै दुर्घटना समेत बढ्दै गएको छ । घडेरी व्यापारी र सर्वसाधारणले समेत आफ्नो घर जग्गासम्म पुग्न सहजताका लागि जथाभावी छोटो छोटो दुरीमै सडक खन्नाले...

सुखानीमा ओली र प्रचण्डले सम्बोधन गर्ने

बिर्तामोड,१९ फागुन । पार्टी एकता पछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट यो पटक झापाको सुखानी शहिद स्मृती दिवसलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको...

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण...

सम्झनामा विकासप्रेमी र समन्वयकारी प्रशासक दाहाल

दमक,१६ फागुन। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहालको निधनले दमक स्तव्ध भएको छ। यो नगरपालिकासँग दाहालको नाता र यहाँ उनले गरेका कामले नगरवासीले उनलाई सम्झिरहेका छन्। नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई...

झापामा निजी वनमा किसानको आकर्षण

झापा,१६ फागुन । झापामा नीजि वन प्रति किसानको आर्कषण बढ्दै गएको छ । वनको आर्कषणसंगै दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने बढ्दै गएका छन् । गौरीगञ्जमा स्थानीय भेषराज लोहनीको...

स्व. मन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन, हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौं ! भिडियो सहित

काठमाडौं | बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको साढे सात मिनेट उनको भिडियो नै अन्तिम बनेको छ। सम्बोधनको अंश हामी आज यहाँ छौं, एयरपोर्ट हेर्ने हिसाबले...

मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन

ताप्लेजुङ,१५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ । फुङलिङ नगरपालिका १०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला ) नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घटना भएको हो। दिउँसो...