सूचनाबिहीन मानव मरेतुल्य : उपप्रमुख

हाम्रो दमक

विर्तामोड । विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा प्रसाईले स्थानीय सरकार सञ्चालनमा सूचनाको हक अत्यावश्यक भएको बताएकी छन् ।

उनले नागरिकको मौलिक हक सूचनाको हकलाई सार्वजनिक निकाय र सार्वजनिक सरोकार राख्ने निकायमा प्रयोग गर्न सके जवाफदेही समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिइन् । टाइम्स मिडिया नेटवर्कको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा भएको एक दिवसीय सूचनाको हक सम्वन्धी सचेतना कार्यक्रममा बोल्दै उनले सूचना विहीन मानव मरेतुल्य हुने उनको भनाई थियो । उनले संविधानले व्यवस्था गरेको हकलाई सबैले प्रयोग गर्न आवश्यक रहेको बताइन् । प्रसाईले भनिन्,–अव पनि सूचनामा पछि परियो भने भुत्ते खुकुरी भइने छ ।

सचेतना कार्यक्रममा आर टि आई फाउण्डेशन विराटनगरका सूचना अभियान्ता राजु श्रेष्ठ र नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले सहजीकरण गरेका थिए । सूचनाको हकलाई प्रयोग गरेर समाजमा भएको सबै खाले भ्रष्टाचारको अन्त्य गर्न सकिने श्रेष्ठको भनाई थियो । हक बारे जानकारी दिदैं उनले मुलुक निर्माणमा यसको प्रयोग प्रभावकारी हुने बताए । यस्तै,अर्का सहजकर्ता सन्तोष आचार्यले सूचनाको हक प्रयोग गरेर माग गरिएको सूचनामा तथ्य हुने बताए । उनले दस्तावेजको लागि प्रमाणित प्रमाण मात्र योग्य हुने जानकारी दिए । सूचना माग गर्न सबैले प्रोत्साहित भएर लाग्नु पर्ने भन्दै दुरुपयोग गरे कानुनी कारवाहीको व्यवस्था हुने बताएका थिए ।

विर्तामोड नगरभित्र रहेका विभिन्न संघ संस्था,जनप्रतिनिधि,युवा संस्थाका प्रतिनिधि,कार्यपालिका सदस्य,उधमी महिला।सहकारी अभियान्ता,सुरक्षा निकाय र सामाजिक व्यक्तित्वहरु सहभागी भएको कार्यक्रम टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...

नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशित भए मन्त्रीबाट आउट सोडारी !

काठमाडौं। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट...

अन्ततःयो मितिबाट खुल्दैछ नयाँ लाइसेन्सको आवेदन

काठमाडौँ। केहि समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको आवेदन मंसिर ७ गतेदेखि फेरि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँ लगाएतका बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल...

मजदुरले दिए ट्राफिकलाई दराज

दमक,२८ कार्तिक । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई कार्यालयीय प्रयोजनका लागि एक थान स्टिल दराज प्रदान गरेको छ । समितिले बुधबार ट्राफिक कार्यालयमा आयोजित कार्यक्रममा...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

शुक्रवारदेखि दमक साप्ताहिक वन्द हुने

दमक,२८ कार्तिक । चाडपर्वमा खुल्ला रहेको दमकको वजार आगामी शुक्रबारदेखि साप्ताहिक रुपमा एक दिन वन्द हुने भएको छ । साताको शुक्रवार बन्दहुदै आएको दमकको वजार आगामी शुक्रवारदेखि पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने...