कफी विकास केन्द्र गुल्मी आपचौरमा ५ दिने कफि खेती तालिम सम्पन्न ।

हाम्रो दमक

गुल्मी । कफी विकास केन्द्र गुल्मी आपचौर तल्लो फेदी मुसीकोट नगरपालकिा ५ मा अगुवा कृषकलाई पाँच दिने व्यवसायिक प्राङ्गरिक कफि खेती तालिम सम्पन्न भएको छ ।

कफिलाई विश्व बजारमा कसरी पुर्याउने, कृषकलाई कफि खेती लगाउन प्रोत्साहन गर्ने, सहि जातको बिरुवा पहिचान र अर्गया्निक कफी लगाउन प्रोत्सहन गर्ने उदेश्यले तालिमको आयोजना गरेको कफी विकास केन्द्र गुल्मीले जनाएको छ ।

जेष्ठ २३ गतेदेखि २७ गतेसम्म भएको तालिमको पसंशा गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि मुसीकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभएको थियो । नेपाल कृषिप्रधान देश भएकाले देशको समृद्धि र जीवनस्तर उकास्नका लागि कफि खेती व्यवसायिक र आधुनिकीकरणबाट गर्न आग्रह गर्दै नगरपालिका प्रमुख सापकोटाले नगरपालिकाले यस्ता कृषिजन्य खेतीलाई बिशेष जोड दिएको बताउनुभयो ।

कफि विकास केन्द्र गुल्मी आपचौरले आयोजना गरेको तालिममा केन्द्र प्रमुख बरीष्ठ अधिकृत बद्री प्रसाद पौड्याल, कार्यकारी अधिकृत राम प्रसाद यादबले सहजीकरण गर्नुभएको थियो । तालिममा गुल्मी, झापा, इलाम, धनकुटा, डोटि, बागलुङ्ग, दैलेख, नुवाकोट, प्यूठान, लम्जुङ्ग र डडेलधुरा लगायतका जिल्लाका कृषकहरुको सहभागिता रहेको थियो ।

पाँच दिने कफि तालिमले धेरै कुरा सिकेको बताउँदै सहभागि अगुवा कृषक हरि सुबेदीले तालिम प्रदान गरेकोमा कफि विकास बोर्डको प्रशंशा गर्नुभयो । तालिममा सहभागि एभरेष्ट कृषि कन्षल्टटेन्ट एण्ड टे«डिङ् प्रालि र नोरुङ्ग खोला नर्सरी फर्म इलामका प्रतिनिधि टेकनाथ गुरुङ्ग (अर्पण) ले तालिममा सिकेका कुराले कफी खेतीको रुची बढाएको बताउनुभयो ।

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कृषि/किसान बाट अन्य

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ वजारमा

दमक ,३० फागुन । दमक ८ स्थित झापा टे«ड कन्सर्नले सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ नयाँ मोवाईल भित्रयाँएको छ । विश्व वजारमा हालै मात्र सार्वजनिक भएको उक्त ‘एस टेन’ नयाँ मोवाईलको आज एक कार्यक्रमका बीच कन्सर्नले...

कामना सेवा बिकास बैकको बिर्तामोडमा ७० औँ शाखा विस्तार

बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार...

झापा गोल्डकपको उपाधि आर्मीलाई, उपाधि उचाल्ने झापाको सपना अधुरै

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै...

डोले आवास एक कार्यक्रमका बिच डोले राजवंशीलाई हस्तान्तरण

बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आइतबार एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ । गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आइतबार...

सहकारीद्धारा किसानलाई बाख्रा पाठा वितरण

दमक ,२५ फागुन । दमक ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले शनिवार आफना ३० जना शेयर सदस्यहरुलाई उन्नत जातका बाख्राका पाठी वितरण गरेको छ । वडाअध्यक्ष रामवहादुर धिमाल, सदस्य समिन रिजालको उपस्थितिमा वितरण गरिएको...

नागबेलीको ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न

शान्तिनगर । नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ ले ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न गरेको छ । फागुन १८ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । शान्तिनगर क्षेत्र...

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण...

न्यू कञ्चनको अर्धबार्षिक साधारणसभा र अन्तरक्रिया सम्पन्न

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था बुद्धशान्ति–३ ले शनिवार आप्mनो अर्धबार्षिक साधारण सभा तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तथा जेष्ठ नागरिक चन्द्रमणी ढकालको...