विश्व रक्तदाता दिवसमा विभिन्न कार्यक्रम

हाम्रो दमक

दमक,३१ जेठ /  १५ औ विश्व रक्तदाता दिवसको अवसर पारेर दमकमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको सन्दर्भ पारेर नेपाल रेडक्रस सोसाईटी उपशाखा दमक र नेपाल स्वमसेवी रक्तदाता समाज झापाले छुट्टाछुट्टै कार्यक्रम गरि मनाएका हुन् ।


विहिबार रेडक्रसले दमकमा विहान प्रभातफेरि निकाल्यो भने रेडक्रस सभाहलमा अन्तरकृया गर्नुका साथै रक्तदान गरिएको थियो । रेडक्रस झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा भएको सो अन्तरकृयामा बक्ताहरुले रक्तदाता दिवसको महत्वका बारेमा चर्चा गरेका थिए ।
उपशाखा सभापति प्रकाश वुढाथोकीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल मानअधिकार संगठनका केन्द्रीय महासचिव डाक्टर केपी सुवेदी, डाक्टर सुर्यनारायण शाह, रेडक्रसका प्रतिनिधिहरु, स्कुलका शिक्षक,विद्यार्थी,सामाजिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसअघि रेडक्रससहित विभिन्न संघसंस्थाहरुको सहभागितामा प्रभातफेरि निकालिएको सचिव रमेश अधिकारीले जानकारी दिए । प्रभातफेरिमा रेडक्रससंगै आस्था कलेज,कमल नगर जेसीज,विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहभागि थिए ।
यता विहिबारनै रक्तदाता स्वमसेवी समाज झापाले दमकको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाकक्षमा रक्तदानको महत्वका बारेमा अन्तरकृया गरिएको छ । समाजका अध्यक्ष सिताराम खतिवडाको अध्यक्षतामा भएको अन्तरकृया पूर्वकै अग्रज रक्तदाता राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । अन्तरकृयामा बोल्दै वक्ताहरुले स्वस्थ्य मानिसले हरेक तीन महिनामा रगतदान गर्न मिल्ने भन्दै रक्तदान गर्न सवैसंग आग्रह गरेका थिए । अन्तरकृयामा प्रमुख अतिथि श्रेष्ठ, समाजका अध्यक्ष खतिवडा, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमलगायतले रगतदानको महत्वका माथि चर्चा गरेका थिए ।

बिहि, असार ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...